NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

वि.सं.२०८३ साउन २८ बिहीवार

skip this leapmotornepal (citroen)

आइएमईको ग्राहकमुखी दसैँ अफर: आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा

NIMB
leapmotornepal (citroen)

काठमाडौं । दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा रेमिटेन्स सेवाप्रदायक पहिलो एवम् नेतृत्वदायी कम्पनी आइएमईले आम सेवाग्राहीहरूलाई लक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ ।

अफर अनुसार विदेशबाट आइएमई मार्फत आएको रकम प्राप्त गर्ने सेवाग्राहीहरू मध्ये दैनिक एक जनालाई सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिनेछ । साथै, हरेक हप्ता आइएमई पे मोबाइल वालेट खातामा रकम प्राप्त गर्ने २ जनालाई जनही रू.२५,००० (पच्चिस हजार रुपैयाँ) उपहार स्वरूप प्रदान गरिनेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई रू. १०,००,०००/- (रुपैयाँ दश लाख) उपहार स्वरूप प्रदान गरिनेछ ।

बुधवार पानीपोखरी काठमाडौंस्थित आइएमई केन्द्रीय कार्यालयमा फेसबुक लाइभ मार्फत उक्त अफर सार्वजनिक गरिएको हो । अफर सार्वजनिक कार्यक्रममा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, ब्राण्ड एम्बासडर दीपकराज गिरी, आइएमई ग्रुपका भाइस प्रेसिडेन्ट रूद्रराज पौडेललगायत ग्रुपमा कार्यरत कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

अफर सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले आइएमईले आफ्नो स्थापनादेखि नै यस्ता अफर ल्याउँदै आएको स्मरण गर्दै यस्ता अफरले सेवाग्राही, व्यावसायिक साझेदार र कम्पनीवीचको त्रिपक्षीय सम्बन्धलाई मजबुत बनाउने बताउनुभयो ।

देशको आर्थिक क्रियाकलापमा रेमिटेन्सको भूमिका महत्त्वपूर्ण छ भन्ने कुरा अहिले आएर झनै प्रष्ट भएको छ । त्यसैले विदेशबाट आउने रेमिटेन्स बढाउन हामी सबैले अ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्छ । रेमिटेन्स आप्रवाहलाई बढाउन, रेमिटेन्स पठाउँदा औपचारिक माध्यमबाट नै पठाउन यस्ता अफरहरूको आवश्यकता पर्दछ अध्यक्ष ढकालले उल्लेख गर्नुभयो ।

अध्यक्ष ढकालले एक फरक प्रसंगमा गैर आवासीय नेपाली संघसँगको सहकार्यमा निर्माण सम्पन्न भएको २७ मेघावाट क्षमताको दोर्दी खोलाको विद्युतीय उत्पादन हिजो मात्र राष्ट्रिय प्रसारण केन्द्रमा जोडिएकोमा प्रशन्नता व्यक्त गर्दै विदेशबाट आउने रेमिटेन्सलाई यस्तै संघ/संस्थाहरूसँग सहकार्य गरी उत्पादनशील क्षेत्रमा आकर्षित गर्न आइएमई ग्रुप तयार रहेको जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै ब्राण्ड एम्बासडर दीपकराज गिरीले सधैं जस्तो यसपटक पनि आइएमईको अफरमा सहभागी हुन् आम सेवाग्राहीहरूलाई आग्रह गर्नुभयो । भाइस प्रेसिडेन्ट रूद्रराज पौडेलले सधैं आम सेवाग्राहीहरूलाई सरल, सुलभ र विश्वस्तरीय रेमिटेन्स सेवा प्रदान गर्न आइएमई प्रतिवद्ध रहेको बताउँदै चाडपर्वको समयमा रेमिटेन्स आप्रवाह बढ्ता हुने हुँदा समयमै झन्झटरहित ढंगले रेमिटेन्स सेवा दिन कम्पनीले त्यहिँ अनुरूपको तयारी पुरा गरेको बताउनुभयो ।

कूल ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुने यस अफर ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’ भन्ने मुख्य थीममा आधारित हुनेछ । उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) सम्म कूल ९ हप्ता अर्थात ६३ दिन कायम हुनेछ ।

यस सम्बन्धि विस्तृत जानकारीका लागि हाम्रा आधिकारिक वेभ पेज, केन्द्रीय कार्यालय, विदेशस्थित हाम्रा सम्पर्क कार्यालयहरू, नेपालका सम्पूर्ण क्षेत्रीय सम्पर्क कार्यालयहरूका अतिरिक्त सम्पूर्ण व्यावसायिक साझेदारसँग उपलब्ध हुनेछ ।

अफरलाई व्यवस्थित ढंगले संचालन गर्नका लागि कम्पनीले संचालन गरेका सेवा र शर्तहरूको अक्षरस पालन गर्नु गराउनुपर्नेछ । अफर अवधिका विजेता सिस्टममा आधारित लक्की ड्र मार्फत सार्वजनिक गरिनेछ भने नतिजा कम्पनीका आधिकारिक सामाजिक संजाल पेजहरू तथा मिडिया मार्फत सार्वजनिक गरिनेछ ।

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५० एक्स, मूल्य ६ लाख २० हजार

नाइमा एक्स्पोमा सार्वजनिक भयो मोर्बिडेली टी २५०...

वि.सं.२०८३ साउन २७ बुधवार २२:५०

  काठमाडौं। इटालियन प्रिमियम मोटरसाइकल ब्राण्ड मोर्बिडेलीले नेपाली बजारमा आफ्नो...

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक भव्यताका साथ सार्वजनिक

बहुप्रतिक्षित नयाँ टाटा पञ्च ईभी नेपालभर एकैपटक...

वि.सं.२०८३ साउन २७ बुधवार २२:४५

  देशैभरका आधिकारिक शोरुमहरूबाट एकसाथ लन्च; एक्स्पो अफरमा ३२.९९ लाखमै...

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस सार्वजनिक, मूल्य १ करोड १४ लाख ५० हजारदेखि

नाईमा अटो एक्स्पोमा डोङफेङका दुई मोडलका बस...

वि.सं.२०८३ साउन २७ बुधवार २२:३३

  काठमाडौं । हिमालयन अर्गनाइजेसनअन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको प्रतिष्ठित अटोमोबाइल...

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका सुविधा उपलब्ध गराउने

एनसेल बिजनेसले वेब होस्टिङ र डोमेन सेवासहितका...

वि.सं.२०८३ साउन २७ बुधवार २२:२६

काठमाडौँ, साउन २६। एनसेलले एनसेल बिजनेस क्लाउडसुइट सेवा सुरु गरेको...

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा नीतिगत बहस

फोनिजको २७औँ स्थापना दिवस : मातृभाषा पत्रकारितामा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५५

  काठमाडौं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले...

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा स्थापित गर्ने प्रयास

मोबिलिटी क्षेत्रलाई एफडीआई आकर्षित गर्ने माध्यमका रूपमा...

वि.सं.२०८३ साउन २७ बुधवार २१:५०

  काठमाडौं । नेपालमा विद्युतीय सवारीसाधन (ईभी) को बढ्दो प्रयोगसँगै...