IME Life
NIMB

काठमाडौँको समग्र मतपरिणाम यस्तो छ

NIMB
Himalayan Bank

७ जेठ, काठमाडौँ – मत परिणाम आउन बाँकी काठमाडौं जिल्लाका तीन नगरपालिकामध्ये २ मा नेपाली कांग्रेसका उम्मेदवार अगाडि छन् भने एक नगरमा एमाले उम्मेदवार फराकिलो मतले अगाडि छन्। मत परिणाम आउन बाँकी रहेकामध्ये चन्द्रागिरि र कागेश्वरी मनोहरा नगरपालिकामा कांग्रेस उम्मेदवार अगाडि छन्। चन्द्रागिरि नगरपालिका मुख्य निर्वाचन अधिकृत गणेश नायकका अनुसार अन्तिम मत परिणाम शनिबार साँझसम्म आउनेछ। ‘अब १६ सय मत गन्न बाँकी छ अहिलेसम्म मेयरमा कांग्रेस र उपमेयरमा एमालेका उम्मेदवार अगाडि छन्’ नायकले भने।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकाको सात वडाको मत गणना सकिँदा कांग्रेस उम्मेदवार उपेन्द्र कार्कीले ६५६२ मत पाएका छन् भने एमाले उम्मेदवार कृष्णहरि थापाले ५७८७ मत पाएको मुख्य निर्वाचन अधिकृत प्रकाश कोइरालाले जानकारी दिए। कोइरालाका अनुसार कागेश्वरी मनहोराका २ वडा गन्न बाँकी छ। सो नगरपालिकाको उपमेयरमा पनि कांग्रेसका उपमेयर मा कांग्रेस उम्मेदवार अनिता अधिकारीले ६२८४ मत पाएकी छन् भेन एमालेकी बिन्दु सिंखडाले ६१७१ मत पाएकी छन्।

बुढानिलकण्ठ नगरपालिकामा एमाले उम्मेदवारहरु कांग्रेस उम्मेदवारभन्दा झन्डै तीन हजार मतले अगाडि छन्। मुख्य निर्वाचन अधिकृत सुरेशप्रसाद नेपालका अनुसार पछिल्लो मत परिणाममा एमालेका मेयर पदका प्रत्यासी उद्धव खरेलले ७९८७ मत पाएका छन् भने कांग्रेसका राजु श्रेष्ठले ५१७८ मत ल्याएका छन्। त्यस्तै उपमेयरमा एमालेकी रमा राईले ८४०६ मत ल्याउँदा कांग्रेसकी शुभद्रा खड्काले ५४२९ मत पाएकी छन्। बुढानिलकण्ठ नगरपालिकाको १३ देखि ८ वडा सम्मको मत गणना सकिएको र भोलि साँझसम्म अन्तिम मत परिणाम आउने निर्वाचन अधिकृत नेपालले जानकारी दिए।

काठमाडौंका १० मध्ये ७ नगरपालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ। तीमध्ये कीर्तिपुर, टोखा, तारकेश्वर र शंखरापुरमा एमालेले जितेको छ भने दक्षिणकाली, गोकर्णेश्वर र नागार्जुन नगरमा कांग्रेसले जित हात पारेको छ।

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म : निम्सदाईको अधुरो यात्रा

विशेष फौजका सैनिकदेखि विश्व पर्वतारोहणका किंवदन्तीसम्म :...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३०

  काठमाडौं । एक समय बेलायती विशेष फौजका साहसी सैनिक,...

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...