IME Life
NIMB

जाजरकोट-डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी

NIMB
Himalayan Bank

 

७ जेठ, जाजरकोट- जाजरकोट-डोल्पा सडकखण्ड राष्ट्रिय सडक सञ्जालमा जोडिन अब आठ किलोमिटरमात्र बाँकी रहेको नेपाली सेनाले बताएको छ । अहिले डोल्पाको करवगाड, त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालको पहुँचमा पुगेको छ । नेपाली सेनाले निर्माण गरिरहेको जाजरकोट-दुनै सडकखण्डको ११७ किमीमध्ये आठ किमीमात्र निर्माण गर्न बाँकी रहेपछि तल्लो डोल्पावासीको वर्षौंदेखिको गाडीमा चढ्ने सपना पूरा भएको छ ।

जाजरकोट-डोल्पा सडक निर्माणपछि एकातिर डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिनेछ भने अर्कोतर्फ छिमेकी जिल्ला रुकुम र जाजरकोटका दुर्गम गाउँमा यातायातको पहुँच पुगेको छ । यो सडक निर्माणसँगै चीन र भारतलाई जोड्ने मुख्य मार्ग पनि स्थापित हुनेछ । ठूलठूला पहाड र अत्यधिक कडा चट्टानका कारण उक्त सडकको निर्माण कार्य कहिले सकिएला भन्ने अन्योल कायम रहेका बेला नेपाली सेनाले निर्माण कार्यलाई अन्तिम चरणमा पुर्‍याएपछि वर्षौंदेखिको आशा पूरा हुन लागेको भन्दै स्थानीयवासी हर्षित छन् ।

डोल्पा सदरमुकाम दुनैसम्म मोटरबाटो पुर्‍याउने २२ वटा कम्प्रेसर मेसिनले पहाडमा प्वाल पारेर दैनिक ५०० किलो विस्फोटक पदार्थ खपत भइरहेको सडक निर्माण कार्यदलका प्रमुख विश्वबन्धु पहाडीले बताए। पहाडीका अनुसार सैनिक कार्यदलको ध्यान जतिसक्दो चाँडो डोल्पा सदरमुकाम दुनैसम्म सडक पुर्‍याउनेतर्फ मात्र केन्द्रित छ । सडक निर्माणका लागि छवटा सैनिक बेस क्याम्प राखिएको छ भने दैनिक ५०० भन्दा वढी श्रमिक काममा जुटिरहेका छन् ।

सडक निर्माणस्थल भौगोलिक रूपले विकट तथा कडा चट्टान नभएको भए यसअघि नै उक्त सडकको निर्माण कार्य समाप्त भइसक्ने सेनाको भनाइ छ । हाल डोल्पावासी जिल्ला बाहिर जानु पर्‍यो भने रुकुमको सिमाना करवगाडमा पुगेर जिप चढ्ने गर्छन् । उक्त सडकखण्डमध्ये साढे ३० किमी रुकुम र ४६.७ किमी जाजरकोटमा पर्छ । डोल्पामा पर्ने साढे ३१ किमीमध्ये अब आठ किमी मात्र सडक निर्माण गर्न बाँकी छ । पहाडीका अनुसार खदाङसम्मको सडक निर्माण सकिएपछि डोल्पावासीको आफ्नै जिल्लामा यातायातका साधन चढ्ने वर्षौंदेखिको सपना पूरा हुनेछ । आउँदो दसैँभित्र खदाङसम्म मोटर पुर्‍याइने लक्ष्यका साथ काम भइरहेको प्रमुख सेनानी पहाडीले बताए ।

