एभरेष्ट बैंकद्वार टोखामा आफ्नो १२८ औं शाखा उद्घाटन
Saturday Nov 25, 2023
वि.सं.२०८० मंसिर ९ शनिवार १४:१३
बैंकको सञ्चालक समितिका अध्यक्ष डा। बालगोपाल वैद्य र टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले उक्त शाखाको संयुक्त रुपमा उद्घाटन गरेका छन्।
बैंक सञ्चालक समिति अध्यक्ष वैद्यले बैंकहरु विश्वासको सहयात्री भएको भन्दै टोखा र सो आसपासका बासिन्दाहरुलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
टोखा नगरपालिकाका उपमेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने बताए। बाग्मती प्रदेशमा बैंकको शाखा संख्या ४६ छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ।























