हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान
Saturday Nov 25, 2023
वि.सं.२०८० मंसिर ९ शनिवार १५:१०
काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीलाई इण्डियन च्याम्बर अफ कमर्शद्वारा आयोजित ‘इमर्जिङ इन्स्योरेन्स अवार्डबाट सम्मान गरिएको छ।
भारतको मुम्बईमा बिहीबार आयोजित भव्य समारोहका बीच हिमालयन एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत बिजयबहादुर शाहलाई आयोजकका तर्फबाट अवार्ड प्रदान गरिएको हो ।
इण्डियन चेम्बर अफ कमर्शले नेतृत्वदायी भूमिका निर्वाह गर्दै बीमाको क्षेत्रमा विशेष योगदान पु¥याएका एशियाली महादेश भित्रका बीमा कम्पनीहरु मध्येबाट उत्कृष्ट कम्पनीलाई विगत ४ वर्ष देखि सम्मान् गर्दै आएको छ।























