IME Life
NIMB

मेयर र उपमेयरलाई काठमाडौं महानगरले भाडाको घरमा स्वागत गर्ने

NIMB
Himalayan Bank

 

३ जेठ, काठमाडौँ- समृद्ध राजधानीको सपना बोकेर आउन लागेका मेयर र उपमेयरलाई काठमाडौं महानगरले भाडाको घरमा स्वागत गर्ने भएको छ । पुरानो भवन भूकम्पले क्षतिग्रस्त भएपछि महानगरपालिकाको कार्यालय सुन्धारास्थित जेडिए (जगदम्बा) कम्प्लेक्सको पाँचौँ र छैटौँ तलामा सञ्चालन हुँदै आएको छ । कार्यकारी अधिकृत ईश्वरराज पौडेल बस्दै आएको कोठा मेयरका लागि खाली हुने भएको छ । प्रवक्ता ज्ञानेन्द्र कार्की बस्दै आएको कोठामा उपमेयर बस्नेछन् । मेयर र उपमेयरका लागि तयारी गरिएका दुवै कोठा छैटौँ तलामा छन्, तर लिफ्ट कहिले चल्छ, कहिले चल्दैन । सर्वसाधारण जनताले मेयर र उपमेयरलाई भेट्नुपरेमा सकस नै हुनेछ ।

महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले नवनिर्वाचित मेयर र उपमेयरका लागि भाडाकै कोठा तयार गरिएको बताए । ‘महानगरको आफ्नै भवन छैन । कामचलाउ रूपमा कर्मचारी बस्दै आएको अहिलेको कार्यालयलाई नै व्यवस्थापन गर्ने हो,’ उनले भने ।
महानगरपालिकाले मेयर र उपमेयरको कार्यालय रहने गरी नयाँ भवन बनाउने योजना बनाएको छ । महानगरपालिकाको पुरानो कार्यालय रहेको स्थानमै नयाँ भवन बन्दै छ । ‘अहिलको स्थान मेयर र उपमेयरका लागि पर्याप्त हुँदैन । उहाँहरूका लागि नयाँ भवन नै चाहिन्छ । बागदरबारमै नयाँ भवन बनाउन महानगरपालिकाले तयारी गरिरहेको छ,’ प्रवक्ता कार्कीले भने ।
कार्यकारी अधिकृत र प्रवक्ताले कोठा मात्र होइन, गाडी पनि मेयर र उपमेयरका लागि छाड्ने भएका छन् । कार्यकारी अधिकृतले ८० लाख रुपैयाँ पर्ने निसान गाडी चढिरहेका छन् । प्रवक्ताले ४६ लाख पर्ने टोयटाको सफारी गाडी चढिरहेका छन् ।

तर, मेयर र उपमेयरका लागि नयाँ गाडी खरिद गर्ने प्रक्रिया पनि अघि बढिसकेको छ । यसका लागि टेन्डर प्रक्रियासमेत अघि बढिसकेको छ । मेयरका लागि टोयटाको एक करोड पर्ने सुविधासम्पन्न गाडी खरिद गर्ने तयारी छ । उपमेयरका लागि भने ६० लाख रुपैयाँको गाडी खरिद हुँदै छ ।

प्रवक्ता कार्कीले भने, ‘मेयर र उपमेयरका लागि गाडी किन्ने प्रक्रिया अघि बढिसकेको छ । केही महिनाभित्रै उहाँहरूका लागि नयाँ गाडी आइसक्नेछ ।’

काठमाडौं महानगरपालिकाले मेयर र उपमेयरको सुरक्षामा नगर प्रहरी खटाउने भएको छ । मेयरका लागि नगर प्रहरीका सइको नेतृत्वमा ८ देखि १० कर्मचारी खटाउने तयारी छ । त्यस्तै उपमेयरका लागि पनि असइको नेतृत्वमा ६ देखि ८ जना कर्मचारी खटाउने तयारी छ ।
ललितपुर महानगरमा रङरोगनसहितको तयारी

