Sagarmatha Cement
Laxmi Sunrise Bank Limited
NMB Bank

जाजरकोट-डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी

Machhapuchchhre Bank Limited

 

७ जेठ, जाजरकोट- जाजरकोट-डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट-दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ ।

जाजरकोट-डोल्पा सडक निर्माणपछि एकातिर डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिनेछ भने अर्कोतर्फ छिमेकी जिल्ला रुकुम र जाजरकोटका दुर्गम गाउँमा यातायातको पहुँच पुगेको छ । यो सडक निर्माणसँगै चीन र भारतलाई जोड्ने मुख्य मार्ग पनि स्थापित हुनेछ । ठूलठूला पहाड र अत्यधिक कडा चट्टानका कारण उक्त सडकको निर्माण कार्य कहिले सकिएला भन्ने अन्योल कायम रहेका बेला नेपाली सेनाले निर्माण कार्यलाई अन्तिम चरणमा पुर्‍याएपछि वर्षौंदेखिको आशा पूरा हुन लागेको भन्दै स्थानीयवासी हर्षित छन् ।

डोल्पा सदरमुकाम दुनैसम्म मोटरबाटो पुर्‍याउने २२ वटा कम्प्रेसर मेसिनले पहाडमा प्वाल पारेर दैनिक ५०० किलो विस्फोटक पदार्थ खपत भइरहेको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए। पहाडीका अनुसार सैनिक कार्यदलको ध्यान जतिसक्दो चाँडो डोल्पा सदरमुकाम दुनैसम्म सडक पुर्‍याउनेतर्फ मात्र केन्द्रित छ । सडक निर्माणका लागि छवटा सैनिक बेस क्याम्प राखिएको छ भने दैनिक ५०० भन्दा वढी श्रमिक काममा जुटिरहेका छन् ।

सडक निर्माणस्थल भौगोलिक रूपले विकट तथा कडा चट्टान नभएको भए यसअघि नै उक्त सडकको निर्माण कार्य समाप्त भइसक्ने सेनाको भनाइ छ । हाल डोल्पावासी जिल्ला बाहिर जानु पर्‍यो भने रुकुमको सिमाना करवगाडमा पुगेर जिप चढ्ने गर्छन् । उक्त सडकखण्डमध्ये साढे ३० किमी रुकुम र ४६.७ किमी जाजरकोटमा पर्छ । डोल्पामा पर्ने साढे ३१ किमीमध्ये अब आठ किमी मात्र सडक निर्माण गर्न बाँकी छ । पहाडीका अनुसार खदाङसम्मको सडक निर्माण सकिएपछि डोल्पावासीको आफ्नै जिल्लामा यातायातका साधन चढ्ने वर्षौंदेखिको सपना पूरा हुनेछ । आउँदो दसैँभित्र खदाङसम्म मोटर पुर्‍याइने लक्ष्यका साथ काम भइरहेको प्रमुख सेनानी पहाडीले बताए ।

खदाङदेखि दुनैसम्मको आठ किमी कडा चट्टाने पहाडमा सडक निर्माणको काम सक्न भने अरु एक वर्षजति लाग्ने सेनाको अनुमान छ । दूरीको हिसाबले दुनैदेखि खदाङसम्म पुग्न त्यति टाढा नभएकाले सदरमुकामसम्म मोटरबाटो नपुग्दै सञ्चालनमा ल्याइने बताइएको छ । डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिएसँगै दुई छिमेकी मुलुक चीन र भारत जोड्ने सबभन्दा छोटो मार्गसमेत सोही सडक हुनेछ ।

भेरी करिडोर नाम दिइएको उक्त सडकखण्डले चीनको स्वशाषित क्षेत्र तिब्बत-मारिम्ला भञ्ज्याङ-धो-दुनै-खदाङ-जाजरकोट-छिन्चु-नेपालगन्ज हुँदै रुपैडिहा नाकाबाट भारतलाई जोड्ने छ ।
दुवै छिमेकी मुलुकबाट प्रशस्त अवसर लिन सकिने सम्भावना भएकाले मन्त्रालयले उक्त सडकलाई रणनीतिक महत्वका रूपमा लिने गरेको छ । दक्षिणको रुपैडिडादेखि उत्तरको मरिमसम्मको दूरी करिब साढे चार सय किमी जति हुने बताइएको छ ।

सांसद शक्तिबहादुर बस्नेतले डोल्पाको रणनीतिक सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरिँदै आएको बताउनुभएको छ । अझै छिटो छरितो कामका लागि बजेट कमी हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरे ।

अहिले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालसँग जोडिएकाले अब तल्लो डोल्पावासी सुविधा उपभोग गर्न सफल भएको बस्नेतले बताए । माथिल्लो डोल्पामा काम छिटो गर्नका लागि एकीकृत सडक निर्माणको कार्यदिशा बनाएर सडक निर्माण गरिनुपर्ने पूर्व शान्तिमन्त्री सत्य पहाडीको भनाइ छ । रासस

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री अधिकारी

कृषि बैज्ञानिकको विदेश पलायन रोक्नुपर्छ : कृषिमन्त्री...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३८

  काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि...

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ : उर्जामन्त्री खड्का 

सत्ता छोड्नेवित्तिकै विरोध गर्ने प्रवृत्ति त्यागौँ :...

वि.सं.२०८१ फागुन ७ बुधवार ०९:३४

काठमाडौँ । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सत्ता छोड्नेवित्तिकै...

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ : मन्त्री साही

जलवायु परिवर्तन न्यूनिकरणप्रति नेपाल दृढ प्रतिबद्ध छ...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:२०

  काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर साहीले नेपालको...

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे डीएसएल क्यामेरा

कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई सहयोग गर्याे...

वि.सं.२०८१ फागुन ६ मंगलवार २१:१०

  कागेश्वरी मनोहरा । कागेश्वरी मनोहरा नगरपालिकाले नेपाल प्रहरीलाई क्यामेरा...

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल प्रदर्शन

केबुलकार बनाउन माग गर्दै ताप्लेजुङमा स्थानीयबासीको विशाल...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३७

काठमाडौं । दुर्गम हिमाली जिल्ला ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म...

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न महासंघ अध्यक्ष...

वि.सं.२०८१ फागुन ६ मंगलवार २०:३२

  नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालमा...