CG Electronics
IME Life
Ncell NPL

सुरक्षित यौन सम्पर्क(सेक्स)ले स्वास्थ्यमा हुने फाईदाहरु

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

नेपाली समाजमा यौनलाई अझैपनि फरक दृष्ट्रिले हेर्ने तर असुरक्षित तरिकाले अपनाएको पाईन्छ । असुरक्षित यौनसम्पर्कबाट समाजमा बदनाम हुनुका साथै स्वास्थ्यमा  समेत ठुलो असर पर्न जान्छ । श्रीमान श्रीमतिमा मात्र सुरक्षित तरिकाले यौन सम्पर्क राख्नु नेपाली समाजमा राम्रो मानिन्छ । सुरक्षित यौनसम्पर्क बाट  स्वास्थ्यमा हुने फाईदा निम्न छन । 

मुड फ्रेस बनाउँछ

माया आदानप्रदानको क्षण र चरमोत्कर्षमा पुग्दा उत्पन्न हुने न्युरो केमिकलले खुसी हुने हर्मोन उत्पादन गर्छ । सेक्सको अवधि र त्यसपछि उत्पन्न हुने अक्सवाईटोकिन हर्मोनले मानिसलाई आफ्नो जोडिप्रति बढी इमान्दार बन्न, शान्त हुन र निन्द्रा लगाउन सहयोग गर्छ । एक आपसमा माया साटासाट गरेको २० मिनेटपछि अक्सवाईटोकिन हर्मन निस्कन्छ । पुरुषको तुलनमा यस्तो हर्मोन महिलामा चार गुणा बढी निस्कन्छ । त्यस्तै, सेक्सपछि सेरोटोनिन नामक अर्को हर्मोन पनि उत्पादन हुन्छ । यस हर्मनले मानिसलाई बढी खुसी र हँसिलो बनाउछ ।

मुटु स्वस्थ राख्छ

बेलफास्टको क्विन्स युनिभर्सिटीले गरेको एक अध्ययन अनुसार सातामा तीन पटक यौन सम्पर्क गर्नेलाई मुुटुसँग सम्बन्धी विभिन्न समस्याको सम्भावना न्यून हुन्छ । व्रिटिश हर्ट फाउन्डेसनका मेडिकल डाइरेक्टर पिटर वीइसवर्गका अनुसार ४० र ५० को दशकमा नियमित सेक्स गर्नेमा ह्दयघातको खतरा अत्यन्तै कम हुन्छ । ‘जहाँसम्म मुटुको सवाल छ, सेक्स अर्को प्रकारको व्यायाम पनि हो,’ गायज एन्ड सेन्ट थोमस हस्पिटल र सेक्सुअल डाइजफङसन एशोशियसनका अध्यक्ष डा. ग्राहम ज्याक्सन भन्छन्, ‘फिटनेसको सन्र्दभमा भन्ने हो भने एक पटक सेक्स गर्नु भनेको एक माईल टाढा हिड्नु जस्तै हो ।’ यति तपाई यति काम गर्न सक्नुहुन्छ भने सेक्स गर्दा कुनै खतरा देखिदैन,’ उनी थप्छन् । न्यू इन्ल्यान्ड इन्स्टिच्युटका बैज्ञानिकहरूले गरेको अध्ययनअनुसार मुटु मजवुत बनाउन यौनसम्पर्कको महत्पूर्ण भूमीका रहन्छ । तर यौनसम्पर्क स्वस्थ र सुरक्षित हुनुपर्छ ।
यौनसम्पर्क नराख्ने व्यक्तिमा मुटु रोगको संभावना, सातामा दुईपटक भन्दा बढी यौनसम्पर्क राख्नेमा भन्दा ५५ प्रतिशत बढी हुन्छ । ४० देखि ७० वर्षसम्मका १ हजार पुरूषमा १६ वर्षसम्म गरिएको अध्ययन पछि वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन् । यदि यौन आवश्यकता समयमै पूरा भएमा शारीरिक रूपमा समेत मानिस स्वस्थ रहने समेत अनुसन्धानले देखाएको छ । आफ्नो मायालुसँग विताएको क्षणले पुरूषलाई भावनात्मक रूपमा समेत फाइदा हुनाले चिन्ता, तनाव जस्ता मानसिक रोगबाट मुक्ती मिल्छ । यसको प्रत्यक्ष सम्बन्ध मुटुसँग रहन्छ ।

