CG Electronics
IME Life
Ncell NPL

सेयर बजार ६ अंकले घट्यो कति भयो आज कारोबार ?

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

साताको दोस्रो कारोबारको दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार नेप्से परिसूचक ६.४३ अंक घटेर १९५८.९४ बिन्दुमा झरेको हो। त्यस्तै,सेन्सेटिभ इण्डेक्स २.१९ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८९ अंक घटेको छ।

सोमबार कारोबारमा आएका २२४ कम्पनीको ४९ लाख ४४ हजार कित्ता शेयर २ अर्ब १० करोड ९१ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचकमा गिरावट आए पनि कारोबार भने २ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ।

नेप्सेका १३ उपसमूहमध्ये ५ उपसमूहको परिसूचक बढेको छ भने बाँकी ८ उपसमूहको परिसूचक घटेको छ। जसमा म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा बढी १.०६ प्रतिशत बढेको छ भने जीवन बीमा, लगानी, अन्य र व्यापार उपसमूहको परिसूचक सामान्य बढेको छ। विकास बैंक, उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले घटेको छ।

सोमबार धौलागिरी लघुवित्तको शेयरमूल्य ८.१३ प्रतिशत बढेको छ भने जाल्पा सामुदायिक लघुवित्तको शेयरमूल्य करिब ७ प्रतिशत बढेको छ।

ग्लोबल आइएमई लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको शेयर मूल्य साढे ५ प्रतिशतभन्दा बढी घटेको छ। सोमबारको कारोबारमा शेयर मूल्य बढ्ने र घट्ने सबै लद्युवित्तहरु रहेका छन्।

आज कारोबार रकमका आधारमा जाल्पा लघुवित्तको १५ करोड १६ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने शिवम् सिमेन्ट्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६ : समृद्ध नेपालको डिजिटल आधारशिला

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०२६...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०६

काठमाडौं।  मे २—आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस (आइसीटी...

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई सान्त्वना

रोल्पा जीप दुर्घटना : प्रचण्डद्वारा पीडित परिवारलाई...

वि.सं.२०८३ वैशाख १९ शनिवार २१:०३

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले रोल्पाको...

गणेश कार्की : अध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)

गणेश कार्की : अध्यक्ष स्वतन्त्र उर्जा उत्पादकहरुको...

वि.सं.२०८३ वैशाख १६ बुधवार १५:५७

  काठमाडौं । सरकारले हालै सार्वजनिक गरेको १०० बुँदे कार्ययोजनामा...

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ : रवि लामिछाने

परिवर्तनका लागि अहिलेको पुस्ताले चुनौती बेहोर्नुपर्छ :...

वि.सं.२०८३ वैशाख १४ सोमवार १८:४१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभपाति रवि लामिछानेले जनताको...

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर र ६ गिजरको सफलतापछि अब ३ शक्तिशाली ‘कमर्सियल’ जायन्ट सार्वजनिक

बर्ली (Burly) को बजारमा ‘ह्याट्रिक’: १७ कूलर...

वि.सं.२०८३ वैशाख १३ आइतवार १५:१४

काठमाडौं, नेपाल – २२ अप्रिल २०२६ नेपाली उपभोक्ताको मन जित्न...

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड २०२५’ प्रदान

एनएमबि बैंकलाई कमर्ज बैंक जर्मनीबाट ‘एसटीपी अवार्ड...

वि.सं.२०८३ वैशाख ११ शुक्रवार २३:०३

काठमाडौँ, बैशाख २०८३ – एनएमबि बैंकले व्यावसायिक भुक्तानी तथा वित्तीय...