NAIMA Nepal Mobility Expo 2026
IME Life
NIMB

नेपाल लाइफ इन्स्योरेन्सको तीन दिवसीय ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’ भव्यताका साथ सम्पन्न

NIMB
leapmotornepal (citroen)

 

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय ‘बिजनेस एक्सिलेन्स कन्फ्रेन्स’सम्पन्न भएको छ ।चितवनको सौराहामा श्रावण १५ देखि १७ गतेसम्म चलेको कन्फ्रेन्स “ पराक्रमी गति आक्रामक नीति” नाराका साथ सम्पन्न भएको हो । उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो ।

पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक कृष्ण राज लामिछाने , शक्ति कुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको समुद्घाटन गरेको थियो ।

 

पानसमा दीप प्रज्ज्वलन गरी कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवाल, सञ्चालक कृष्णराज लामिछाने, शक्तिकुमार गोल्यान र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रुपमा सम्मेलनको उद्घाटन गरेका थिए।

 

सम्मेलनमा कम्पनीका वरिष्ठ सञ्चालक कमलेशकुमार अग्रवालले कम्पनीले आर्थिक मन्दीको बाबजुद पनि उत्साहजनक व्यवसाय गर्न सफल भएकोमा सम्पूर्ण कर्मचारीलाई धन्यवाद ज्ञापन गरे। आगामी दिन थप चुनौतीपूर्ण हुने हुँदा थप जोश र जाँगरका साथ कार्यसम्पादन गर्न उनले आग्रह गरे। अग्रवालले सेल्स टेक्निकका साथ–साथै चाहिने कम्युनिकेसन स्किल टेक्निकका बारेमा समेत प्रकाश पारेका थिए।


सम्मेलनमा सञ्चालक कृष्णराज लामिछानेले सम्पूर्ण कर्मचारीले गत आवमा गरेका योगदानका निम्ति धन्यवाद दिए। हरेक मान्छेले आफ्नो भ्यालु क्रिएसनमा जोड दिनुपर्ने उनको भनाइ थियो। ‘मान्छे जति राप र तापमा आफूलाई अभ्यस्त बनाउँछ, त्यति नै मान्छे निखारिन्छ र त्यसले मान्छेलाई परिपक्व बनाउँछ’, उनले भने।

सम्मेलनमा सञ्चालक शक्तिकुमार गोल्यानले कर्मचारीहरुको मनोबललाई उच्च राख्न सञ्चालक समितिले सदैव साथ दिने बताए। आउने समय त्यति सहज नहुने हुँदा त्यसका लागि पूर्वतयारी गरी कार्यसम्पादन गर्न उनले आग्रह गरे। प्रविधिको उच्चतम प्रयोग गर्दै कम्पनीको कामकारबाहीलाई थप सहज, सरल, चुस्त र दुरुस्त बनाउन कम्पनीले कार्य आरम्भ गरिसकेको उनले जानकारी दिए।

 

सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले कर्मचारीहरुलाई गत आवको कार्यसम्पादनका लागि धन्यवाद र चालु आवको व्यापार लक्ष्य पूरा गर्न सुरुबाट नै दत्तचित्त भई कार्य गर्न आह्वान गरे। गत आर्थिक वर्षको व्यापार समीक्षा गर्दै उनले चालु आर्थिक वर्षमा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराए।

हाल कार्यरत प्रादेशिक प्रमुखहरुलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गरेका थिए। सम्मेलनको अन्त्यमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयाल र नेसनल सेल्स हेड उमापति पोखरेललगायत उच्च व्यवस्थापकबाट सबै सहभागीलाई प्रमाणपत्र साथै गत आर्थिक वर्षमा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारी र शाखा एवं उपशाखालाई विभिन्न ३७ विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको थियो।

नाइमा अटो शो नाडाको कपी, नाडा अटो शो नै नेपालको मौलिक र ‘जेन्युन’ अटो प्रदर्शनी हो : अनुप वराल

नाइमा अटो शो नाडाको कपी, नाडा अटो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:४०

  काठमाडौं । नाडा अटोमोवाइल एशोसिएशन अफ नेपाल(नाडा) अन्तर्गत नाडा...

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो : भदौ ९ देखि १४ गतेसम्म आयोजना हुने

‘स्वर्ण उत्सव संस्करण’का रूपमा नाडा अटो शो...

वि.सं.२०८३ भदौ २ मंगलवार ०८:१२

  काठमाडौं । नेपालको प्रमुख अटोमोबाइल प्रदर्शनी ‘नाडा अटो शो...

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र पोषणका नयाँ उत्पादन सार्वजनिक

जीवित एक्स्पो २०२६ सम्पन्न, स्वास्थ्य, सौन्दर्य र...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:५०

  काठमाडौं । भाइभ इभेन्ट एन्ड मिडिया प्राइभेट लिमिटेडको आयोजनामा...

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक...

वि.सं.२०८३ भदौ १ सोमवार ०९:०७

  काठमाडौं ‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌‌ । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई...

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार नयाँ स्मार्टफोन बजारमा

गुगलले सार्वजनिक गर्‍यो पिक्सेल ११ सिरिज, चार...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:४१

  काठमाडौं । गुगलले आफ्नो नयाँ पिक्सेल ११ सिरिज सार्वजनिक...

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड ८ सिरिज, प्रि-अर्डरमा ६८ हजार रुपैयाँसम्मका सुविधा

सामसङ नेपालले सार्वजनिक गर्‍यो ग्यालेक्सी जेड फोल्ड...

वि.सं.२०८३ भदौ १ सोमवार ०८:३८

  काठमाडौं । सामसङ नेपालले नयाँ पुस्ताको ग्यालेक्सी जेड फोल्ड...