Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

इङ्लिस प्रिमियर लिग शनिवार भएको खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी

३१ बैशाख,  काठमाडौं-  इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार राति भएका खेलमा आर्सनल र म्यानचेस्टर सिटी विजयी भएका छन् ।

अंक तालिकाको चौथो स्थानमा पर्न संघर्षरत आर्सनलले स्टोक सिटीलाई ४-१ ले हरायो । आर्सनललाई विजयी गराउन ओलिभर जिरुले दुई गोल गर्दा मेसुत ओजिल र अलेक्सिस सान्चेजले एक–एक गोल गरे ।

शनिबार राति भएको अर्को खेलमा म्यानचेस्टर सिटीले लेष्टर सिटीलाई २-१ ले हरायो । रातिका खेलपछि प्रिमियर लिगको अंक तालिकामा ३६ खेलबाट ७२ अंक जोड्दै म्यानचेस्टर सिटी तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ७० अंक जोडेको लिभरपुल चौथो स्थानमा छ भने पाँचौ स्थानको आर्सनलको ६९ अंक छ ।

एक खेल कम खेलेको म्यान्चेस्टर युनाईटेडको ६५ अंक छ । यी चारवटा टोलीहरुमध्ये दुई टोली अर्को सिजनको च्याम्पियन्स लिग छनौटमा पुग्नेछन् । प्रिमियर लिगमा गएराति सन्डरल्याण्डलाई २-० ले हराउँदै स्वान्सी सिटीले रेलिगेसनबाट जोगिने सम्भावना बलियो पारेको छ ।

रातिको जितसँगै स्वान्सी सिटी तालिकाको १७ औं स्थानमा उक्लिएको छ । ३७ खेलबाट उसको ३८ अंक छ । एक खेल बढी खेलेको हल सिटीको ३४ अंक छ । मिडिल्सब्रो र सण्डरल्याण्ड भने प्रिमियर डिभिजनबाट दोस्रो श्रेणीमा झरीसकेका छन् ।

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण शुक्रबादेखि सुरु

भरतपुर मेयर्स कप क्रिकेट लिगको दोस्रो संस्करण...

वि.सं.२०८१ पुस २१ आइतवार ०८:०५

  चितवन । दोस्रो संस्करणको भरतपुर मेयर्स कप अन्तरविद्यालय क्रिकेट...

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता सम्पन्न

वि.सं.२०८१ पुस १६ मंगलवार ०८:३१

  मकवानपुर । बकैया गाउँपालिका स्तरीय खुला कराते प्रतियोगिता २०८१...

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ : सचिव घिसिङ

खेलकुदले प्रश्न मात्र होइन, जवाफ पनि दिनुपर्छ...

वि.सं.२०८१ पुस १५ सोमवार २१:१३

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल...

भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

भलिबल फ्रेन्चाइज लिगको लोगो र स्लोगन सार्वजनिक

वि.सं.२०८१ पुस ९ मंगलवार १९:०५

काठमाडौं । पुरुष फ्रेन्चाइज नेपाल भलिबल लिग (एनभीएल) को लोगो...

जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक बिदा

जनकपुर बोल्ट्सले एनपीएल जितेकोमा गाउँपालिकामा आज सार्वजनिक...

वि.सं.२०८१ पुस ७ आइतवार ०९:२८

काठमाडौँ । पर्साको सखुवा प्रसौनी गाउँपालिकाले आज सार्वजनिक बिदा दिएको...

थम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी बुटबल तेक्वान्दो डोजाङ्गलाई

थम राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको उपाधी बुटबल...

वि.सं.२०८१ पुस ७ आइतवार ०८:५६

  भरतपुर । चितवनको भरतपुरमा सम्पन्न प्रथम राष्ट्रिय खुला तेक्वान्दो...