IME Life
NIMB

अन्तर्राष्ट्रिय आप्रवासन दिवसमा बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान सम्पन्न

NIMB
Himalayan Bank

 

काठमाडौँ, ६ पुस। अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०८२/०९/०६ को अवसरमा “श्रम आप्रवासनका चक्रमा सुशासनः सुरक्षित, मर्यादित र सिपयुक्त आप्रवासन” भन्ने मूल नाराका साथ बृहत निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मूल आयोजक रहेको उक्त कार्यक्रम नेपाल स्वास्थ्य व्यवसायी महासङ्घ, नेपाल मेडिकल व्यवसायी संघ र गाम्का नेपालको संयुक्त आयोजनामा नेपाल स्वास्थ्य व्यवसायी महासङ्घको कार्यालय, सिनामंगल, काठमाडौँमा सफलतापूर्वक सम्पन्न गरिएको हो।

कार्यक्रमको अध्यक्षता नेपाल स्वास्थ्य व्यवसायी महासङ्घका अध्यक्ष श्री कैलास खड्काले गर्नुभएको थियो। स्वागत मन्तव्य श्री महेश्वर श्रेष्ठले व्यक्त गर्नुभएको थियो भने कार्यक्रमको सञ्चालन श्री कृष्णप्रसाद बजगाईले गर्नुभएको थियो।

कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्कर प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। विशेष अतिथिहरूमा सहसचिव श्री पिताम्बर घिमिरे, वैदेशिक रोजगार विभागका महानिर्देशक श्री कमल भट्टराई, वैदेशिक रोजगार बोर्डका महानिर्देशक श्री गुरुदत्त उप्रेती तथा मलेसियन दूतावासका कार्यवाहक राजदूत मा. महमद फर्दोसलगायत मन्त्रालयका अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

व्यवसायिक संयुक्त समितिमार्फत सञ्चालन गरिएको उक्त कार्यक्रममा सह–संयोजकको भूमिका श्री धनबहादुर गिरिले निर्वाह गर्नुभएको थियो।

कार्यक्रममार्फत जम्मा २३४ जनाले स्वास्थ्य सेवा लिएका थिए। जसअन्तर्गत १५४ जनाले सामान्य स्वास्थ्य परीक्षण, २१ जनाले स्त्रीरोग परामर्श, ५३ जनाले भिडियो एक्स–रे सेवा, ३२ जनाले औषधि वितरण सेवा तथा ५७ जनाले रक्तदान गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि सचिव डा. कृष्णहरि पुष्करले वैदेशिक रोजगारलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो। साथै उहाँले अन्तर्राष्ट्रिय आप्रवासन दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रमको समापन गर्दै अध्यक्ष श्री कैलास खड्काले व्यवसायिक क्षेत्रप्रति देखिएका चुनौती र विवाद समाधानका लागि कानुनी राज्यमा विश्वास राख्नुपर्ने उल्लेख गर्नुभयो। उहाँले कार्यक्रममा उपस्थित सबै सरोकारवाला, व्यवसायी, सेवा लिन आएका नागरिक तथा सञ्चारकर्मीहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो।

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...