युकेमा छायाँकन गरिएकाे चलचित्र ‘ब्ल्याक समर’ अब प्रदर्शनका लागि तयार
Sunday May 14, 2017
वि.सं.२०७४ वैशाख ३१ आइतवार १५:२४
३१ बैशाख, लण्डन । एलबीएस फिल्म प्राेडक्सन युके नेपालकाे ब्यानरमा निर्मित युकेमा छायाँकन गरिएकाे चलचित्र ‘ब्ल्याक समर’ अब प्रदर्शनका लागि तयार भएकाे छ । आधुनिक प्रबिधि प्रयोग गरेर बनाइएको साे चलचित्रकाे लेखन / पटकथा / निर्देशन एल० बी० सुब्बाको रहेको छ । यस चलचित्रमा रीमा बिस्वकर्मा, रितेश चाम्स र अमिसा राईको मुख्य भूमिका रहेको छ भने सपना श्रेष्ठ, ज्यासाङ लिंदेन, दीपक गुरुङ ( पेटमेन ) लगायत मनिष श्रेष्ठ, सनमकुमार बैराग र यूट्युबमा चर्चा कमाएका युवाहरुको ढुकढुकी हास्य कलाकार अबिर लिम्बु ( भ्याक्सो ) को जोडदार अभिनय रहेको छ । राम कुमार केसी र प्रतिक दुदराज ले छायांकन गरेको यस चलचित्रमा सम्राट बस्नेतले द्वन्द्व निर्देशन गरेका छन् । जानु काम्बाङ लिंदेन, नरेश भट्टराई र अनिला राई तीन जनाको फरकफरक स्वादमा गीतकाे शब्द रचना रहेको छ भने स्वर अमृता लिम्बु, श्रेया सोताङ साथै संगीत तारा प्रकाश लिम्बु, उदेश श्रेष्ठको रहेको छ । यस चलचित्रका निर्माताहरुमा तारा दुमी राई, प्रतिमा दुदराज, सरस्वती ज्ञावली, टिया गुरुङ, बिजय लिंथेप आदि छन् । युवाहरुको जनजीवनमा आधारित याे चलचित्र त्रिकोणात्मक प्रेम कथा भएको संस्पेन्स र थ्रिलर रहेकाे निर्माताकाे भनाइ छ । चलचित्रलाई अर्जुन जिसीले संपादन गरेका छन् । एलबी सुब्बा द्वारा निर्देशित यो तेस्रो ठूलो पर्दाको चलचित्र हो । हङकङमा रहँदा कुलतमा फसेका युवाहरुको कथामा आधारित चलचित्र ” कहीं दिन कहीं रात ” र युकेमा “निर्दोष” जस्ता चलचित्र उनले बनाएका छन । चलचित्र ” ब्ल्याक समर २४ जुनमा रेडिङ युनिभर्सिटीकाे हलमा रेड कार्पेट प्रीमियर सो हुँदैछ त्यसपस्चात युकेका बाँक़ी ठाउहरुमा र नेपालमा प्रदर्शन हुने बताइएको छ ।



























