CG Electronics
IME Life
NIMB

अनलाइन टेलिभिजनलाई लोककल्याणकारी विज्ञापनको बाटो खुल्दै

NIMB
Himalayan Bank

काठमाडौँ, ६ पुस। सरकारले नयाँ मूलधारको मिडियाका रूपमा रहेका अनलाइन टेलिभिजनहरूको दर्ता तथा सूचीकरण गर्ने प्रक्रिया तत्काल सुरु गर्ने भएको छ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले अनलाइन टेलिभिजन तथा अनलाइन पत्रकारिताको पेशागत सुरक्षा र संस्थागत विकासका लागि दर्ता र सूचीकरण आवश्यक रहेको बताउनुभयो। आइतबार मन्त्रालयमा अनलाइन टेलिभिजन पत्रकारहरूसँग भएको छलफलमा मन्त्री खरेलले अनलाइन टेलिभिजन र त्यहाँ कार्यरत पत्रकारलाई मूलधारका सञ्चारमाध्यमसरह राज्यबाट उपलब्ध हुने सुविधा प्रदान गर्न सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो।

मन्त्री खरेलले नेपालमा सञ्चालनमा रहेका अनलाइन टेलिभिजन र अनलाइन सञ्चारमाध्यम तथा त्यहाँ कार्यरत सञ्चारकर्मीको यकिन तथ्याङ्क सरकारसँग नरहेकाले लोककल्याणकारी विज्ञापनलगायत राज्यका सुविधाबाट अनलाइन मिडिया बञ्चित हुनुपरेको उल्लेख गर्नुभयो। उक्त समस्या समाधानका लागि सरकारले दर्ता र सूचीकरणको काम तत्काल सुरु गर्ने उहाँको भनाइ थियो।

छलफलमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले काठमाडौँ उपत्यकाबाहिरबाट सञ्चालन हुने सञ्चारमाध्यमहरूको दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाउन जिल्ला स्थित हुलाक कार्यालयमार्फत सेवा प्रदान गर्न मिल्ने गरी कानुनी सुधारको काम अगाडि बढाइएको जानकारी दिनुभयो।

त्यसैगरी मन्त्रालयका सहसचिव एवं प्रवक्ता उदयबहादुर रानाले डिजिटल मिडिया (युट्युब) को संस्थागत व्यवस्थापन, सहजीकरण, नियमन तथा भावी दिशाबारे प्रस्तुति दिनुभएको थियो।

कार्यक्रममा सहभागी अनलाइन टेलिभिजनका सञ्चालक, व्यवस्थापक तथा पत्रकारहरूले अनलाइन टेलिभिजनको दर्ता र सञ्चालनसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नहुँदा लोककल्याणकारी विज्ञापनबाट वञ्चित हुनुपरेको, दर्ता तथा नवीकरण प्रक्रिया झन्झटिलो रहेको तथा समाचार सङ्कलनका क्रममा राज्यका निकायबाट अवरोध र असहयोग हुने गरेको गुनासो गरेका थिए।

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा चार अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपाल एसबिआई बैंक इण्डियन च्याम्बर अफ कमर्शद्वारा...

वि.सं.२०८३ साउन ११ सोमवार १६:३७

  काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड इण्डियन च्याम्बर अफ...

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा लगानी सहकार्य विस्तार गर्ने बारे छलफल

नेपाल चेम्बर र स्पेनिश चेम्बरबीच व्यापार तथा...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:०३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र स्पेनिश चेम्बर...

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई आर्थिक सहयोग गर्ने घोषणा

इनड्राइभको ‘क्रिएटर्स भेटघाट’: ६ उत्कृष्ट कन्टेन्ट आइडियालाई...

वि.सं.२०८३ साउन ११ सोमवार ०८:००

  काठमाडौं, नेपाल । विश्वव्यापी मोबिलिटी तथा डेलिभरी प्लेटफर्म इनड्राइभले...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५ अर्ब ४२ करोड बीमा शुल्क संकलन, रु. ४ अर्ब ९६ करोड दाबी भुक्तानी

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको एक वर्षमा रु. ५...

वि.सं.२०८३ साउन ११ सोमवार ०७:५४

  काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३...

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी दिवसमा ३५ हजार आदिवासीको ऐतिहासिक जमघट, ५० भन्दा बढी जातिका संस्कृति, परिकार र पहिचान एकै थलोमा

‘खुलामञ्चबाट विश्वलाई सन्देश’ : ३२औँ विश्व आदिवासी...

वि.सं.२०८३ साउन १० आइतवार २२:३७

  काठमाडौं, साउन १० – नेपाल आदिवासी जनजाति महासंघ (नेफिन)...

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक

इन्डियन चेम्बर अफ कमर्सको ‘राइजिङ स्टार–ग्रोथ’ अवार्डबाट...

वि.सं.२०८३ साउन १० आइतवार २२:२६

  काठमाडौं । महालक्ष्मी विकास बैंकले अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित सम्मान...