CG Electronics
IME Life
Ncell NPL

विनोद चौधरी भन्छन् – आर्थिक नीतिमा गम्भीर सुधार आवश्यक

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

 

पोखरा । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद विनोद चौधरीले युवाहरूको बढ्दो विदेश पलायनप्रति संवेदनशील बन्दै आर्थिक नीतिमा गंम्भीर सुधार आवश्यक रहेको बताएका छन् ।

नेपाली कांग्रेस गण्डकीको प्रथम प्रदेश सम्मेलनलाई मंगलबार पोखरामा सम्बोधन गर्दै धनाढ्य नेता चौधरीले नेपाललाई विकसित मुलुकमा परिणत गर्ने र युवाहरूको भविष्य सुनिश्चित गर्ने लक्ष्यका साथ आफू राजनीतिमा सक्रिय रहेको बताएका छन् ।

‘युवाहरूको भविष्य यही देशमा सुरक्षित छ र उनीहरूका सन्ततिको भविष्य यही देशमा उज्वल रहनेछ भन्ने स्थापित गर्न म संकल्पका साथ राजनीतिमा केन्द्रित भएको छु,’ उनले भने, ‘हाम्रो जिम्मेवारी यही नै हो । यो संकल्प पुरा गर्न सकेनौं भने राजनीतिमा हाम्रो सान्दर्भिकतामाथि प्रश्न उठ्नेछ ।’

बेरोजगार मात्र नभइ राम्रो रोजगारीमा रहेका युवाहरू पनि धमाधम विदेश पलायन हुनु ठूलो चिन्ताको विषय भएको उनले बताए । ‘हामीले उनीहरू र उनीहरूका सन्ततिको भविष्य यही देशमा सुरक्षित छ भनेर सुनिश्चित गर्नुपर्छ,’ उनले भने ।

मुलुकको आर्थिक सुधारको नेतृत्व विगतमा कांग्रेसले लिएको स्मरण गराउदै उनले अब फेरि दोस्रो चरणको आर्थिक सुधारको नेतृत्व लिनुपर्ने समय आएको जिकिर गरे । ‘पार्टीले यो दिशामा वृहत् गृहकार्यका साथ निर्णय लिनेछ भन्नेमा मेरो विश्वास छ,’ उनले भने ।

आगामी निर्वाचनमा कम्तिमा २५ लाख युवाहरू पहिलोपटक मतदाताका रुपमा अघि आउने भएकाले उनीहरु निर्णायक हुने नेता चौधरीले बताए । ‘ती नयाँ मतदाताको रोजाइमा पर्न अहिलेदेखि नै काम गर्नुपर्छ,’ उनले भने ।

 

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया पूरा

ललितपुरको जीआईएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:३१

  काठमाडौं । लामो समयदेखि अवरुद्ध ललितपुरको बालकुमारीस्थित जीआईएस सबस्टेशन...

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म लास उठाउँदैनौ : बिन्दमाया विश्वकर्मा

हिरासतमा मेरो छोराको हत्या गरियो, न्याय नपाएसम्म...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:०२

  काठमाडौं । सिन्धुलीको खुर्कोटस्थित इलाका प्रहरी कार्यालयको हिरासतमा ७...

निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिन सकेन : चन्द्रप्रसाद ढकाल

निजी क्षेत्रप्रति हेर्ने दृष्टिकोण अझै बदलिन सकेन...

वि.सं.२०८३ वैशाख १६ बुधवार २०:३९

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले...

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड बढी बिगो कायम गर्दै दुई जनाविरुद्ध मनी लाउन्डरिङ मुद्दा दायर

राजस्व अनुसन्धान विभागद्वारा ६८ अर्ब ९४ करोड...

वि.सं.२०८३ वैशाख १६ बुधवार २०:३३

काठमाडौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन तथा सम्पत्ति...

अध्यादेशको उद्देश्य स्पष्ट नभएसम्म विरोध स्वाभाविकः सभापति लामिछाने

अध्यादेशको उद्देश्य स्पष्ट नभएसम्म विरोध स्वाभाविकः सभापति...

वि.सं.२०८३ वैशाख १६ बुधवार २०:२७

  काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...