IME Life
NIMB

कमिसन र भ्रष्टाचारले देशलाई वर्वाद बनायो : गृहमन्त्री श्रेष्ठ

NIMB
Himalayan Bank

 

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले कमिसन र भ्रष्टाचारले देश वर्वाद बनाएको भन्दै कमिसनखोर र भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलन तथा लोकतान्त्रिक आन्दोलनका शीर्ष नेता निर्मल लामाको २३ औं स्मृति कार्यक्रममा उनले निर्मल लामालाई सम्झिनु भनेको नेपाली कम्युनिष्ट आन्दोलनको सम्मान गर्नु भएको बताए । उनले लामाप्रति श्रद्धाभाव प्रकट गर्दै राजनीतिमा देखा परेको भ्रष्टीकरणलाई समाजबाट निमूल पार्नुपर्ने बताए ।

उनले भने, निर्मल लामालाई सम्झिनु भनेको नेपाली कम्युनिष्ट आन्दोलन र राजनीतिमा देखा परेको भ्रष्टीकरणलाई रुपान्तरण गर्दै सिंगो समाजको रुपान्तरण गर्न अभियान र आन्दोलन चलाउनु हो । त्यसको लागि संकल्प गर्नुपर्छ सबैलाई आग्रह गर्छु ।

कमिसन र भ्रष्टाचारले देश वर्वाद बनाएको छ, कमिसनखोर र भ्रष्टाचारीलाई कारवाही गर्नुपर्छ । सामाजिक आर्थिक रुपान्तरणको प्रक्रियालाई अगाडि बढाउनु पर्छ । कोही निर्दोष डराउनु पर्दैन् । दोषी छुट्ने छैनन् जहाँ गएपनि छोड्दैनौ यो हाम्रो प्रतिवद्धता हो उही अनुसार अघि बढ्छौ ।

मन्त्री श्रेष्ठले अहिले समाजवाद उन्मुख समृद्धि वा सामाजिक आर्थिक रुपान्तरण र सामाजिक न्यायसहितको समृद्धिको लक्ष्य पूरा गर्दै समाजवाद निमार्ण गर्नु पर्ने बताए ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...