CG Electronics
IME Life
Ncell NPL

व्यबसायीले बिरोध गर्दा गर्दै बैंकहरुले आधार दर वृद्धि गरे, कुन बैंकको कति तोकियो ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

बैंकको ब्याजदरको मानकको रुपमा आधार दर वृद्धि भएको देखिएको छ। चालू आर्थिक वर्षको ३ महिनाको विवरणमा अधिकांश बैंकहरुको आधारदरमा वृद्धि भएको देखिएको छ।

बैंकको आधार दर तय हुँदा कोष लागत प्रतिशत, अनिवार्य मौज्दात लागत प्रतिशत, वैधानिक तरलता लागत प्रतिशत, सञ्चालन लागत प्रतिशत र सम्पत्ति प्रतिफल प्रतिशत जोडिन्छ।

यसरी तयार भएको आधारदर वृद्धि भएको देखिएको हो। गत आर्थिक वर्ष र चालू आर्थिक वर्षको आधारदर तुलना गर्दा अधिकांश बैंकहरुको वृद्धि भएको देखिन्छ। आधारदर वृद्धि भएपछि सबै बैंकको कर्जा दर पनि वृद्धि भएको छ।

बैंकहरुले आफ्नो त्रैमासिक रिपोर्ट सार्वजनिक गरेका छन्। तीन महिनाको साथै हिसाब गरेर बैंकहरुले आफ्नो आधार दर समेत उक्त वित्तीय विवरणमा समावेश गरेका छन्। त्यसमा सबै बैंकहरुको वृद्धि भएको देखिएको हो।

सिटिजन्स बैंकको गत आर्थिक वर्षको ३ महिनामा ८ दशमलव ११ प्रतिशत आधार दर रहेकोमा यो वर्षको ३ महिनामा ११ दशमलव १४ पुगेको छ।

सिभिल बैंकको गत आर्थिक वर्ष ८ दशमलव २६ रहेकोमा ११ दशमलव १४ प्रतशत पुगको छ।

कुमारी बैंकको गत आर्थिक वर्ष ७ दशमलव ८८ प्रतिशत रहेको मा अहिले १० दशमलव ९९ प्रतिशत कायम भएको छ।

एनसीसी बैंक ८ दशमलव १२ प्रतिशत रहेकोमा १० दशमलव ९५ प्रतिशत पुगेको छ।

सनराइज बैंकको गत आर्थिक वर्षको तीन महिनामा ८ दशमलव ४० प्रतिशत रहेकोमा अहिले १० दशमलव ९४ प्रतिशत पुगेको छ।

प्राइम कमर्सियल बैंकको गत आर्थिक वर्षको तीन महिनामा ८ दशमलव २७ प्रतिशत रहेकोमा अहिले १० दशमलव ९१ प्रतिशत कायम भएको छ।

बैंक अफ काठमाण्डूको ८ दशमलव ५६ प्रतिशत रहेकोमा १० दशमलव ८७ प्रतिशत कायम भएको छ।

मेगा बैंकको गत आर्थिक वर्षको असोज महिनामा ९ दशमलव ८१ प्रतिशत आधारदर रहेकोमा अहिले १० दशमलव ८४ प्रतिशत पुगेको छ।

सेन्चुरी बैंकको अगत असोजमा ८ दशमलव ०९ प्रतिशत रहेकोमा अहिले १० दशमलव ७६ प्रतिशत कायम भएको छ।

एनआईसी एशिया बैंकको गत आर्थिक वर्षमा ७ दशमलव ४८ प्रतिशत कायम रहेकोमा अहिले १० दशमलव ६७ प्रतिशत पुगेको छ।

यस्तै, लक्ष्मी बैंकको ७ दशमलव ५७ प्रतिशत रहेकोमा अहिले १० दशमलव ६६ प्रतिशत कामय भएको छ।

