CG Electronics
IME Life
NIMB

गुरुकुलतर्फ कक्षा १२ मा वेद वेदाङ्ग संस्कृत विद्यापीठका सुधीर चालिसे सर्वोत्कृष्ट

NIMB
Himalayan Bank

देवघाटधाम, असार ५ – राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा गुरुकुलतर्फ देवघाटधामस्थित वेद वेदाङ्ग संस्कृत विद्यापीठका विद्यार्थी सुधीर चालिसे देशभरकै सर्वोत्कृष्ट बनेका छन्।

चालिसेले ३.९२ जीपीए प्राप्त गर्दै गुरुकुल शिक्षातर्फ उत्कृष्ट नतिजा हासिल गरेको विद्यापीठले जनाएको छ। विद्यापीठका अनुसार यस वर्ष कक्षा १२ को परीक्षामा सहभागीमध्ये १८ जना विद्यार्थीले ए प्लस र १५ जनाले ए ग्रेड प्राप्त गर्दै सफल भएका छन्।

वेद वेदाङ्ग संस्कृत विद्यापीठ अष्टाङ्गयोगसिद्ध योगी ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले वि.सं. २०२३ सालमा वेद–वेदाङ्गको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गर्नुभएको संस्कृत विद्यालय हो। देवघाट क्षेत्रकै सबैभन्दा पुरानो संस्कृत विद्यापीठका रूपमा परिचित यस संस्थालाई हाल गलेश्वर आश्रमले सञ्चालन गरिरहेको छ।

विद्यापीठमा गुरुकुलीय पद्धतिअनुसार वेद, व्याकरण तथा संस्कृत वाङ्मयलगायत विषयको अध्ययन–अध्यापन हुँदै आएको छ। हाल यहाँ करिब ३०० विद्यार्थी अध्ययनरत छन्।

विद्यापीठले यस वर्षको उत्कृष्ट नतिजाले गुरुकुल शिक्षाप्रतिको आकर्षण र गुणस्तर थप पुष्टि गरेको जनाएको छ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...