CG Electronics
IME Life
NIMB

नेपाली राष्ट्रिय फुटबल टिमले एसियन कप २०१९ छनोटको तयारीमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

४ जेठ, काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमले एसियन कप २०१९ छनोटको तयारीमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । यी दुई छिमेकी टिम जेठ २३ मा मुम्बईमा भिड्दै छन् ।
अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) को प्रस्तावअनुसार चिरपरिचित प्रतिद्वन्द्वीसँग प्रतिस्पर्धा गर्न लागेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । दुवै टिम एसियन कप छनोटको दोस्रो खेलको तयारीमा छन् । त्यसका निम्ति मुम्बईको प्रतिस्पर्धाले दुवैलाई फाइदा हुने अपेक्षा गरिएको छ ।
नेपालले एसियन कप छनोटको दोस्रो खेल ३० जेठमा यमनसँग हल्चोकमा खेल्नेछ । त्यही दिन भारतले बेङलोरमा किर्गिस्तानको सामना गर्नेछ । महादेशीय फुटबलको सर्वोच्च प्रतियोगिता छनोटको पहिलो खेलमा नेपाल मनिलामा फिलिपिन्ससँग ४–१ ले हारेको थियो भने भारतले म्यानमारमाथि १–० को ‘अवे’ जित हात पारेको थियो ।
सोलिडारिटी कप च्याम्पियन नेपाल र साफको सर्वाधिक सफल टिम भारत करिब दुई वर्षपछि भिड्न लागेका हुन् । यी दुई पछिल्लोपल्ट साफ च्याम्पियनसिपमा खेलेका थिए । २७ डिसेम्बर, २०१५ मा त्रिवेन्द्रममा भएको खेलमा भारतले नेपाललाई ४–१ ले हराएको थियो । त्यसयता नेपालको राष्ट्रिय टिमले बंगबन्धु गोल्डकप र सोलिडारिटी कपको उपाधि जित्यो । राष्ट्रिय टिमका खेलाडीको वर्चस्व रहेको यू–२३ ले फाइनलमा भारतलाई हराएर गत वर्ष १२ औं दक्षिण एसियाली खेलकुदको स्वर्ण पदक पनि हात पारेको थियो ।
जापानी प्रशिक्षक ग्योतोकु कोजीले सम्हालेको नेपाली टिमले यमनसँगको खेलको तयारी दुई साताअघि नै सुरु गरिसकेको छ । उनले प्रारम्भिक चरणमा ३२ खेलाडी बोलाएका छन् । घुँडाको शल्यक्रिया गरिएका डिफेन्डर रविन श्रेष्ठले खेल गुमाउने बताइएको छ । विदेशमा लिग खेलिरहेका गोलकिपर किरण चेम्जोङ (टीसी स्पोर्ट्स/माल्दिभ्स) र मिडफिल्डर रोहित चन्द (पर्सिजा जाकार्ता/इन्डोनेसिया) बाहेक सबै खेलाडी प्रशिक्षणमा सहभागी भइरहेको एन्फाले जनाएको छ ।
‘प्रतियोगिताअघि मैत्रीपूर्ण खेल राम्रो हो,’ राष्ट्रिय टिमका प्रशिक्षक राजुकाजी शाक्यले भने, ‘भारतसँगको खेलले हाम्रो टिमको कमजोरी र बलियो पक्ष के भन्ने छुटयाउन सजिलो पार्नेछ । कमजोरीलाई यमनसँगको खेलमा सुधार गर्न सहयोग पुग्नेछ ।’ नेपालका पूर्व प्रशिक्षक स्टेफेन कन्स्टेन्टाइनले सम्हालेको भारत फिफा वरीयतामा १ सयौं स्थानमा छ, जुन उसको अहिलेसम्मकै उच्च वरीयता हो । पछिल्लो महिना तीन स्थान गुमाएको नेपाल १ सय ७३ औं स्थानमा छ । कान्तिपुर दैनिकमा खबर छ ।

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग प्रतिस्पर्धा गर्दै

साफ महिला च्याम्पियनसिप आजदेखि सुरु, नेपालले भुटानसँग...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:३१

  काठमाडौं । साफ महिला च्याम्पियनसिप फुटबल आजदेखि भारतको गोवामा...

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल तालिका सार्वजनिक, विजेताले २२ हजार रिंगेट पाउने

लेसियामा ‘दोस्रो आरटी गोल्ड कप २०२६’को खेल...

वि.सं.२०८३ जेठ ११ सोमवार १४:२४

  काठमाडौं । मलेसियाको शाह आलमस्थित प्रसिद्ध पानासोनिक स्टेडियममा ‘दोस्रो...

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड एम्बास्डर नियुक्त

महिला फुटबलका तीन खेलाडी एसटीसी ग्रुपको ब्रान्ड...

वि.सं.२०८३ जेठ ६ बुधवार २२:५२

  काठमाडौं । नेपालको अटोमोटिभ तथा ऊर्जा क्षेत्रमा सक्रिय एसटीसीअन्तर्गतका...

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना हुँदै, ट्रफी अनावरण

काठमाडौंमा काभा महिला भलिबल च्याम्पियनसिप लिग–२०८३ आयोजना...

वि.सं.२०८३ वैशाख २७ आइतवार १९:२८

काठमाडौं । नेपाल भलिबल संघले आगामी काभा महिला भलिबल च्याम्पियनसिप...

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

आइपीएल : गुजरातद्वारा राजस्थान पराजित

वि.सं.२०८३ वैशाख २७ आइतवार ०८:५८

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा गुजरात टाइटन्सले जित हात...