खदाङदेखि दुनैसम्मको आठ किमी कडा चट्टाने पहाडमा सडक निर्माणको काम सक्न भने अरु एक वर्षजति लाग्ने सेनाको अनुमान छ । दूरीको हिसाबले दुनैदेखि खदाङसम्म पुग्न त्यति टाढा नभएकाले सदरमुकामसम्म मोटरबाटो नपुग्दै सञ्चालनमा ल्याइने बताइएको छ । डोल्पा सदरमुकाम सडकको राष्ट्रिय सञ्जालमा जोडिएसँगै दुई छिमेकी मुलुक चीन र भारत जोड्ने सबभन्दा छोटो मार्गसमेत सोही सडक हुनेछ ।

भेरी करिडोर नाम दिइएको उक्त सडकखण्डले चीनको स्वशाषित क्षेत्र तिब्बत-मारिम्ला भञ्ज्याङ-धो-दुनै-खदाङ-जाजरकोट-छिन्चु-नेपालगन्ज हुँदै रुपैडिहा नाकाबाट भारतलाई जोड्ने छ ।
दुवै छिमेकी मुलुकबाट प्रशस्त अवसर लिन सकिने सम्भावना भएकाले मन्त्रालयले उक्त सडकलाई रणनीतिक महत्वका रूपमा लिने गरेको छ । दक्षिणको रुपैडिडादेखि उत्तरको मरिमसम्मको दूरी करिब साढे चार सय किमी जति हुने बताइएको छ ।

सांसद शक्तिबहादुर बस्नेतले डोल्पाको रणनीतिक सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था गरिँदै आएको बताउनुभएको छ । अझै छिटो छरितो कामका लागि बजेट कमी हुन नदिने उनले प्रतिबद्धता व्यक्त गरे ।

अहिले डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका सडक सञ्जालसँग जोडिएकाले अब तल्लो डोल्पावासी सुविधा उपभोग गर्न सफल भएको बस्नेतले बताए । माथिल्लो डोल्पामा काम छिटो गर्नका लागि एकीकृत सडक निर्माणको कार्यदिशा बनाएर सडक निर्माण गरिनुपर्ने पूर्व शान्तिमन्त्री सत्य पहाडीको भनाइ छ । रासस

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो, लाभांश क्षमता ६.५४ प्रतिशतमा सीमित

कृषि विकास बैंकको नाफा २९.५२ प्रतिशत घट्यो,...

वि.सं.२०८३ साउन २१ बिहीवार १०:२५

  काठमाडौं । खुद ब्याज आम्दानीमा आएको गिरावट र इम्पेयरमेन्ट...

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको बदलिँदो सोच

सस्तो मात्रै होइन, सही छनोट: नेपाली उपभोक्ताको...

वि.सं.२०८३ साउन २० बुधवार २३:०१

  काठमाडौं । केही वर्षअघिसम्म घरका लागि दूरदर्शन (टेलिभिजन), शीतभण्डार (रेफ्रिजरेटर)...

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

महासंघअन्तर्गत थप तीन विषयगत समितिले पाए पूर्णता

वि.सं.२०८३ साउन १९ मंगलवार १०:५४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत थप तीन वटा विषयगत समितिले...

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको पर्याय बन्दै नेपाली सेना

विकट भूगोलमा सडक सञ्जाल : राष्ट्र निर्माणको...

वि.सं.२०८३ साउन १९ मंगलवार ०८:३८

  नेपालको सुन्दरता जति मनमोहक छ, यहाँको भूगोल पूर्वाधार विकासका...

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी वितरण

हङकङस्थित ब्रदर्स एफसीद्वारा कलाकार र पत्रकारलाई जर्सी...

वि.सं.२०८३ साउन १८ सोमवार २३:३२

  काठमाडौं, साउन १८। हङकङमा क्रियाशील ब्रदर्स एफसी (Brothers FC...

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा निर्देशन, सयभन्दा बढी उत्पादन नियन्त्रणमा

बजारमा नक्कली उत्पादनविरुद्ध उद्योगमन्त्री गौरी यादवको कडा...

वि.सं.२०८३ साउन १७ आइतवार १३:३९

  काठमाडौं । बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक...