Nepal SBI Bank Ltd.
Everest Bank Ltd
Machhapuchchhre Bank Limited

युनाईटेड फाईनान्सको भिसा डेविट कार्ड र एटीएम सेवा शुरु

काठमाडौं – युनाईटेड फाईनान्स लिमिटेडको नर्भिक ईन्टरनेशनल अस्पताल भित्र रहेको एटीएम लाउञ्जमा अत्याधुनिक प्रविधि सहित टचस्क्रिन एटीएम मेसिनको शुरुवात गरिएको छ ।

उद्घाटन कम्पनीका संचालक विष्णु कुमार अग्रवालले विधिवत रुपमा गरेका थिए ।

उक्त एटीएमवाट कुनै पनि बैंक तथा वित्तिय संस्थाले जारी गरेका भिसा डुबट कार्ड प्रयोग गरी रकम झिक्न सकिने छ ।

त्यसै गरी फाईनान्स कम्पनीहरुमा पहिलोपल्ट अत्यन्त सुरक्षित मानिएको चिपमा आधारित भिसा डेबिट कार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनन्द बहादुर श्रेष्ठद्धारा विधिवत रुपमा शुभारम्भ गरियो ।

उक्त समारोहमा युनाईटेड फाईनान्सका सञ्चालकहरु तथा उच्च पदाधिकारीहरु लगायत अन्य कर्मचारी र शुभचिन्तकहरुको उपस्थिति थियो ।

यस कम्पनिले विगत दुई दशक देखि निरन्तर रुपमा ग्राहकहरुको चाहना तथा मागलाई मध्येनजर गरी समय सापेक्ष विभिन्न प्रकारका वित्तिय सेवाहरु थप गर्दै ग्राहकहरुको सेवा प्रति सदैव क्रियाशील रहदै आएको जनाएको छ ।

विगत २३ वर्षदेखि संचालित यूनाईटेड फाईनान्स लिमिटेडले हालसम्म कूल निक्षेप रु. ५ अर्ब ६० करोड संकलन गरि सोहि अवधिमा विभिन्न क्षेत्रमा रु. ५ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ ।

त्यसैगरि यस फाइनान्सको चुक्ता पूँजी रु. ८० करोड ५ लाख रहेको छ ।

यस फाईनान्स कम्पनिको मुख्य कार्यालय दरबार मार्ग, काठमाडौंमा अवस्थित छ ।

मुख्य कार्यालय लगायत कम्पनीले आफ्नो सेवा विराटनगर, बुटवल, नेपालगंज, पोखरा, नारायणघाट, दाङ्ग, वीरगंज, बिर्तामोड, दमक, ईलाम, सुर्खेत र काठमाडौंको न्यूरोड , कालीमाटी र भक्तपुरको गठ्ठाघरबाट समेत प्रदान गरिरहेको छ ।

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र गैरबैंकिङ सम्पति बढ्यो

बैंक तथा वित्तिय संस्थामा निष्कृय कर्जा र...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३७

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर विश्वनाथ पौडेललेले अर्थतन्त्र क्रमिक...

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या उच्च, अर्थतन्त्रले लाभ लिनसक्ने

१५ देखि ५९ वर्ष उमेर समूहको जनसंख्या...

वि.सं.२०८२ असार २७ शुक्रवार २१:३५

काठमाडौं । देशको जनसांख्यिक चुनौती सम्बोधन गर्ने उद्देश्यका साथ स्वास्थ्य...

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

कर्जा वृद्धिदर १२ प्रतिशतसम्म रहने प्रक्षेपण

वि.सं.२०८२ असार २७ शुक्रवार १३:२६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्व पौडेलले आर्थिक वर्ष...

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका छौं : अर्थमन्त्री पौडेल

जलविद्युतमा लगानी अभिवृद्धिको लागि अनुकुल नीति लिएका...

वि.सं.२०८२ असार २७ शुक्रवार १३:०४

काठमाडौं । अर्थमन्त्री विष्णुु पौडेलले जलविद्युतको विकासमा निजी क्षेत्रको लगानी...

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले सार्वजनिक गर्‍यो जानकारीमूलक गाइड

मनसुन बाढीको बेला गलत सूचना रोक्न टिकटकले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:०७

  काठमाडौं, जुलाई १०, २०२५ — नेपालमा मनसुन बाढीको प्रकोप...

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले सम्मानित

पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ ‘हेमबहादुर मल्ल सम्मान’ले...

वि.सं.२०८२ असार २६ बिहीवार २३:००

  काठमाडौं । नेपाल जनप्रशासन सङ्घले यस वर्ष ‘हेमबहादुर मल्ल...