चिसो भगाउँछ

सेक्सले चिसोबिरुद्ध लड्ने रोग प्रतिरोधात्मक क्षमतामा बृद्धि गरिदिन्छ । सातामा एक÷दुई पटक नियमित सेक्स गर्दा इम्युनोग्लोबुलिन ए (आइजीए) प्राप्त हुन्छ । जसले चिसोबिरुद्ध लड्न रोग प्रतिरोधात्मक क्षमतालाई सहयोग गर्छ । सेक्सका क्रममा मुटुको चाल तीब्र हुँदा शरीरका अंग तथा कोषमा ताजा रगत आपूर्ति हुन्छ । त्यतिबेला शरीर पनि फूर्तिलो हुन्छ ।

आयु बढाउँछ

आयु र सेक्सका बारेमा गरिएका विभिन्न अध्ययनहरु मध्ये वेल्सका मानिसहरुमा गरिएको एउटा अध्ययन निकै महत्वपूर्ण सावित भएको छ । अध्ययन अनुसार महिनामा मुस्किलले एक पटक मात्र सेक्स गर्ने मानिस सातामा दुई पटक सेक्स गर्नेको तुलनामा छिट्टै मृत्यु हुने बढी सम्भावना हुन्छ । ‘यौन गतिविधिको पुरुषको स्वास्थ्यमा रक्षात्मक प्रभाव पर्छ,’ डा. ब्रिउर भन्छिन् ।
ताइवान विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले नियमित यौन सम्पर्क गर्नेहरुको आयु बढ्ने पत्ता लगाएका हुन् । तर, महिलाहरुमा भने यो तथ्य लागु नहुने बताइएको छ । डा। हुवाङ कुवाङले हप्तामा कम्तीमा पनि एकपटक सेक्स गर्ने मानिसहरु ८० वर्षभन्दा बढी बाँच्ने सम्भावना ५० प्रतिशतभन्दा बढी हुने तथ्य पत्ता लगाएका हुन् । अनुसन्धानकर्ताका अनुसार सेक्सले हृदयाघातबाट हुने मृत्युमा पनि कमी ल्याउछ भने मधुमेह हुने सम्भावना ४० प्रतिशतले र मुटुको रोग हुने सम्भावना ३० प्रतिशतले कमी ल्याउछ ।

उर्वरता बढाउछ

नियमित सेक्स गर्ने मानिसमा बाँझोपनको खतारा पनि कम हुन्छ । ‘नियमित वीर्य फालिरहँदा वीर्यको गतिमा तीब्रता आउछ जसका कारण वीर्य उर्वरताका लागि छिटो भन्दा छिटो अन्डासयसम्म पुग्छ,’ मिडल्यान्ड फर्टिलिटी सर्भिसका मेडिकल निर्देशक डा गिलियान लकउड भन्छिन् । ‘जब उर्वरताको कुरा आउछ, हरेक रात सेक्स गर्नु उपयुक्त हुन्छ,’ डा लकउड थप्छिन् । अनुसन्धानहरूले धेरै स्खलनले जीवनको उत्तरार्धमा प्रोस्टेट क्यान्सर हुने सम्भावना कम भएको देखाएको छ ।

दिमागको कोष बढाउँछ

३५ वर्ष पुगेपछि हरेक दिन हामीले ७ हजार दिमागका कोषहरु गुमाउन थाल्छौं । नियमित रुपमा यौन सम्पर्क गर्नेको दिमागको कोषमा वृद्धि हुने अमेरिकास्थित प्रिन्सटन युनिर्भसिटीका वैज्ञानिकहरु बताउँछन् । प्लस ओनमा सार्वजनिक गरिएको एक अध्ययन अनुसार सेक्सले स्मरण शक्ति रहने दिमागको कोषहरुमा तीब्र बृद्धि गरिदिन्छ ।
तनाब र निराशलले स्मरण शक्ति हुने दिमागको हिपोक्याम्पसको आकारलाई सानो बनाइदिन्छ । तर व्यायाम र सेक्सले यस्तो प्रभावको डटेर लड्छ । यसबाहेक सेक्सले दिमागको कोषलाई पतन हुनबाट बचाउँछ ।तसर्थ बुढेसकालसम्म पनि यौनका दृष्टिले सक्रीय वृद्धबृद्धा डिमेन्सिया रोगको शिकार हुनबाट बच्छन ।

मिठो निद्रा लाग्छ

सेक्स पछि पुरुषमा अक्सिटोसीन हाम्रोनको उत्पादन बढी हुन्छ । यो हम्रोनले आनन्द महशुस गराउँछ र प्रोलेक्टिन हम्रोनले निद्रा ल्याउँछ । खासमा सेक्स र निद्राको गहिरो सम्बन्ध हुन्छ । निद्राको समस्या भएका पुरुषलाई सेक्स निकै उपयोगी मानिन्छ । कतिपय अवस्थामा तनाव कम गर्न पनि सेक्स गरिन्छ । सेक्स पछि पुरुषमा मानसिक तनाव कम हुन्छ र निद्रा लाग्छ । सेक्समा क्यालोरी पनि बढी खर्च हुन्छ । कतिपय पुरुषहरु थकान महसुस गरेरपनि तुरुन्तै निदाउने गर्छन् ।

आत्मसम्मानमा वृद्धि

सेक्सले व्यक्तिको आत्मसम्मान बढाउन मद्दत गर्छ । युनिभर्सिटी अफ टेक्सासको अध्ययन अनुसार मानिसले सेक्स गर्ने दुई सय ३७ वटा कारणमध्ये आत्मसम्मान पनि एउटा कारण हो । सेक्स र चरमोत्कर्सले माया र सद्भावमा वृद्धि गराउँछ । यसको कारण भनेको सेक्सका बेला उत्पादन हुने ‘अक्सिटोसिन’ नामक हर्मोन हो, जसलाई ‘प्रेम हर्मोन’ पनि भनिन्छ ।

दुखाइ कम गर्न मद्दत

अक्सिटोसिनले शरीरमा इन्डोमोर्फिन नामक हर्मोन निकाल्न मद्दत गर्छ । इन्डोमोर्फिनलाई प्राकृतिक ‘पेन किलर’ पनि भनिन्छ । टाउको दुखाइ, हड्डी दुखाइ कम गर्न पनि यौन सम्पर्कले मद्दत गर्दछ ।

-एजेन्सी

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति च्याम्पियन

कलाकार–पत्रकार फुटसलमा फोनिज उपत्यका समन्वय विशेष समिति...

वि.सं.२०८२ फागुन ९ शनिवार २३:२८

काठमाडौं । कलाकार तथा पत्रकारबीच आपसी सद्भाव, सहकार्य र स्वास्थ्य...

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको उत्साहजनक उपस्थिति (तस्बिरहरू)

एनपीएल : आज तेस्रो खेलमा पनि दर्शकहरूको...

वि.सं.२०८२ मंसिर ३ बुधवार २३:०३

  काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणअन्तर्गत आज...

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली चलचित्र क्षेत्रमा प्रवेश

मिलन चाम्सको ‘सुम्निमा’ मार्फत सोल गुरुङको नेपाली...

वि.सं.२०८२ मंसिर ३ बुधवार २०:५४

  काठमाडौँ। निर्देशक मिलन चाम्सको निर्देशनमा निर्माण भइरहेको प्रेमकथानक चलचित्र...

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक बाबुको पीडा

‘परान’ ट्रेलरः सन्तानको सामीप्यताको खोजी गरिरहेका एक...

वि.सं.२०८२ कात्तिक १ शनिवार २१:३३

  काठमाडौँ । यहि कार्तिक १४ गते रिलिज हुने 'परान'...

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने

मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता...

वि.सं.२०८२ जेठ १४ बुधवार २३:१३

  काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल...

क्षति भएका सडक र पुल निर्माणमा २५ अर्ब रुपैयाँ लाग्ने अनुमान

क्षति भएका सडक र पुल निर्माणमा २५...

वि.सं.२०८१ असोज १७ बिहीवार १९:५६

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नागढुङ्गा–मुग्लिङ सडक...