पदबहाली गरेसंगै ढकालद्वारा साना व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जाहेर
Sunday Apr 16, 2023
वि.सं.२०८० वैशाख ३ आइतवार २३:१५
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पदबहाली गर्दै साना व्यवसायीको हितमा काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।

पदभार ग्रहण गरेसंगै उनले आईतबार महासङ्घमा कार्यलयमा पद तथा गोपनीयताको सपथ पनि लिएका छन् ।
ढकालले आफू सानो व्यवसाय सुरु गरी यहाँसम्म आएकाले अध्यक्षका रुपमा साना व्यवसायीहरुको हितमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

महासंघको गत चैत २८ र २९ मा सम्पन्न भएको ५७ औँ वार्षिक साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा अञ्जन श्रेष्ठ निर्वाचित भएका थिए । उनले ढकालपछि महासंघको नेतृत्व सम्हाल्ने छन् ।







































