CG Electronics
IME Life
Ncell NPL

युनाईटेड फाईनान्सको भिसा डेविट कार्ड र एटीएम सेवा शुरु

NIMB
Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं – युनाईटेड फाईनान्स लिमिटेडको नर्भिक ईन्टरनेशनल अस्पताल भित्र रहेको एटीएम लाउञ्जमा अत्याधुनिक प्रविधि सहित टचस्क्रिन एटीएम मेसिनको शुरुवात गरिएको छ ।

उद्घाटन कम्पनीका संचालक विष्णु कुमार अग्रवालले विधिवत रुपमा गरेका थिए ।

उक्त एटीएमवाट कुनै पनि बैंक तथा वित्तिय संस्थाले जारी गरेका भिसा डुबट कार्ड प्रयोग गरी रकम झिक्न सकिने छ ।

त्यसै गरी फाईनान्स कम्पनीहरुमा पहिलोपल्ट अत्यन्त सुरक्षित मानिएको चिपमा आधारित भिसा डेबिट कार्ड कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनन्द बहादुर श्रेष्ठद्धारा विधिवत रुपमा शुभारम्भ गरियो ।

उक्त समारोहमा युनाईटेड फाईनान्सका सञ्चालकहरु तथा उच्च पदाधिकारीहरु लगायत अन्य कर्मचारी र शुभचिन्तकहरुको उपस्थिति थियो ।

यस कम्पनिले विगत दुई दशक देखि निरन्तर रुपमा ग्राहकहरुको चाहना तथा मागलाई मध्येनजर गरी समय सापेक्ष विभिन्न प्रकारका वित्तिय सेवाहरु थप गर्दै ग्राहकहरुको सेवा प्रति सदैव क्रियाशील रहदै आएको जनाएको छ ।

विगत २३ वर्षदेखि संचालित यूनाईटेड फाईनान्स लिमिटेडले हालसम्म कूल निक्षेप रु. ५ अर्ब ६० करोड संकलन गरि सोहि अवधिमा विभिन्न क्षेत्रमा रु. ५ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ ।

त्यसैगरि यस फाइनान्सको चुक्ता पूँजी रु. ८० करोड ५ लाख रहेको छ ।

यस फाईनान्स कम्पनिको मुख्य कार्यालय दरबार मार्ग, काठमाडौंमा अवस्थित छ ।

मुख्य कार्यालय लगायत कम्पनीले आफ्नो सेवा विराटनगर, बुटवल, नेपालगंज, पोखरा, नारायणघाट, दाङ्ग, वीरगंज, बिर्तामोड, दमक, ईलाम, सुर्खेत र काठमाडौंको न्यूरोड , कालीमाटी र भक्तपुरको गठ्ठाघरबाट समेत प्रदान गरिरहेको छ ।

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई पुनस्र्थापना र स्वरोजगारका कार्यक्रम ल्याइने

सुकुम्बासी व्यवस्थापनमा महानगरको विशेष योजना : विस्थापितहरुलाई...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:४०

काठमाडौं । काठमाडौं महानगरपालिकाले नदी किनारका सुकुम्बासी बस्ती हटाउने कार्यसँगै...

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श गर्ने

रामचन्द्र पौडेलले अध्यादेश सिफारिसपछि संविधानविद्हरूसँग आज परामर्श...

वि.सं.२०८३ वैशाख १७ बिहीवार ०९:३६

काठमाडौं । सरकारले संसद् रोकेर अध्यादेश सिफारिस गरेपछि राष्ट्रपति रामचन्द्र...

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग : पेट्रोलियम पदार्थमा लाग्ने ६ प्रकारका कर हटाउन आग्रह

जेन्जी अगुवा मिराज ढुङ्गाना समूहको माग :...

वि.सं.२०८३ वैशाख १६ बुधवार २३:१०

  काठमाडौं । जेन्जी अगुवा मिराज ढुङ्गाना लगायतको समूहले पेट्रोलियम...

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

नेपाल बिजनेस समिटको सह–आयोजकमा नियार्त ब्यवसायी महासंघ

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:२५

काठमाडौं । नेपाल बिजनेस समिटको दोस्रो संस्करणमा निर्यात व्यवसायी महासंघ...

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ, गएकालाई रमाना देऊ

सामान्यको निर्देशनः सरुवा आएका कर्मचारीलाई हाजिर गराऊ,...

वि.सं.२०८३ वैशाख १६ बुधवार २२:०६

  काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न...

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’ बनाउने मन्त्री चौधरीको निर्देशन

कृषि अनुसन्धानलाई उच्च प्राथमिकता, किसानको खेतमै ‘ल्याब’...

वि.सं.२०८३ वैशाख १६ बुधवार २१:४३

  काठमाडौँ । कृषि तथा पशुपन्छी विकास र वन तथा...