CG Electronics
IME Life
Ncell NPL

१६ औं गोदावरी पुष्प प्रर्दशनी : अवैधानिक कृषि आयात रोक्ने कृषि मन्त्रीको प्रतिबद्धता

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

काठमाडौं । ‘१६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रर्दशनी २०८०’ सुरु भएको छ ।

मंगलबार ललितपुरमा आयोजित ‘१६ औँ गोदावरी फूलको प्रतियोगात्मक प्रर्दशनी २०८०’ को उद्घाटन गर्दै कृषि मन्त्री डा.बेदुराम भुषालले, अवैधानिक कृषि वस्तु र फूलको आयात प्रतिस्थापन गर्न सबै मिलेर लाग्नुपर्ने बताए ।

उनले नेपाललाई फूल उत्पादनमा आत्मनिर्भर बनाउन सरकार पुष्प व्यवसायीलाई जुनसुकै बेला आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताए ।

कार्यक्रममा व्यवसायीले बिउबिजन सम्बन्धी नयाँ नियमावली नबन्दा आफूहरुलाई समस्या परेको भन्दै त्यसतर्फ कृषि मन्त्री भुसालको ध्यानाकर्षण गराएका थिए ।

मन्त्री भुसालले चाँडै बिउबिजन सम्बन्धी नयाँ नियमावली आउने बताए ।

उनले भने,‘नियमावली बनाउने काम सरकारको हो हामीले नियमावली बनाउन ढिला गरेका छैनौ । कृषि मन्त्रालयबाट नियमावली तयार भएर अर्थमन्त्रालयको पनि सहमति लिएर हामीले कानून टुंगोमा पुर्याइसकेका छौं । प्रकृयामा अगाडि बढेको छ, छिट्टै पारित हुन्छ ।’

सरकार नेपाली उत्पादनको प्रवद्र्धन र संरक्षण गर्ने कुरामा दृढ रहेको बताएका उनले नेपालमा उत्पादन हुने वस्तु विदेशबाट आयात नगर्ने दाबी गरे ।

केही समय अगाडि आफूलाई दूध आयात गर्न ठूलो दबाब दिँदा समेत दृढ अडान लिएर बाहिरबाट दूध आयात नगरेको स्मरण गर्दै उनले भने,‘जुन चिज हाम्रो देशमा उत्पादन हुन्छ,त्यो चिज हामीले विदेशबाट आयात गर्दैनौ ।औपचारिक रुपमा भएको पनि छैन् ।

तर,हामी सबैले बुझ्नुपर्ने समस्या र दायित्व के हो भने अवैधानिक रुपमा खुला सीमानाबाट वस्तुहरु आइरहेका छन् । यी अवैधानिक तवरले ल्याइने वस्तुलाई हामी सबै मिलेर रोक्नुपर्छ ।’

उनले नेतृत्वले भाषण गरेर पन्छिने भन्दा अवैधानिक र वैधानिक कृषि आयातलाई राष्ट्रिय उत्पादन वृद्धि गरेर प्रतिस्थापन गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।

नेपाल फ्लोरीकल्चर एसोसिएसनले नजिकिँदै गरेको पर्व तिहारलाई लक्षित गरी आयोजना गरेको १६ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी कात्तिक १८ गतेसम्म चल्ने छ ।

आयोजकका अनुसार प्रदर्शनीमा ५५ वटा व्यावसायिक,दुई वटा प्रयोगात्मक,दुई वटा सूचनामूलक लगायत कूल ६२ वटा कक्ष रहने छ ।

यस वर्षको तिहारका लागि आवश्यक फूलको माला आन्तरिक उत्पादनले नै धान्ने एसोसिएसनले जनाएको छ ।

 

 

 

 

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:२१

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू...

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ।...

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...