IME Life
NIMB

महालक्ष्मी विकास बैंकले घर र उद्यम गर्न चाहनेलाई विशेष कर्जा योजना

NIMB
Himalayan Bank

 

 

काठमाडौं । महालक्ष्मी विकास बैंकले घर खरिद वा निर्माण गर्न र उद्यम गर्न चाहनेलाई विशेष कर्जा योजना ल्याएको छ । बैंकले नयाँ वर्षको अवसर पारेर घर खरिद गर्न अथवा घर निर्माण गर्न इच्छुकलाई लक्षित गरी आवास कर्जा र उद्यम गर्न इच्छुकहरुलाई लक्षित गरी व्यवसायिक कर्जा ल्याएको हो ।

जुन सुलभ व्याजदरमा पाइने बैंकले बताएको छ । बैंकले दुवै कर्जा योजनामा ऋणीका लागि १२.९९ प्रतिशतको व्याजदरमा कर्जा दिने छ ।

साथै, नयाँ वर्षको अवसरमा कर्जा सेवा शुल्कमा विशेष छुट प्रदान गरिने बैंकले जानकारी गराएको छ । महिला सशक्तिकरणमा जोड दिँदै बैंकले घरधनी वा व्यवसाय धनी महिला भएमा सेवा शुल्कमा ०.२५ प्रतिशत छुट प्रदान गर्ने बताएको छ । र, उक्त छुट सुविधा सीमित समय अवधिका लागि रहेको समेत बैंकले जानकारी गराएको छ ।

आवास कर्जा योजना अन्तर्गत ऋणीका लागि बैंकले निर्माण लागतको शतप्रतिशत कर्जा प्रवाह गर्नुका साथै कर्जाको अवधि अधिकतम ३० वर्ष, घर निर्माणमा अग्रिम कर्जा प्रवाह तथा सेवा शुल्कमा छुट जस्ता आकर्षक सुविधाहरु प्रदान गर्ने छ ।

व्यवसायिक कर्जा योजना अन्तर्गत ऋणीका लागि धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह गर्नुका साथै व्यवसाय सुरु गर्न अग्रिम कर्जा प्रवाह गर्ने तथा सेवा शुल्कमा छुट जस्ता सुविधाहरु बैंकले प्रदान गर्ने छ । हाल विद्यमान तरलता अभाव तथा बढ्दो ब्याजदरकाबीच पनि बैंकले सुलभ ब्याजदरमा सरलिकृत तवरले कर्जा प्रवाह गरिरहेको छ ।

घर खरिद गर्न अथवा घर निर्माण गर्न र स्वदेशमै उद्यम गर्न चाहनेहरुका लागि लाभदायक महालक्ष्मी आवास कर्जा र महालक्ष्मी व्यवसायिक कर्जा आकर्षक ब्याजदरमा बैंकका सम्पूर्ण शाखाहरुबाट उपलब्ध हुनेछन् ।

त्यस्तै, देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या करिब सात लाख रहेको छ ।

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि अठारौँ ‘नाडा अटो शो’, भृकुटीमण्डपमा २०० स्टल रहने

स्वर्ण जयन्ती मनाउँदै नाडा: भाद्र ९ देखि...

वि.सं.२०८३ साउन २४ आइतवार २२:०५

  काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आफ्नो स्वर्ण...

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि डिजिटल टिकटसम्म विशेष व्यवस्था

नाइमा मोबिलिटी एक्स्पोमा ४० नयाँ मोडल, पार्किङदेखि...

वि.सं.२०८३ साउन २४ आइतवार २०:४२

  काठमाडौं । नाइमा मोबिलिटी एक्स्पो २०२६ को तयारी अन्तिम...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु

वि.सं.२०८३ साउन २४ आइतवार २०:२८

  काठमाडौं । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी लिमिटेडको...

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा रु. ३ लाखदेखि रु. २१ लाखसम्म  छुट, दुई नयाँ मोडल सार्वजनिक हुने

नाइमा अटो शो २०२६ मा टोयोटाका गाडीमा...

वि.सं.२०८३ साउन २४ आइतवार १९:५३

काठमाडौं । नेपालमा टोयोटा नेपालले आगामी नाइमा अटो शो २०२६...

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु, देशभरका सबै सर्भिस सेन्टरमा लागु

‘बीवाईडी अपडेट टु केयर प्लस’ अभियान सुरु,...

वि.सं.२०८३ साउन २४ आइतवार १७:१९

  काठमाडौं, २५ साउन २०८३ । नेपालका लागि बीवाईडी अटो...

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक सर्भिस सेन्टर उद्घाटन

पोखरामा बीवाइडीको पूर्ण थ्री–एस सुविधा सञ्चालनमा, आधिकारिक...

वि.सं.२०८३ साउन २४ आइतवार ०९:२७

पोखरा, साउन २०८३ । नेपालका लागि बीवाईडी अटो इन्डष्ट्री कम्पनी...