सिटिजन्स बैंक र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरबीच सहकार्य

Friday Jul 13, 2018
वि.सं.२०७५ असार २९ शुक्रवार ०४:१७
काठमाडौं–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टर चाबहिलबीच स्वास्थ्य सेवामा सहकार्य गर्नेसम्बन्धीसमझदारीपत्रमा हस्ताक्षर भएको छ ।
बैंकका प्रमुख संचालन अधिकृत पारस कुमार काफ्ले र अस्पतालका म्यानेजिङ्ग डाइरेक्टरसुरज बलाया श्रेष्ठले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरे ।
यस सम्झौता पश्चात बैंकका डेबिट÷क्रेडिट कार्डवाहक तथा कर्मचारीहरुले दिर्घायु गुरु अस्पताल एण्ड रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउँनेछन् ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ७४ वटा शाखा, ७० वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।