CG Electronics
IME Life
NIMB

गर्भधारण गर्नु भन्दा अगाडि ध्यान दिनुपर्नेकुराहरू

NIMB
Himalayan Bank
एजेन्सी । गर्भधारण एउटा प्राकृतिक नियम हो । यो आदिम युगदेखि अनन्तदेखि चल्दै आएको प्रक्रिया हो । गर्भधारणभन्दा अगाडि आमाको स्वास्थ्य अवस्था, उमेर र शारीरिक तन्दुरुस्ती हेर्नु धेरै दृष्टिबाट उचित हुन्छ । महिलाको उमेर १८ वर्षभन्दा कम छ भने सन्तान पाउनका लागि केही समय पर्खिनु नै राम्रो हुन्छ । गर्भधारण आकस्मिक घटनाका रुपमा नभई योजनाबद्ध हुनु राम्रो हुन्छ । यसो भएमात्र आगन्तुक शिशुले राम्रो स्वागत पाउँछ र शिशुको शारीरिक र मानसिक विकास पनि राम्रो हुन्छ । ३५ वर्ष उमेर नाघिसकेकी महिलाबाट जन्मने बच्चामा पनि विभिन्न विकृति आउने सम्भावना हुने भएकाले २० देखि ३० वर्ष भएका बेला बच्चा जन्माउनु राम्रा हुन्छ । ३५ वर्ष नाघेका महिलाले बच्चा नजन्माउनु नै बेश हुन्छ । आमाको उमेर ३५ वर्षभन्दा बढी भएका अवस्थामा आमा र बच्चा दुवैलाई समस्या पर्न सक्छ ।

जब दम्पत्तिलाई अर्को बच्चाको इच्छा बढ्छ तब पत्नीले तीन महिनादेखि नै परिवार नियोजनका साधन जस्तैः खाने चक्की, डिपोप्रोभेरा सुई, नरप्लान्ट वा पाठेघरमा प्रयोग भएका साधन प्रयोग गर्न छाड्नुपर्छ ।

महिनावारी नियमित नभएसम्म पुरुषले कण्डोम प्रयोग गर्ने र महिनावारी नियमित भए पछि कण्डोम प्रयोग गर्न छाड्दा गर्भ स्वस्थ रहन मद्दत पुग्छ । परिवार नियोजनका साधन प्रयोग गरिरहेका बेला गर्भ रहेमा बच्चा विकृत बन्न वा गर्भपात हुने सम्भावना हुन्छ । जन्मने बच्चा पनि अस्वस्थ र कमजोर हुन सक्छ ।

जसरी राम्रो बालीनाली होस् भनेर किसानले मल, जल र मौसम मिलाई खेतबारी खनजोत गरी उन्नत बीउ छर्दछ । त्यस्तै स्वस्थ र राम्रो बच्चा जन्माउन दम्पत्तिले पनि गर्भधारण गर्नु अगाडिदेखि नै पोसिलो खाना खानुपर्छ । पोषिलो खाना खाँदा पुरुषबाट निस्कने शुक्रकीट पुष्ट, शक्तिशाली, सक्रिय र स्वस्थ हुन्छ ।

त्यस्तै महिलाबाट निस्कने अण्डा पनि स्वस्थ हुन्छ । पाठेघरमा बच्चा बढ्ने राम्रो वातावरण बन्दछ । गर्भावस्थामा रगतको कमी हुँदैन । बच्चा पाउने व्यथा खप्ने क्षमता बढ्छ । र गर्भदेखि बालकको शारीरिक र मानसिक विकास पनि राम्रो हुन्छ ।

गर्भधारणको दुई तीन हप्ता अगाडिदेखि नै पति–पत्नी दुवैले कफी, चुरोट, बिडी, सुर्ती, खैनी रक्सी र अन्य लागुपदार्थ खानु हुँदैन । यस्ता पदार्थको अति सेवन गरेमा रोगी बच्चा जन्मने बढी सम्भावना हुन्छ । गर्भधारण भन्दा दुई हप्ता अगाडिदेखि नै महिलाले निन्द्रा लगाउने, पेट पोलेमा कम गर्ने, ज्वरो निको पार्ने औषधि खानु हुँदैन ।

यसले गर्भपतन गराउने बढी सम्भावना हुन्छ । गर्भ रहिरहेमा यस्ता औषधिले गर्भे बच्चामा शारीरिक र मानसिक विकास राम्रो हुन पाउँदैन । जन्मदा बच्चाको तौल कम हुन्छ । मुख हातखुट्टा र अंगभंग भएको हुन सक्छ । जीउको खानेकुरा शोसेर राख्न शक्ति घट्छ ।

गर्भधारणका वेलामा महिला पुरुष दुवैले राम्रो मनोभावना राख्ने, नडराउने, चिन्ता नलिने, झगडा नगर्ने, शरीर सफा राख्ने, कपडा सफा लगाउने गर्नुपर्दछ । महाभारतमा यौन सम्पर्क हुँदा डराएर फुस्रो रङ्ग भएकी आमाबाट जन्मेकोे पाण्डु फुस्रा, डराएर आँखा चिम्लेकी आमाबाट जन्मेका धृतराष्ट्र अन्धा, खुसी भएकी आमाबाट जन्मिएका विदुर नीतिवान, वुद्धिमान राम्रा भए भन्ने प्रसिद्ध कथा छ । यसबाट पनि गर्भधानमा शान्त मनस्थिति रहनु पर्छ भन्ने कुरा स्पष्ट हुन्छ ।

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी करेक्सन कोर्स’ सम्पन्न, मेडिसिटीद्वारा ८ जना बिरामीलाई निःशुल्क सेवा प्रदान

नेपालकै पहिलो ‘स्टेपेसटुवाक फुट एण्ड एङ्कल डिफर्मिटी...

वि.सं.२०८३ जेठ २५ सोमवार २१:५२

  काठमाडौँ । नेपाल मेडिसिटीको सहकार्य तथा अन्तर्राष्ट्रिय गैरनाफामूलक संस्था...

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको जोखिम रहन्छ : डा.संकल्प केसी

बर्खायाममा खानपानमा विशेष ध्यान नदिए गम्भीर रोगहरुको...

वि.सं.२०८३ जेठ २० बुधवार १५:४२

काठमाडौं । मनसुन सक्रिय भएसँगै देशका विभिन्न क्षेत्रमा पानीजन्य तथा...

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन, आइतबार ओपीडी समेत सञ्चालन गर्न सकिने

स्वास्थ्य सेवा निरन्तर सञ्चालन गर्न मन्त्रालयको निर्देशन,...

वि.सं.२०८२ चैत २७ शुक्रवार १९:३९

  काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक बिदाको अवधिमा...

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण रुपमा निको भएका छन् : डा.अन्जली पण्डित

नेपालमै क्यान्सरको उपचार गराएर धेरै बालबालिका पूर्ण...

वि.सं.२०८२ चैत १८ बुधवार ०८:२२

काठमाडौं । नेपालमा प्रत्येक वर्ष करिब १४ देखि १५ सय...

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर...

वि.सं.२०८२ पुस ६ आइतवार २३:२०

  काठमाडौँ, ६ पुस। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२/०९/०६ को अवसरमा...

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को मान्यता

ग्राण्डी अस्पताललाई नेपालमै पहिलोपटक ‘एडभान्स्ड स्ट्रोक सेन्टर’को...

वि.सं.२०८२ कात्तिक ५ बुधवार १४:३१

काठमाडौं । नेपालको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले मस्तिष्कघात (स्ट्रोक) उपचार सेवामा...