ग्लोबल आइएमई बैंक र ओम हस्पिटलबीच स्वास्थ्य सेवा सम्झौता
Wednesday Jul 04, 2018
वि.सं.२०७५ असार २० बुधवार ०३:१५

काठमाडौं–ग्लोबल आइएमई बैंक लि. र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.बीच अस्पतालको विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
बैंकले हस्पिटलसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको जनाएको छ ।
उक्त सम्भौतापत्रमा ग्लोबल आइएमई बैंकका रेमिट्यान्स, कार्ड वितरण तथा बजार प्रर्वद्धन, मिडिया तथा ब्राडिङ्ग विभाग प्रमुख रविन्द्र ढकाल र ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा. लि.का प्रबन्ध निर्देशक बाबुकाजी कार्कीबीच हस्ताक्षर भएको छ ।
ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।
उक्त हस्ताक्षर कार्यक्रममा ओम हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.का अध्यक्ष भोला रिजालको विशेष उपस्थिति रहेको थियो ।
उक्त सम्झौता पश्चात ओम हस्पिटलमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक र ग्राहकका परिवारले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा बिशेष छुट पाउनेछन् ।




























