CG Electronics
IME Life
Ncell NPL

दोलखाका खेलाडीहरुका लागि नेतृ संगीता पाख्रिनले स्थापना गरिन अक्षय कोष

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

दोलखा । नेकपा एकीकृत समाजवादीकी नेतृ संगीता पाख्रिनले दोलखाको खेलाडीहरुका लागि अक्षय कोष स्थापना गरेकी छिन् । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरिएको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गरेकी हुन् ।

अक्षय कोष घोषणा गरेकी पाख्रिनले औपचारिक समारोहमा १० हजार घोषणा गरिन । १० वर्षसम्म दोलखाको खेलाडीको लागि अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता समेत गरेकी थिइन । उनले अक्षय कोषमा जम्मा भएको रकमले खेलाडीहरु दुर्घटनामा पर्दा आर्थिक अभावका कारण छटपटिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिन ।

‘म कुनै समय भलिबल खेलाडी थिए । यसकारण खेल क्षेत्र मेरो अभिरुचिको विषय हो । खेल र खेलाडीको आत्माविश्वास जगाउनुपर्छ,’ नेकपा एस दोलखाको उप सचिव समेत रहेकी पाख्रिनले भनिन्,‘दोलखा जिल्लाको खेलाडीको लागि अक्षय कोष स्थापना गर्छु ।’

अन्तराष्ट्रिय जगतमा कुटनीतिक सम्बन्ध नभएको अवस्थामा समेत खेल क्षेत्रले नेपाल चिनाउने भएकाले खेलाडीको सम्मानका लागि अक्षय कोष स्थापना गरिएको बताइन । ०७९ को स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाको उप मेयरको उम्मेदवार रहेकी पाख्रिनले भीमेश्वरको खेलाडी सदैब सक्षम र अब्बल हुनुपर्नेमा जोड दिइन । यसका लागि आफुले सक्ने सहयोग गर्ने धारणा राखिन । पाचौं र छैटौंको छेत्रीय भलिबल खेलाडी रहेकी पाख्रिन दोलखामा सक्रिय राजनीति गर्छिन ।

भीमेश्वर नगरको वडा–९ को वडा अध्यक्ष हिमाल श्रेष्ठको सभाध्यक्षतमा कार्यक्रम भएको थियो । करिब ३५ सय मिटर उचाइमा भएका अध्यक्ष कप कार्तिक १९ गतेसम्म हुने छ । उद्घाटन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका सांसद भरत बहादुर केसी, यस्तै, एनफाका उपाध्य दावा लामा, नेकपा एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धर लगाएको सहभागीता रहेको थियो ।

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

पुनर्निर्माणमा ढिलाइ भएको भन्दै जाजरकोटका भूकम्पपीडित सडकमा

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:२१

जाजरकोट। पुनर्निर्माण कार्यमा सरकार उदासीन बनेको आरोप लगाउँदै जाजरकोटका भूकम्पपीडितहरू...

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प पार्ने महासंघको चेतावनी

एक हप्ताभित्र समस्या समाधान नभए काम ठप्प...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:१०

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ ले निर्माण उद्योग गम्भीर...

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर

वि.सं.२०८३ वैशाख २२ मंगलवार १७:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणमा निर्देशकहरूको जिम्मेवारी हेरफेर गरिएको छ।...

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

राष्ट्रपतिले गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:२१

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी...

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि खच्चड सबै मारमा

सगरमाथा जाने बाटोमै जोखिमपूर्ण पुल, पर्यटक, भरियादेखि...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:११

गोमा बस्नेत, नेपाल न्यूज बैंक सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर...

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै दबाब : सचिव राउत

पेट्रोलियम र ग्यासमा बढ्दो घाटा, अन्तर्राष्ट्रिय मूल्यकै...

वि.सं.२०८३ वैशाख २२ मंगलवार १६:०७

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्ण बहादुर...