रत्ननगर नगरपालिकाको मेयरमा नेकपा एमालेका नारायण वन विजयी
Sunday May 21, 2017
वि.सं.२०७४ जेठ ७ आइतवार ०८:३५
७ जेठ, चितवन- चितवनको रत्ननगर नगरपालिकाको मेयरमा नेकपा एमालेका नारायण वन विजयी भएका छन् । उनी १४ हजार ६ सय ८० मतका साथ विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रुपनराज घिमिरेले १३ हजार २ सउ ५७ मत ल्याएका छन् ।
रत्ननगर नगरपालिकाको उपमेयरमा एमालेकै बिमला दुवाडी १४ हजार ४ सय ८१ मतसहित विजयी भए । उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी निता ढकालले १२ हजार ६ सय ९३ मत ल्याएकी छन् । यो नगरपालिकाका १६ वडा वडामध्ये १० वटा वटा वडामा एमाले र ६ वटामा कांग्रेसका अध्यक्ष विजयी भएका छन् ।