प्रभु बैंकको ७ दशमलव ६३ प्रतिशत रहेकोमा अहिले १० दशमलव ५१ प्रतिशत कायम भएको छ।

सानिमा बैंकको ७ दशमलव ४५ प्रतिशत रहेकोमा अहिले १० दशमलव ५० प्रतिशत कायम भएको छ।

यसैगरी, सिद्धार्थ बैंकको गत आर्थिको पहिको पहिलो त्रैमासमा ७ दशमलव ५७ प्रतिशत कायम रहेकोमा अहिले १० दशमलव ४३ प्रतिशत कायम भएको हो।

हिमालयन बैंकको गत आर्थिक वर्ष ७ दशमलव ०१ प्रतिशत रहेकोमा अहिले १० दशमलव ४३ प्रतिशत कायम भएको छ।

माछापुच्छ्रे बैंकको गत आर्थिक वर्षमा ७ दशमलव ३६ प्रतिशत कायम रहेकोमा अहिले १० दशमलव ३६ प्रतिशत पुगेको जानकारी बैंकले दिएको छ।

एसबीआई बैंकको गत आर्थिक वर्षमा ७ दशमलव २६ प्रतिशत कायम रहेकोमा अहिले १० दशमलव २द्द प्रतिशत पुगेको छ।

ग्लोबल आईएमई बैंकको गत आर्थिक वर्षमा ७ दशमलव ४१ प्रतिशत रहेकोमा अहिले १० दशमलव १९ प्रतिशत कायम भएको छ।

यस्तैगरी, एनएमबी बैंकको गत आर्थिक वर्षमा ७ दशमलव २७ प्रतिशत कायम रहेकोमा अहिले १० दशमलव १५ प्रतिशत पुगेको छ।

कृषि विकास बैंकको गत आर्थिक वर्षमा ७ दशमलव १२ प्रतिशत कायम रहेकामा अहिले ९ दशमलव ८३ प्रतिशत कायम रहेको छ।

नबिल बैंकको गत आर्थिक वर्षमा ६ दशमलव ११ प्रतिशत रहेकामा अहिले ९ दशमलव ४५ प्रतिशत पुगेको छ।

इन्भेष्टमेन्ट बैंकको गत आर्थिक वर्षको असोज सम्ममा ६ दशमलव ७७ प्रतिशत रहेकोमा अहिले ९ दशमलव ३४ प्रतिशत पुगेको छ।

एभरेष्ट बैंकको गत आर्थिक वर्ष ७ प्रतिशत रहेकोमा अहिले ९ दशमलव ३० प्रतिशत पुगेको छ।

स्ट्यान्डर्ड चाटर्ड बैंकको गत आर्थिक वर्ष ५ दशमलव १८ प्रतिशत रहेकोमा अहिले ९ दशमलव २६ प्रतिशत कायम भएको छ।

नेपाल बैंकको गत आर्थिक वर्षमा ५ दशमलव ९३ प्रतिशत रहेकोमा अहिले ८ दशमलव ९२ प्रतिशत पुगेको छ।

र, राष्ट्रिय वाणिज्य बैंकको गत आर्थिक वर्षमा ५ दशमलव ६३ प्रतिशत रहेकोमा अहिले ८ दशमलव ८५ प्रतिशत आधारदर पुगेको बैंकले जारी गरेको वित्तिय विवरणले देखाएको छ।

बैंकको आधार दरमा प्रिमियम ८ प्रतिशतसम्म जोड्न पाउने व्यवस्था राष्ट्र बैंकले गरिदिएको छ। जसमा धेरै बैंकको ब्यादर १८ प्रतिशत हाराहारी पुगेको देखिएको हो।

तर उद्योगी व्यवसायीहरुले प्रिमियम दर घटाउनुपर्ने व्यवस्था लागू गर्न राष्ट्र बैंक र अर्थ मन्त्रालयलाई दवाव दिइरहेका छन्। उद्योगी व्यवसयीहरुका विभिन्न संगठनहरुले विज्ञप्ति जारी गर्दै ब्याजदर नियन्त्रण गर्नुपर्ने माग राख्दै आएका छन्। जिल्लाका उद्योगी वयवसयीहरुले आन्दोलन नै गरेपनि नेपाल उद्योग वणिजय महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स समेतले विज्ञप्ति जारी गरेर विरोध जनाएका छन्।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:१२

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ...