Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

राजनीतिक कारणले नायिका करिश्मा मानन्धरको पारिवारीक खटपटी शुरु

Machhapuchchhre Bank Limited

३१ बैशाख, काठमाडौ- स्थानीय तहको पहिलो चरणको निर्वाचन भइरहदा राजनीतिक कारणले नायिका करिश्मा मानन्धरको पारिवारीक खटपटी शुरु भएको छ । बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालकी केन्द्रीय पार्षद् बनेकी नायिका मानन्धरले पति बिनोद मानन्धरले आफुमाथी ठुलो अन्याय गरेको भन्दै सार्वजनिक रुपमा नै आलोचना गरेकी छिन् । मानन्धर आफैले सामाजिक सञ्जाल फेसबुकमा नै पति बिनोदले आफुले सहनै नसक्ने खालको अन्याय गरेको आरोप लगाएकी हुन् ।

स्थानीय निर्वाचनको मतदान सुरु भैरहेका बेला मानन्धरले गोदावरीबाटै सामाजिक सञ्जालमा एक सन्देश पोष्ट गर्दै पति विनोद मानन्धरको आलोचना गरेकी छिन् । उनले विनोदले आफ्नो नैसर्गिक अधिकारमाथि समेत हस्तक्षेप गरेको दाबी गरेकी छिन् । उनले आफूलाई विनोदले राजधानीको नभएर सप्तरीको मतदाता बनाएको भन्दै आलोचना समेत गरेकी छिन् । उनले विनोदको यसरी आलोचना गरेकी छिन् ।

‘सायद यो लेख्न हुदैनथ्यो तर हद भयो सहने । हरेक कुरा त परिवार आफन्त र छोरीको लागि सहेँ । यसै पनि बिनोदजीको असाध्यै राम्रो मान्छे भन्ने इमेज छ । तर, आज मेरो मालिक बन्ने तानाशाहीको हदले गर्दा मेरो मनले सहन मानेन ।
बिनोद, तिमी एउटा परिवारमा बस्छौ र परिवारका हरेक सदस्यहरुको आफ्नो अधिकार र चाहाना हुन्छन् । तिम्रो एकल निर्णयले हुँदैन । सबै कुरामा तिमीनै मालिक बन् । तर, केही कुरा सहन सकिदैन तिमीले हाम्रा लागि गरेका कुरा हामीप्रतिको तिम्रो कृपा मान्नु पर्ने र ?

म काठमाडौंको नागरिकता भएको मान्छे । उहाँसँग विवाह गरेपछि सप्तरी राजबिराजबाट मेरो नागरिकता मानन्धरको नाममा परिवर्तन गरियो । म चुप लागे । सायद श्रीमान् को मा राख्नुपर्छ होला भनेर यत्रो वर्ष भयो उहाँले मेरो भोटिङ कार्ड बनाई दिनु भएन । हामी लाजिम्पाट बस्छौँ । आफ्नो र छोरी को बसाई–सराई गरेर उहाँले भोटिङ कार्ड लिनु भएछ ।

तर, उहाँले मेरो पनि लिनु पर्छ भनेर जरुरी सम्झिनु भएन । मैले उहाँलाई सोधेँ । तर, वास्ता गर्नु भएन । म आफै गएर ३ घन्टा लाईन बसेर रजिस्ट्रर गरे । बसाई–सराईको कागज पनि थिएन । त्यसैले सप्तरीको लिस्टमा पुगेछ । न म राजविराजको हो, न म त्यहाँ कहिले बसेको छु । कसरी गएर भोट दिने ? अरु सब कुरामा ऊ मेरो मालिक होला । तर, मेरो नैंसर्गिक अधिकारमा पनि स्वामित्व जमाउन खोजेको मलाई सह्य भएन ।’

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण, दैनिक १० लाखको कारोवार

भृकुटीमण्डपमा क्यान इन्फोटेक : एआई प्रविधिप्रति आकर्षण,...

वि.सं.२०८१ माघ २७ आइतवार १६:२५

  काठमाडौं । भृकुटीमण्डपमा बिहीबारदेखि सुरु भएको वृहत् सूचना सञ्चार...

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

अपि पावरको खुद नाफामा उल्लेख्य वृद्धि

वि.सं.२०८१ माघ २७ आइतवार १५:०३

  काठमाडौं। अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक...

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

जलवायु परिवर्तनको सामना गर्न वित्तिय स्रोत आवश्यक

वि.सं.२०८१ माघ २७ आइतवार १४:२३

काडमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनको...

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ : सभामुख घिमिरे

नेपालले आफैंले नगरेको अपराधको सजाय भोगिरहेको छ...

वि.सं.२०८१ माघ २७ आइतवार १४:१४

  काठमाडौं । सभामुख देवराज घिमिरेले नविकरणीय उर्जाको प्रवद्र्धन, वातावरणीय...

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन

मापदण्ड पुरा नगरेका निजी अस्पताल बन्द गर्न...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०६

  जनकपुर । जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड...

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ : मन्त्री गुरूङ

जनजातिहरुको इतिहासलाई व्यवस्थित गर्न भाषालाई मान्यता दिनुपर्छ...

वि.सं.२०८१ माघ २७ आइतवार १०:०३

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले आदिवासी...