ललितपुर महानगरपालिकामा पनि निर्वाचित हुने प्रमुख र उपप्रमुखलाई स्वागत गर्न तयारी गरिएको छ । महानगर भवनको चौथो तलामा प्रमुख र उपप्रमुखका लागि कोठा छुट्याइएको छ । ती कोठाको रङरोगन सकिएको छ ।

भित्री रङरोगन, सरसफाइ तथा फर्निसिङका लागि १५ दिनदेखि काम भइरहेको छ । कार्यकारी अधिकृत हरिप्रसाद दाहालका अनुसार भवनको पूरै रङरोगन गर्ने तयारी पनि छ ।

प्रमुख र उप्रमुखका लागि तीन–तीन कोठा तयार गरिएको छ । एउटा कोठा सचिवालय, अर्को कार्यकक्ष र तेस्रो गोप्य छलफलका लागि छुट्याइएको छ । चौथो तलामा प्रमुख र उपप्रमुखका लागि छुट्टाछुट्टै कार्यकक्ष तयार गरिएको छ । इच्छाअनुसार कार्यकक्षमा बस्ने व्यवस्था गरिने भएको छ । ‘अहिले प्रमुख र उप्रमुखका लागि सचिवालय कस्तो हुने, सुरक्षा व्यवस्था कस्तो हुने कानुनी रूपमा स्पष्ट छैन,’ दाहालले भने, ‘निर्वाचित भएपछि कानुन बनेअनुसार सचिवालयसहित सुरक्षा प्रबन्ध मिलाउनेछौँ ।’

सरकारले एक स्थानीय तहलाई तत्काल एक करोड रूपैयाँसम्म खर्च गर्न सक्ने अख्तियारी दिएको छ । सोहीअनुसार ललितपुर महानगरले ५२ लाख रुपैयाँ लिइसकेको छ भने ४८ लाख रुपैयाँका लागि अर्थ मन्त्रालयमा प्रस्ताव पेस गरेको छ ।

अहिले प्राप्त भएको बजेटबाट प्रमुख र उपप्रमुखका लागि कार्यकक्ष तयार हुन थालेको हो । गाडी भने पुरानै दिने तयारी छ । महानगरमा बैठक बस्न छुट्टै हलको व्यवस्था गरिएको छ । पुरानो बैठक कक्षमा अरू कोठा भत्काएर ठूलो बैठक कक्ष बनाइएको छ । आ–आफ्नो वडा केन्द्रमा वडाध्यक्षका लागि पनि छुट्टै कार्यकक्ष तयार गरिने भएको छ । अधिकांश वडाध्यक्षको आफ्नै भवन नभएकाले थप खर्चिलो बन्ने देखिएको छ ।

भरतपुरमा यस्तो छ तयारी

चितवनको भरतपुर महानगरपालिकाले नवनिर्वाचित मेयर र उपमेयरका लागि साबिककै कोठा दिने तयारी गरेको छ । मेयर र उपमेयरको कोठा रङरोगन गर्ने काम सकिसकेको छ । ‘पुरानै भवन छ, त्यसैलाई मर्मतसम्भार गरियो । रङरोगनको काम सकिएको छ । टेबुल–कुर्सी फेर्न काम हुँदै छ,’ कार्यकारी अधिकृत प्रेमराज जोशीले भने ।

महानगरपालिकाले मेयरलाई टोयटाको प्राडो र उपमेयरका लागि टाटाको गाडी पनि तयारी अवस्थामा राखेको छ । मेयरका लागि अधिकृतको नेतृत्वमा ८ र उपमेयरका लागि पनि अधिकृतकै नेतृत्वमा ६ कर्मचारी खटाइनेछ । त्यस्तै सुरक्षा गार्ड नगर प्रहरी खटाइनेछ ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...