Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

काठमाडौँको समग्र मतपरिणाम यस्तो छ

Machhapuchchhre Bank Limited

७ जेठ, काठमाडौँ – मत परिणाम आउन बाँकी काठमाडौं जिल्लाका तीन नगरपालिकामध्ये २ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् भने एक नगरमा एमाले उम्मेदवार फराकिलो मतले अगाडि छन्। मत परिणाम आउन बाँकी रहेकामध्ये चन्द्रागिरि र कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेस उम्मेदवार अगाडि छन्। चन्द्रागिरि नगरपालिका मुख्य निर्वाचन अधिकृत गणेश नायकका अनुसार अन्तिम मत परिणाम शनिबार साँझसम्म आउनेछ। ‘अब १६ सय मत गन्न बाँकी छ अहिलेसम्म मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार अगाडि छन्’ नायकले भने।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाको सात वडाको मत गणना सकिँदा कांग्रेस उम्मेदवार उपेन्द्र कार्कीले ६५६२ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्णहरि थापाले ५७८७ मत पाएको मुख्य निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार कागेश्वरी मनहोराका २ वडा गन्न बाँकी छ। सो नगरपालिकाको उपमेयरमा पनि कांग्रेसका उपमेयर मा कांग्रेस उम्मेदवार अनिता अधिकारीले ६२८४ मत पाएकी छन् भेन एमालेकी बिन्दु सिंखडाले ६१७१ मत पाएकी छन्।

बुढानिलकण्ठ नगरपालिकामा एमाले उम्मेदवारहरु कांग्रेस उम्मेदवारभन्दा झन्डै तीन हजार मतले अगाडि छन्। मुख्य निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालका अनुसार पछिल्लो मत परिणाममा एमालेका मेयर पदका प्रत्यासी उद्धव खरेलले ७९८७ मत पाएका छन् भने कांग्रेसका राजु श्रेष्ठले ५१७८ मत ल्याएका छन्। त्यस्तै उपमेयरमा एमालेकी रमा राईले ८४०६ मत ल्याउँदा कांग्रेसकी शुभद्रा खड्काले ५४२९ मत पाएकी छन्। बुढानिलकण्ठ नगरपालिकाको १३ देखि ८ वडा सम्मको मत गणना सकिएको र भोलि साँझसम्म अन्तिम मत परिणाम आउने निर्वाचन अधिकृत नेपालले जानकारी दिए।

काठमाडौंका १० मध्ये ७ नगरपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ। तीमध्ये कीर्तिपुर, टोखा, तारकेश्वर र शंखरापुरमा एमालेले जितेको छ भने दक्षिणकाली, गोकर्णेश्वर र नागार्जुन नगरमा कांग्रेसले जित हात पारेको छ।

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट : इप्पान

नीति र कार्यान्वयनबीच असमन्वयले ऊर्जा क्षेत्रमा संकट...

वि.सं.२०८२ वैशाख १० बुधवार २२:४३

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)ले ऊर्जा क्षेत्रमा...

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउ गर्ने

वि.सं.२०८२ वैशाख १० बुधवार २१:०९

  काठमाडौं । नेपाल चिकित्सक संघले देशभरका सम्पूर्ण चिकित्सकहरूलाई बैशाख...

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत दिने सरकारको निर्णय

रजक र महर्जनका परिवारलाई १०–१० लाख राहत...

वि.सं.२०८२ वैशाख १० बुधवार १९:५१

काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको राजावादीको...

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

रघुजी पन्त शिक्षामन्त्री नियुक्त

वि.सं.२०८२ वैशाख १० बुधवार १८:३१

  काठमाडौं, १० बैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमा रघुजी...

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ : अर्थमन्त्री

शिक्षकहरुको समस्या सरकारले वार्ता मार्फत नै टुङग्याउछ...

वि.सं.२०८२ वैशाख १० बुधवार १७:२६

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले आन्दोलनरत शिक्षकहरुको समस्या सरकारले...

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक सभापति खड्का

सरकारले तलमाथि भएको कार्यशैली बदल्नुपर्छ : कार्यवाहक...

वि.सं.२०८२ वैशाख १० बुधवार १५:३९

काठमाडौं । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सरकारले आफ्नो...