CG Electronics
IME Life
NIMB

इङ्लिस प्रिमियर लिग शनिवार भएको खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

३१ बैशाख,  काठमाडौं-  इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएका खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

अंक तालिकाको चौथो स्थानमा पर्न संघर्षरत आर्सनलले स्टोक सिटीलाई ४-१ ले हरायो । आर्सनललाई विजयी गराउन ओलिभर जिरुले दुई गोल गर्दा मेसुत ओजिल र अलेक्सिस सान्चेजले एक–एक गोल गरे ।

शनिबार राति भएको अर्को खेलमा म्यानचेस्टर सिटीले लेष्टर सिटीलाई २-१ ले हरायो । रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ३६ खेलबाट ७२ अंक जोड्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ७० अंक जोडेको लिभरपुल चौथो स्थानमा छ भने पाँचौ स्थानको आर्सनलको ६९ अंक छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेडको ६५ अंक छ । यी चारवटा टोलीहरुमध्ये दुई टोली अर्को सिजनको च्याम्पियन्स लिग छनौटमा पुग्नेछन् । प्रिमियर लिगमा गएराति सन्डरल्याण्डलाई २-० ले हराउँदै स्वान्सी सिटीले रेलिगेसनबाट जोगिने सम्भावना बलियो पारेको छ ।

रातिको जितसँगै स्वान्सी सिटी तालिकाको १७ औं स्थानमा उक्लिएको छ । ३७ खेलबाट उसको ३८ अंक छ । एक खेल बढी खेलेको हल सिटीको ३४ अंक छ । मिडिल्सब्रो र सण्डरल्याण्ड भने प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरीसकेका छन् ।

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२८

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ विजेता

कार्ल्सबर्ग गल्फ क्लासिक २०२६ सम्पन्न, कर्बिर तामाङ...

वि.सं.२०८२ चैत २८ शनिवार २२:११

काठमाडौं । गोर्खा ब्रुअरी प्रा.लि. द्वारा आयोजित कार्ल्सबर्ग गल्फ क्लासिक...