CG Electronics
IME Life
NIMB

हिमालयन लाइफको एमडीआरटी सम्मान कार्यक्रम सम्पन्न

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं।हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एमडीआरटी बन्न सफल अभिकर्ताहरुलाई सम्मान गरेको छ । हिमालयन लाइफले शनिवार पोखरामा आयोजित समारोहका बीच उक्त सम्मान प्रदान गरेको हो ।

 

विश्वका अभिकर्ताहरुको अन्तराष्ट्रिय संस्था मिलियन डलर राउन्ड टेबल–२०२३मा सहभागी हुन योग्य हुनुभएका आप्mना अभिकर्ताहरुलाई सम्मान गरेको हो ।

 

कम्पनीले मिलियन डलर राउन्ड टेबल–२०२३ मा सहभागी हुन योग्य भएका हिमालयन लाइफको एमडीआरटी अभिकर्ताहरुहरुलाई खादा, माला, प्रसंशा–पत्र सहित सो सम्मान गरेको हो ।

 

कम्पनीका उपप्रमुख कार्यकारी अधिकृत कपिल कुमार दहालले स्वागत मन्तब्य व्यक्त गरे । उपप्रमुख कार्यकारी अधिकृत दहालले मिलियन डलर राउन्ड टेबल जस्ता अन्तर्राष्ट्रिय संस्थाहरुमा कम्पनीका तर्फबाट अभिकर्ताहरुले सहभागीता जनाउन पाउँदा अन्तर्राष्ट्रिय जगतमा अनुभव साटासाट हुनुका साथै क्षमता विकास, काम गर्ने उत्प्रेरणा प्राप्त हुने जनाए ।

 

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले मिलियन डलर राउन्ड टेबल–२०२३ का लागि योग्य भई सहभागिता जनाउने अभिकर्ताहरुलाई आगामि दिनमा अझ सफलताको सिढि चढ्दै जान शुभकामना व्यक्त गरे, कम्पनीलाई उच्च स्थानमा पु¥याउन अहोरात्र खटिने सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद व्यक्त गर्दै समस्यासँग भाग्ने नभई समस्याको सामना गरी डटेर निरन्तर गरिने संघर्षले नै सफलताको शिखर हासिल गर्ने बताए ।

 

सो अवसरमा मिलियन डलर राउन्ड टेबल–२०२३ मा सहभागी बिमा अभिकर्ताहरुले एमडीआरटी कार्यक्रमको अनुभब सुनाउदै हिमालयन लाइफको अभिकर्ताहरुलाई उत्साह र सम्मानको खाँचो महसुस गरी आयोजना गरिएका यस प्रकारका कार्यक्रमले अभिकर्ताहरुमाझ जोस र जागरको उर्जा भरी कम्पनीलाई उचाइले शिखर चुम्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

 

कार्यक्रममा अभिकर्ताहरुले हिमालयन लाइफलाई अग्रणी र अब्बल बीमा कम्पनीका रुपमा निरन्तर देख्न चाहने हामी अभिकर्ताहरुले एकजुट भई काधमा काध मिलाई काम गर्नु पर्ने बनाए ।

 

एमडीआरटी सम्मान कार्यक्रममा कम्पनीको विभिन्न विभागका विभागीय प्रमुख, प्रदेश प्रमुख लगायतको सहभागीता रहेको थियो ।

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन गरी सबै पद खुला

इप्पानमा डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति, विधान संशोधन...

वि.सं.२०८३ जेठ ३१ आइतवार २२:०८

  काठमाण्डौ— स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४...

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच फिट ५ नेपालमा सार्वजनिक

‘मर्निङ फिटनेस क्लब पार्टी’ मार्फत हुवावे वाच...

वि.सं.२०८३ जेठ ३१ आइतवार २१:०५

काठमाडौं । हुवावेले नेपाली बजारमा आफ्नो नयाँ स्मार्टवाच हुवावे वाच...

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग बसाल्यो : अर्थमन्त्री डा. वाग्ले

युवाको विदेशिने बाध्यता अन्त्य गर्न बजेटले जग...

वि.सं.२०८३ जेठ ३१ आइतवार २०:५१

  काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले नेपाली युवाहरूले आफ्नो...

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको शुभारम्भ तथा ‘तिम्रो टिकट’ एप सार्वजनिक

बि एण्ड बि टेक ग्रुपद्वारा नयाँ उद्यमहरूको...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:३८

  काठमाडौं, असार ३०, २०८३ (१३ जुन २०२६) – बि...

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा न्यमि अवार्डबाट सम्मानित

सिद्धार्थ बैंक इन्फोसिस फिन्याकल इनोभेसन अवार्ड्स २०२६मा...

वि.सं.२०८३ जेठ ३१ आइतवार १६:२६

  काठमाडौं। सिद्धार्थ बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित क्ष्लायकथक ँष्लबअभि...

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन, आठौँ वार्षिक साधारण सभा सम्पन्न

एनआईसी एसिया लघुवित्तको अध्यक्षमा लक्ष्मण चालिसे चयन,...

वि.सं.२०८३ जेठ ३० शनिवार २२:३३

काठमाडौँ। एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...