CG Electronics
IME Life
NIMB

नेपालमा फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजकको रूपमा हिमस्टार

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स बजारमा विगत २७ वर्षदेखि एक विश्वसनीय नामको रूपमा स्थापित हिमस्टार नेपालमा आयोजना हुन गइरहेको फिफा विश्वकप २०२६ को प्रसारणका लागि सह-प्रायोजक बनेको छ। नेपाली खेलप्रेमीहरूलाई विश्वकपको उत्कृष्ट प्रत्यक्ष प्रसारण उपलब्ध गराउने उद्देश्यका साथ हिमस्टारले फिफा विश्वकप २०२६ को टेलिभिजन प्रसारणका लागि हिमालय स्पोर्ट्स टिभी र डिजिटल माध्यमबाट अनलाइन प्रसारणका लागि डिगो एपसँग आधिकारिक रूपमा साझेदारी गरेको छ।

विश्वको सबैभन्दा ठूलो र प्रतिष्ठित खेल महोत्सवसँग हिमस्टारको नाम जोडिनु सम्पूर्ण कम्पनी र यसका उपभोक्ताहरूका लागि निकै गर्वको क्षण भएको कम्पनीले जनाएको छ। यो ऐतिहासिक खेल उत्सवको अवसरलाई ग्राहकहरूका लागि अझ बढी विशेष र उत्साहजनक बनाउन हिमस्टारले फिफा विश्वकप २०२६ लक्षित आकर्षक उपभोक्ता योजना समेत सार्वजनिक गरेको छ।

यस विशेष अफर अन्तर्गत ग्राहकहरूले हिमस्टार ब्रान्डको ४३ इन्च वा सोभन्दा माथिका अल्ट्रा एचडी (UHD) स्मार्ट टिभी खरिद गर्दा ३२ प्रतिशतसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसका साथै टिभी खरिदकर्ताहरूले फिफा विश्वकप २०२६ को आकर्षक लाइभ टिभी सिजनपास तथा एक वर्षको नेट टिभी प्याकेज समेत निःशुल्क प्राप्त गर्नेछन्। यस अफरले नेपाली फुटबल प्रशंसकहरूलाई विश्वकपको रोमाञ्चक खेलहरू सर्वोत्कृष्ट र उच्च गुणस्तरको स्क्रिनमा डिभीडी क्वालिटीमा अनुभव गर्न उत्कृष्ट अवसर प्रदान गर्ने विश्वास कम्पनीले लिएको छ।

लामो समयदेखि नेपाली बजारमा गुणस्तरीय र भरपर्दो होम एप्लायन्सेस तथा अत्याधुनिक प्रविधियुक्त टेलिभिजनहरू उपलब्ध गराउँदै आएको हिमस्टार इलेक्ट्रोनिक्सले यस सहकार्यमार्फत देशभर छरिएर रहेका खेलप्रेमी उपभोक्ताहरूसँगको आफ्नो व्यावसायिक सम्बन्धलाई अझ बढी प्रगाढ र सशक्त बनाउने लक्ष्य राखेको छ।

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग समन्वय गर्ने मुख्यमन्त्री बाँनियाको प्रतिबद्धता

कार्गो क्षेत्रका समस्या समाधानका लागि संघीय सरकारसँग...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३४

  काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले कार्गो तथा...

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा आजदेखि आवेदन खुला

लक्ष्मी सनराइज बैंकको ३ अर्ब रुपैयाँको ऋणपत्रमा...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२८

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र...

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक : लक्ष्मण पौडेल

शैक्षिक परामर्श नियमावली स्वागतयोग्य, तर संशोधन आवश्यक...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२२

  काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का अध्यक्ष...

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको २ लाख ५८ हजार कित्ता...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२०

  काठमाडौं । कुमारी बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरूको स्वामित्वमा...

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच

ई–कमर्स प्लेटफर्म चाइनाबजार सुरुः इक्सपेरिन्स स्टोरका साथै...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:१५

  काठमाडौं । नयाँ ई–कमर्स प्लेटफर्म चाइनाबजार औपचारिक रूपमा सञ्चालनमा...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...