CG Electronics
IME Life
Ncell NPL

खल्ती र बिग मुभिजले नगदरहित फिल्म टिकेटिङको लागि गरे साझेदारीको घोषणा

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited


काठमाडौं–खल्ती र बिगमुभिजले सजिलो र सुरक्षित रुपले मोबाइलबाटै फिल्म टिकट किन्नमिल्ने सेवाकालागि रणनीतिक साझेदारीको घोषणा गरेका छन् । खल्तीका डाइरेक्टर अमित अग्रवाल र सिने स्टारका सीईओ भरत अग्रवालले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार अब ‘बिग मुभिज डटकम डटएनपीमा गएर फिल्मको टिकट बुकिङ गरेपछी ग्राहकले सजिलै आफ्नो खल्ती आईडी मार्फत उक्त टिकटको पैसा तिर्न सक्नेछन् । यस साझेदारीबाट उत्साहित ‘खल्ती’ का डाइरेक्टर अमित अग्रवालले भने, ‘अब फिल्म हेर्न जानेहरुले नगदबिना नै फिल्म टिकटको पैसा भुक्तानी गर्न सक्नेछन् । यसले फिल्म हेर्न जाने दर्शकलाई टिकटिङ र पेमेन्ट प्रक्रिया झन्झट मुक्त र निकै सहज बनाउने छ । तपाईंले जुनसुकै बेलाजहाँ रहेर पनि आफ्नो लागि वा साथीभाई र परिवारको लागि फिल्म टिकट बुक गर्न र पैसा भुक्तानी गर्न सक्नुहुनेछ । योलगायत अन्य थुप्रै सेवाहरु खल्तीमा पहिले नै उपलब्ध छन् र हामीअरु धेरै सुविधाहरु थप्ने क्रममा छौँ ।’
त्यसै गरी सिनेस्टारका सीईओ भरत अग्रवालले भने, ‘एउटा ‘सेवा उद्योगको हैसियतले हामीले हाम्रा ग्राहकहरुलाई शत प्रतिशत सन्तुष्टी दिने सदैव प्रयास गर्छौं । हाम्रा सेवाहरु झनै स्तरिय बनाउनका लागि हामीले खल्तीसँगको यो सहकार्य सुरुवात गरेका हौँ । अब ग्राहकहरुले अनलाईनबाट सजिलै फिल्म टिकटको पैसा भुक्तानी गरी समय र पैसाको सदुपयोग गर्न सक्नु हुनेछ ।’ छिमेकी देशहरू भारत, चीन र बांग्लादेशको तुलनामा नेपाल मोबाइल भुक्तानीको प्रयोगमा धेरै पछाडी छ । यो साझेदारीबाट नेपालमा केहि मात्रामा भएपनि मोबाइल भुक्तानीको प्रयोग बढ्ने अनुमान गर्न सकिन्छ ।
नेपाल सरकारद्वारा भर्खरै घोषणा गरिएको बजेटमा एक वर्ष भित्रै सबै नेपाली बैंक खाता खोल्ने अभियान सुरु गर्ने र यस साथै घरमा बसी बसी मोवाइलबाटै सरकारलाई राजश्व तिर्न सकिने प्रणालीको सुरुवातगरी सकेको यो अवस्थामा खल्ती र बिगमुभिजले गरेको यो संयुक्त अभियानले धेरै महत्व राख्ने देखिन्छ । र, यो अभियानले अहिलेसम्म मोबाइलबाट भुक्तानी गर्ने बानीको सुरुवात नगरेका व्यक्तिहरुका लागि बानी परिवर्तन गर्न र खल्तीको सजिलो मोबाइल भुक्तानीको मज्जा लिन प्रोत्साहित गर्नेछ । काठमाडौंको कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिग मुभिज दर्शकहरुको रोजाइमा रहेको सुविधा सम्पन्न मल्टिप्लेक्स हल हो । बिग मुभिजमा अहिले कूल ८ सय ७० सिट क्षमताका तीन वटा थिएटर छन् । क्लियर पिक्चर, गुणात्मक साउण्ड सिष्टम, आरामदायी कुर्ची, गुणस्तरका साथै उत्कृष्ट सेवामार्फत रोमाञ्चक अनुभूति दिलाउने बिग मुभिजको विशेषता हो । सन २०१७, जनावरी २६ बाट नेपाली बजारमा आरम्भ भएको खल्ती, एक उदयमान र रुचाइएको पेमेन्ट गेट वे हो । खल्ती एप प्रयोग गरी मोबाइल रिचार्ज, बिजुली र पानीको बिल भुक्तानी, इण्टरनेट तथा डीटीएचको बिल भुक्तानी, फिल्म टिकट, प्लेन टिकट, होटेल रुम बुकिङ तथा अन्य थुप्रै सेवाहरुको मोबाइलबाटै भुक्तानी गर्न सकिन्छ ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...