CG Electronics
IME Life
Ncell NPL

मलाई जिताउनुहोस्, देशद्रोहीलाई ठेगान लागउँछु : कुन्ती पोख्रेल

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधि सभा सदस्यका लागि राप्रपाबाट उम्मेदवार बनेकी कुन्ती पोख्रेलले देशद्रोहीबाट मुलुक जोगाउन हलोमा मतदान गर्न आवश्यक रहेको बताएकी छिन् ।

आज आइतबार काठमाडौं महानगरपालिका वडा नं. ९ का मतदाताहरुसँग भेटघाट कार्यक्रममा उनले यस्तो बताएकी हुन् । पोख्रेलले यतिबेला नेपालको राजनीति भ्रष्टाचार, अन्याय, अत्याचार र व्यथितिबाट बिथोलिएकाले त्यसलाई सही ट्र्याकमा ल्याउन आफूले प्रतिनिधि सभामा जित्नुपर्ने दावी गरेकी छन् ।

उनले सार्वजनिक सम्पत्तिमा गिद्देदृष्टि राखेको र धर्म, संस्कार, संस्कृतिमाथि प्रहार गर्दै नेपाललाई विदेशीहरुको रणभूमि बनाउन खोजिएकोप्रति आपत्ति प्रकट गरेकी गरिन् ।

उनले भ्रष्टाचारी, देशद्रोही तथा सार्वजनिक सम्पत्तिमाथि गिद्देदृष्टि लगाउनेलाई ठेगान लगाउने बताइन् । त्यसैगरी शिक्षा क्षेत्रमा व्यापाक व्यापारीकरण बढेकाले गरीबको पहुँचबाहिर गएको भन्दै शिक्षा सबैको पहुँचमा पु¥याउन सामुदायिक विद्यालयहरुलाई गुणस्तरीय, भरपर्दो र जनउत्तरदायी बनाउनुपर्नेमा जोड दिइन् ।

कम्तिमा उच्च माविसम्मको शिक्षा अनिवार्य र निःशुल्क बनाउन आफूलाई मतदान गरी विजय बनाउन आग्रह गरिन् । त्यसैगरी स्वास्थ्य क्षेत्रमा पनि व्यापारीकरण बढेकाले सर्वसाधारण धेरै मारमा परेका उनले बताइन् । त्यसो हुनुमा सरकारी अस्पतालहरु जनउत्तरदायी नहुनु, समयमा चिकित्सक, कर्मचारी नहुनु, आवश्यक स्वास्थ्य उपकरण तथा औषधिको अभाव हुनु मुख्य रहेको भन्दै पोख्रेलले असन्तुष्टि जनाइन् ।

सर्वसाधारणको पहुँचमा स्वास्थ्य सेवा पु¥याउन सरकारी अस्पतालहरुले गुणस्तरीय, भरपर्दो र विश्वासिलो उपचार विधि अपनाउनुपर्नेमा उनको जोड थियो ।

हरेक वडामा विशेषज्ञ चिकित्सकसहितको सुविधायुक्त अस्पतालको व्यवस्था हुनुपर्ने, जेष्ठनागरिक, गरीबीको रेखमुनि रहेका वर्ग समुदाय र शारीरिक अशक्त भएकाहरुलाई निःशुल्क स्वास्थ्य सेवा उपलब्ध हुनुपर्नेमा पोख्रेलले जोड दिइन् ।

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक स्वास्थ्य शिविर सञ्चालन

बागमती किनारका विस्थापितका लागि दशरथ रंगशालामा बहुआयामिक...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १५:००

  काठमाडौं। बागमती नदी किनारका जोखिमपूर्ण बस्तीबाट विस्थापित भएका नागरिकहरूको...

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ : अध्यक्ष ओली

जहाँ श्रमिक सम्मानित हुन्छ,त्यही समाज समृद्ध हुन्छ...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:३२

  काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जहाँ...

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

२५७०औँ बुद्ध जयन्ती मनाउँदै लुम्बिनी (फोटोसहित)

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १४:१७

काठमाडौं ।आज २५७०औँ बुद्ध जयन्ती । बुद्ध जयन्ती तथा लुम्बिनी...

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न सबैलाई प्रधानमन्त्रीको आग्रह

शान्ति, ज्ञान र अहिंसाको मार्गमा अघि बढ्न...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:३०

  काठमाडौं । प्रधानमन्त्री बालेन शाहले शान्ति, ज्ञान र अहिंसाको...

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो भन्ने चिन्तामा छन् : अध्यक्ष खनाल

धेरै श्रमिकहरू आफ्नो जागिर कहिले गुम्ने हो...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२२

  काठमाडौं । आज विश्वभर अन्तराष्ट्रिय श्रमिक दिवस अर्थात् मे...

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको त्रिसंयोग; विश्वभर फैलाइँदै शान्तिको सन्देश

बुद्ध जयन्ती विशेष: जन्म, ज्ञान र महापरिनिर्वाणको...

वि.सं.२०८३ वैशाख १८ शुक्रवार १०:२१

काठमाडौं । आज (शुक्रबार) बुद्ध जयन्ती मनाइँदै छ ।प्रत्येक वर्ष...