नागबेली लघुवित्तले साउन ४ गतेदेखि हकप्रद जारी गर्ने

Wednesday Jul 04, 2018
वि.सं.२०७५ असार २० बुधवार ०३:२५
काठमाडौं–नागबेली लघुवित्तले साउन ४ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।
कम्पनीले ७ करोड ६६ लाख ४६ हजार ३०० रुपैयाँ बराबरको ७ लाख ६६ हजार ४६३ कित्ता हकप्रद जारी गर्न लागेको हो ।
लघुवित्त कम्पनीको हकप्रद सेयर निष्काशन तथा बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ ।
यस हकप्रदमा असार २० गतेसम्म कायम रहेका सेयरधनीहरुले भदौ ७ गतेसम्म आवेदन गर्न सक्नेछन् ।
सेयरधनीले नेपाल धितोपत्र बोर्डवाट स्वीकृती सिआस्वा सदस्यको अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा मार्फत पनि आबेदन गर्न सक्नेछन् ।
त्यस्तै एनएमवि क्यापिटल नागपोखरी र एनएमबि बैंकका शाखा कार्यालयहरु, नागबेली लघुवित्तको कार्यायल विर्तामोड झापा, गुडपिवल फाइनान्सको शाखाहरु हात्तिसार, डिल्लिबजार, इन्द्रचोक, कुमारीपाटी, सेन्ट्रल फाइनान्सका शाखा कार्यालयहरु कुपण्डोल र चावहिल र कामना विकास बैंकको ज्ञानेश्वर शाखाबाट आवेदन दिन सकिने बिक्री प्रबन्धकले जनाएको छ ।
हाल ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको हकप्रदपछि कम्पनीको चुक्ता पुँजी १५ करोड ३२ लाख ९२ हजार रुपैयाँ पुग्नेछ ।
आइतबार लघुवित्तको सेयर प्रतिकित्ता दुई हजार ४८० रूपैयाँमा कारोबार भएको छ ।