CG Electronics
IME Life
NIMB

बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिशबारे अन्तरक्रिया सम्पन्न

NIMB
Himalayan Bank

काठमाडौं, असार ५ – नेपाल बीमा प्राधिकरणको आयोजनामा कुपण्डोलस्थित केन्द्रीय कार्यालयमा बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

बीमा व्यवसायको विस्तारसँगै पुनर्बीमा, अन्तर्राष्ट्रिय बीमा कारोबार तथा विदेशी मुद्रामा हुने भुक्तानी प्रक्रियालाई थप व्यवस्थित, प्रभावकारी र सहज बनाउने उद्देश्यले नेपाल बीमा प्राधिकरण र नेपाल राष्ट्र बैंकबीच उक्त कार्यक्रम आयोजना गरिएको हो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमा व्यवसायसँग सम्बन्धित विदेशी मुद्रा सटहीमा देखिएका प्राविधिक समस्याहरू समाधान गर्न नेपाल राष्ट्र बैंकसँग घनिष्ठ छलफल गरी निष्कर्षका आधारमा द्विपक्षीय सहयोगलाई थप सुदृढ बनाइने बताउनुभयो। उहाँले बीमा नियमावलीले केही समस्याको समाधानका लागि मार्ग प्रशस्त गरिसकेको र बाँकी विषय निर्देशिकामार्फत सम्बोधन गरिने जानकारी दिनुभयो।

नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्था विभागका कार्यकारी निर्देशक डा. डिल्लिराम पोख्रेलले बीमा क्षेत्रसँग सम्बन्धित विदेशी मुद्रा कारोबारलाई सहज, पारदर्शी, सुरक्षित तथा अन्तर्राष्ट्रिय रूपमा स्वीकार्य बनाउने दिशामा नेपाल बीमा प्राधिकरणसँग सहकार्य र समन्वय बढाइने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले तत्काल सम्बोधन गर्नुपर्ने समस्याबारे प्राधिकरणबाट सुझाव लिएर अगाडि बढ्ने र नीतिगत सामञ्जस्यता कायम गर्न सहकार्य जारी रहने बताउनुभयो।

नेपाल बीमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले विदेशी मुद्रा सटही सम्बन्धी व्यवहारिक समस्याहरूको पहिचान तथा समाधान खोज्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। नेपाल राष्ट्र बैंकका निर्देशक बुद्धराज शर्माले बीमा व्यवसायको विस्तारसँगै बढ्ने जोखिम न्यूनीकरणमा दुवै निकायबीचको सहकार्य महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।

कार्यक्रममा नेपाल बीमा प्राधिकरणका उपनिर्देशक राम कोजूले बीमक तथा पुनर्बीमकका लागि विदेशी मुद्रा सटही सिफारिश सम्बन्धी विद्यमान व्यवस्थाबारे प्रस्तुति दिनुभएको थियो भने नेपाल राष्ट्र बैंकका उपनिर्देशक यज्ञ श्रेष्ठले बीमा व्यवसायसँग सम्बन्धित विदेशी मुद्रा सटही व्यवस्थाबारे जानकारी गराउनुभएको थियो।

अन्तरक्रियामा सहभागीहरूले बीमा क्षेत्रको विस्तारसँगै विदेशी मुद्रा सटही सम्बन्धी व्यवस्थालाई समयानुकूल परिमार्जन गर्दै लैजानुपर्ने धारणा व्यक्त गरेका थिए। कार्यक्रममा नेपाल राष्ट्र बैंक, नेपाल बीमक संघ, निर्जीवन बीमक संघ नेपाल, विभिन्न वाणिज्य बैंक, बीमा कम्पनीका पुनर्बीमा विभागका प्रमुख तथा पुनर्बीमा दलालहरूको सहभागिता रहेको थियो।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...