Nabil Bank
Everest Bank Limited
prabhubank

विद्युत् उत्पादन धेरै हुँदा लोडसेडिङ ! -नवीनराज कुइँकेल

मिडिया स्पेस सोलुसन्स प्रालि


नवीनराज कुइँकेल/ बेसीसहर-   विद्युत् उत्पादन बढ्दा लोडसेडिङ घट्नुपर्ने साधारण विश्वास भए पनि लमजुङमा भने यसको उल्टो भएको छ । बढी उत्पादन भएकै कारण लमजुङका जनताले लोडसेडिङको मार खेप्नुपरेको छ ।

वर्षाका कारण पानीको बहाव बढेसँगै जिल्लाका सबै जलविद्युत् केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गर्न थालेपछि वितरण लाइनमा समस्या आएको छ जसका कारण लमजुङमा छिनछिनमा बत्ती जाने र लोडसेडिङ हुने समस्या बढ्न थालेको छ ।

वर्षायाम सुरु भएसँगै लमजुङमा रहेको ७० मेगावाटको मध्यमस्र्याङ्दी, ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए, ४.४ मेगावाटको खुदी, पाँच मेगावाट क्षमताको सिउरीखोला, ४.४ मेगावाटको राँधी, २ मेगावाटको छ्याङ्दी र एक मेगावाटको स्याँगे जलविद्युत् आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन भइरहेको छ ।

उत्पादित विद्युत् जिल्लामा खपत भएर बाँकी रहेको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ तर आयोजनाबाट पूरै क्षमतामा विद्युत् उत्पादन हुँदा प्रसारण लाइनले धान्न नसकेपछि ‘ट्रिपिङ’को समस्या आएको हो । वितरणमा समस्या आएपछि दैनिक दर्जनौँ पटक विद्युत् जाने–आउने गरेको छ ।

‘विद्युत् ट्रिपिङ हुँदा ढुक्कसँग काम गर्न पाइएको छैन, लमजुङ उद्योग वाणिज्य सङ्घका तृतीय उपाध्यक्ष एवं लमजुङ आँखा उपचार केन्द्रका प्रोप्राइटर अशोक अधिकारीले भन्नुभयो ।

विद्युत् ट्रिपिङका कारण जिल्लामा सञ्चालित सञ्चारमाध्यमका साथै उद्योग कलकारखाना, सरकारी तथा गैरसरकारी कार्यालय, होटल रेस्टुराँ आदि सबै प्रभावित भएका छन् । कमजोर संरचनाका कारण यसअघि कहिलेकाहीँ विद्युत् जाने गरे पनि आजभोलि छिनछिनमै जान थालेको छ । जिल्लालाई लोडसेडिङ मुक्त भनिए पनि छिनछिनमै बत्ती जाने आउने गरेको छ ।

यहाँका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन हुँदा सो ऊर्जा जिल्लामा खपत हुन नसकेको र लोड धान्न नसकेका कारण ३३ केभी प्रसारण लाइनमार्फत उत्पादित विद्युत् दमौली पठाइएको नेपाल विद्युत् प्राधिकरण लमजुङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार ७० मेगावाटको मध्यमस्र्याङ्दी र ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी–ए को गरी १२० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा पठाइएको र बाँकी स्थानीय साना आयोजनाका विद्युत्लाई दमौली पठाइएको छ ।

विगतमा लोड कम गराउन लमजुङका साना जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई गोरखा र तनहुँको खैरैनी, डुम्रे क्षेत्रमा पठाउने गरेकोमा हाल गोरखामा दरौदी आयोजनाको उत्पादन सुरु भएपछि लोड कम गराउन नसकिएको न्यौपानेले बताउनुभयो ।

दमौलीस्थित विद्युत् प्राधिकरणको सव–स्टेसनमा जडान गरिएको दुई सय एम्पिएर क्षमताको सिटी (करेन्ट ट्रान्सफर्मर)को क्षमता कम भएकाले लोड धान्न नसकेर लाइन जाने आउने भएको न्यौपाने बताउनुहुन्छ । उहाँका अनुसार सिटीको क्षमता बढाएर चार सय एम्पिएर बनाउन आवश्यक रहेको छ ।

 

प्रमुख न्यौपानेका अनुसार दमौलीमा बढी क्षमताको सिटी नराख्दासम्म साना आयोजनालाई कम विद्युत् उत्पादनका लागि अनुरोध गरिएको छ ।
जिल्लामा उत्पादित सबै विद्युत् लैजानका लागि निर्माण थालिएको १३२ केभी क्षमताको मध्यमस्र्याङ्दी–तल्लो मस्र्याङ्दी डबल सर्किट नबन्दा उत्पादित विद्युत् खेर गएको छ भने अर्कोतिर नागरिकले सास्ती खेपेका छन् ।

समयमा डबल सर्किटको निर्माण कार्य नहुँदा जिल्लाका सबै जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् प्रसारण लाइनमा पठाउन नपाएको प्रवद्र्धकहरूको भनाइ छ । अहिले सिङ्गल सर्किटबाट १२० मेगावाट मात्रै विद्युत् केन्द्रीय प्रसारण लाइनमा पठाइएको छ ।
साभार: गोरखापत्र दैनिक

आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत आयोजनामा लगानी जुट्यो

आईएमई समुहको ६६.३ मेगावाटको मध्य कालीगण्डकी जलविद्युत...

वि.सं.२०८१ असार ७ शुक्रवार १८:२४

आईएमई समुहको कम्पनी हाइड्रो सपोर्ट प्रालि मार्फत म्याग्दी जिल्लाको अन्नपूर्ण...

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय सवारी कर्जासम्बन्धी समझदारी

ग्लोबल आइएमई बैंक र त्रिवेणी मोटोकर्पबीच विद्युतीय...

वि.सं.२०८१ जेठ २४ बिहीवार १४:४४

  ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिवेणी मोटोकर्प प्रा.लि. बिच...

नेपाल एसबिआई बैंक र फोनपेबीच एक सम्झौतापत्रमा हस्ताक्षर

नेपाल एसबिआई बैंक र फोनपेबीच एक सम्झौतापत्रमा...

वि.सं.२०८१ जेठ २४ बिहीवार ११:११

  काठमाडौं । नेपाल एसबिआई बैंक र फोनपेबीच नेपाल र...

एनआईसी एशिया बैंकद्वारा ऋणीहरूका लागि जरिवानामा शत प्रतिशत छुट दिने

एनआईसी एशिया बैंकद्वारा ऋणीहरूका लागि जरिवानामा शत...

वि.सं.२०८१ जेठ २३ बुधवार ०८:२७

  २३ जेठ, काठमाडौँ । एनआईसी एशिया बैंकले नारा अनुसार...

विदेशी लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न पर्यटनमन्त्री तामाङको आग्रह

विदेशी लगानीकर्ताहरुलाई ढुक्क भएर नेपालमा लगानी गर्न...

वि.सं.२०८१ जेठ १८ शुक्रवार २२:१३

  काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले...

सबैले बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज छु : अर्थमन्त्री पुन

सबैले बजेट सन्तुलित आएको भन्दा आफु सरपराइज...

वि.सं.२०८१ जेठ १७ बिहीवार ११:३०

काठमाडौं । अर्थमन्त्री बर्षमान पुन ‘अनन्त’ ले बजेट सबैले बजेट...