भुषको आगो झैँ भित्र भित्रै निर्वाचन बहिष्कारलाई तीब्र पारेका अध्यक्ष निरौलाले दिए यस्तो च्यालेन्ज
Monday Nov 07, 2022
वि.सं.२०७९ कात्तिक २१ सोमवार ०८:४२
निर्वाचन बहिष्कारको अभियानलाई भुषको आगो झैँ भित्र भित्रै तीब्र पारेको नेपाल समाजवादी कांग्रेस पछिल्ला दिनमा राज्यका लागि गोठालो बस्नै पर्ने गरिको शक्तिका रूपमा देखा परेको छ।
स्थानीय निर्वाचन बहिष्कारकै समय देखि सो पार्टी र त्यसका अध्यक्ष राज्यको निशानामा परेका हुन्। पार्टी अध्यक्ष गोबिन्द निरौलाले बर्तमान शासक हरुलाई नियन्त्रण गरेर तत्काल सत्ता कब्जा गर्न आफ्नो पार्टी सक्षम रहेको बताएका छन्। उनले सामाजिक संजालमा यस्तो लेखेका छन्-
(१) नेपाल समाजवादी काग्रेस त्यो सामर्थ राख्दछ बर्तमान शासक हरुलाई नियन्त्रण गरेर तत्काल सत्ता कब्जा गर्न सक्छ!
(२) नेपाल अधिराज्य भर निर्वाचन प्रकृया बिफल बनाउन सक्छ। तर, हामी चाहदैनौ मुलुकमा द्वन्द शृजना होस। चाहना द्वन्द नभएर परिबर्तन भएको ले राष्ट्रिय एकता आवश्यक छ।
चुनावले राष्ट्रिय एकता शृजना गर्दैन। चुनाबि कार्यक्रम रद्ध गरेर सम्बाद र पतिबर्तनको बाटोमा लागौ।
(३) परिबर्तनको आधार बैज्ञनिक र बौद्धिक आन्दोलन हो। त्यस किसिमको प्रदार्शन हुन्छ, भैरहेको छ।


























