Everest Bank Ltd
prabhu bank
Laxmi Sunrise Bank Limited

इरानका राष्ट्रपति हसन रुहानी चार वर्षे दोस्रो कार्यकालका निम्ति चयन

Machhapuchchhre Bank Limited

७ जेठ बिबिसी- निर्णायक जित हात पार्दै इरानका राष्ट्रपति हसन रुहानी चार वर्षे दोस्रो कार्यकालका निम्ति चयन भएका छन्।

खसेको चार करोडभन्दा बढी मतमध्ये रुहानीले ५७ प्रतिशत अर्थात दुई करोड ३० लाख जति मत प्राप्त गरेका छन्।

इरानको पारमाणविक कार्यक्रमबारे विश्व शक्ति राष्ट्रहरुसँग सम्झौता गराएका रुहानीले योसँगै अर्को चरणको चुनावको सामना गर्न नपर्ने भएछ।

६८ वर्षीय रुहानी मध्यमार्गी र सुधारवादी नेताका रुपमा चिनिन्छन्।

उनका प्रमुख प्रतिद्वन्द्वीले मतदानमा अनियमितता भएको आरोप लगाएका छन्।

सर्वोच्च नेता अयातोल्लाह खामेनी निकट मानिने प्रतिद्वन्द्वी उम्मेदवार इब्राहिम रइसीले रुहानी समर्थकहरुले मतदान केन्द्रहरुमा निर्वाचन कानुनद्वारा प्रतिबन्धित प्रचारबाजीहरु गरेको आरोप लगाएका छन्।

सरकारी टेलिभिजनले विजयी भएकोमा रुहानीलाई बधाई दिएको छ।

आन्तरिक मामिलामन्त्री अब्दुल रेजा रहमानी फज्लीका अनुसार रइसीले ३८ दशमलव ५ प्रतिशत अर्थात एक करोड ५७ लाख मत प्राप्त गरेका छन्, जुन दोस्रो चरणको मतदानमा जानका लागि पर्याप्त होइन।

मतदान गर्ने समय बढाएर मध्यरातसम्म पारिएको थियो र अप्रत्याशित रुपमा भारी मत खसेको थियो।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार “मानिसहरुको उत्साहपूर्ण सहभागिता” र “आग्रह”का कारण मतदान गर्ने समय बढाइएको थियो।

बीबीसीका एकजना संवाददाताका अनुसार चुनावमार्फत मध्यमार्गीले कट्टरपन्थीसँग बदला लिएका छन्, मध्यमार्गी जनताले आफूहरुलाई विगतमा त्रसित पारिएको, जेल हालिएको, निर्वासनमा पठाइएको र जागिरबाट निकालिएका कामको कट्टरपन्थीहरुसँग बदला लिएका छन्।

जितसँगै रुहानीले आफ्ना सुधारका योजनामार्फत ठूलो जनादेश पूरा गर्नुपर्ने छ, उनले अतिवाद समाप्त गर्नुपर्ने, बाहिरी विश्वसँग सम्पर्क स्थापित गर्नुपर्ने र अर्थतन्त्रलाई फेरि गति दिनुपर्ने हुन्छ।

चुनावी अभियानमा क्रममा उनले आफ्नो कार्यकालमा दुई वर्षअघि अमेरिकासँग पारमाणविक कार्यक्रमबारे भएको सहमतिलाई सफलताको रुपमा पेश गरेका थिए।
प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सहमतिको विपक्षमा आफूलाई उभ्याउँदै आएका छन्।

यद्यपि यसै साताको शुरुतिर ह्वाइट हाउसले इरानसँगको सहमतिलाई नवीकरण गरेको थियो।

विश्व शक्ति राष्ट्रहरुसँग इरानको पारमाणविक कार्यक्रमलाई सीमित पार्ने एउटा सम्झौता गरेका रुहानीले आफ्ना वाचाप्रति अडिग रहने प्रतिबद्धता जनाएका छन्।

जितपछि सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “इरानका महान जनताहरु, तपाईंहरु नै चुनावका विजेता हुनुहुन्छ।”

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी शो आयोजना हुने

नेपालकै पहिलो अन्तर्राष्ट्रिय गायन तथा नृत्य रियालिटी...

वि.सं.२०७९ पुस १३ बुधवार १२:३४

काठमाडौं । इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको...

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७ गतेदेखि एकीकृत कारोबार गर्ने

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश पारित, पुस २७...

वि.सं.२०७९ पुस ८ शुक्रवार ०७:४४

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको प्रस्तावित लाभांश पारित भएको छ...

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने, घोषणापत्रमा अरू के-के छ ? (पूर्णपाठ सहित)

एमालेले नेपाली झण्डासहितको पानी जहाज सञ्चालन गर्ने,...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार २१:१५

एमालेले सामुद्रिक बन्दरगाह प्रयोग गरी नेपाली झण्डासहितको पानी जहाज सञ्चालन...

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले बढ्दा कति भयो कारोबार ?

सेयर बजारले आज चुम्यो शिखर, ५६.१० अंकले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार १६:३६

सेयरबजारमा आज उछाल आएको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से...

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले आज चुनावी घोषणापत्र सार्वजनिक गर्ने

होटेल याक एन्ड यतीमा एमाले अध्यक्ष ओलीले...

वि.सं.२०७९ कात्तिक १५ मंगलवार ०८:३१

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को चुनावी घोषणापत्र आज सार्वजनिक गरिने...

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

आज तिहारको तेश्रो दिन गाईपूजा गरिदै

वि.सं.२०७९ कात्तिक ८ मंगलवार ०८:२०

तिहारको तेस्रो दिन आज (मंगलबार) गाईको पूजाआजा गरी मनाइँदैछ। वैदिक...