CG Electronics
IME Life
NIMB

इरानका राष्ट्रपति हसन रुहानी चार वर्षे दोस्रो कार्यकालका निम्ति चयन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

७ जेठ बिबिसी- निर्णायक जित हात पार्दै इरानका राष्ट्रपति हसन रुहानी चार वर्षे दोस्रो कार्यकालका निम्ति चयन भएका छन्।

खसेको चार करोडभन्दा बढी मतमध्ये रुहानीले ५७ प्रतिशत अर्थात दुई करोड ३० लाख जति मत प्राप्त गरेका छन्।

इरानको पारमाणविक कार्यक्रमबारे विश्व शक्ति राष्ट्रहरुसँग सम्झौता गराएका रुहानीले योसँगै अर्को चरणको चुनावको सामना गर्न नपर्ने भएछ।

६८ वर्षीय रुहानी मध्यमार्गी र सुधारवादी नेताका रुपमा चिनिन्छन्।

उनका प्रमुख प्रतिद्वन्द्वीले मतदानमा अनियमितता भएको आरोप लगाएका छन्।

सर्वोच्च नेता अयातोल्लाह खामेनी निकट मानिने प्रतिद्वन्द्वी उम्मेदवार इब्राहिम रइसीले रुहानी समर्थकहरुले मतदान केन्द्रहरुमा निर्वाचन कानुनद्वारा प्रतिबन्धित प्रचारबाजीहरु गरेको आरोप लगाएका छन्।

सरकारी टेलिभिजनले विजयी भएकोमा रुहानीलाई बधाई दिएको छ।

आन्तरिक मामिलामन्त्री अब्दुल रेजा रहमानी फज्लीका अनुसार रइसीले ३८ दशमलव ५ प्रतिशत अर्थात एक करोड ५७ लाख मत प्राप्त गरेका छन्, जुन दोस्रो चरणको मतदानमा जानका लागि पर्याप्त होइन।

मतदान गर्ने समय बढाएर मध्यरातसम्म पारिएको थियो र अप्रत्याशित रुपमा भारी मत खसेको थियो।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार “मानिसहरुको उत्साहपूर्ण सहभागिता” र “आग्रह”का कारण मतदान गर्ने समय बढाइएको थियो।

बीबीसीका एकजना संवाददाताका अनुसार चुनावमार्फत मध्यमार्गीले कट्टरपन्थीसँग बदला लिएका छन्, मध्यमार्गी जनताले आफूहरुलाई विगतमा त्रसित पारिएको, जेल हालिएको, निर्वासनमा पठाइएको र जागिरबाट निकालिएका कामको कट्टरपन्थीहरुसँग बदला लिएका छन्।

जितसँगै रुहानीले आफ्ना सुधारका योजनामार्फत ठूलो जनादेश पूरा गर्नुपर्ने छ, उनले अतिवाद समाप्त गर्नुपर्ने, बाहिरी विश्वसँग सम्पर्क स्थापित गर्नुपर्ने र अर्थतन्त्रलाई फेरि गति दिनुपर्ने हुन्छ।

चुनावी अभियानमा क्रममा उनले आफ्नो कार्यकालमा दुई वर्षअघि अमेरिकासँग पारमाणविक कार्यक्रमबारे भएको सहमतिलाई सफलताको रुपमा पेश गरेका थिए।
प्रतिबद्धता

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सो सहमतिको विपक्षमा आफूलाई उभ्याउँदै आएका छन्।

यद्यपि यसै साताको शुरुतिर ह्वाइट हाउसले इरानसँगको सहमतिलाई नवीकरण गरेको थियो।

विश्व शक्ति राष्ट्रहरुसँग इरानको पारमाणविक कार्यक्रमलाई सीमित पार्ने एउटा सम्झौता गरेका रुहानीले आफ्ना वाचाप्रति अडिग रहने प्रतिबद्धता जनाएका छन्।

जितपछि सामाजिक सञ्जाल ट्वीटरमा उनले लेखेका छन्, “इरानका महान जनताहरु, तपाईंहरु नै चुनावका विजेता हुनुहुन्छ।”

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन् कार्यक्रम ?

सरकारको नीति तथा कार्यक्रममा पर्यटनका के छन्...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १९:०८

काठमाडौं । सरकारले नेपाललाई विश्व आध्यात्मिक पर्यटनको केन्द्रका रूपमा विकास...

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति श्रद्धाञ्जली अर्पण

दलित समुदायका प्रथम सगरमाथा आरोही विजय घिमिरेप्रति...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:४३

काठमाडौं । दलित समुदायका प्रथम सगरमाथा आरोही स्वर्गीय विजय घिमिरे...

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले सांसद बादलको कडा टिप्पणी

रास्वपा सरकारको नीति, अध्यादेश र नेतृत्वबारे एमाले...

वि.सं.२०८३ वैशाख २९ मंगलवार १८:३७

काठमाडौं । नेकपा (एमाले) का सांसद राम बहादुर थापा ‘बादल’ले...

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति” अभियानअन्तर्गत बम्पर पुरस्कार प्रदान

पार्वती बनिन् एनसेल करोडपति, “सधैं अन करोडपति”...

वि.सं.२०८२ साउन १० शनिवार ०९:२५

काठमाडौँ । ‘कर्म गर्दै जानुपर्छ, एक दिन त्यसको प्रतिफल पाइन्छ...

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा दायर

अख्तियारमा वर्षभर ३७ हजार उजुरी, १३७ मुद्दा...

वि.सं.२०८२ साउन १० शनिवार ०९:१०

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८१/८२ मा...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय...

वि.सं.२०८२ साउन १० शनिवार ०९:०८

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय...