पोखरामा कैलाश विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम

Friday Jul 13, 2018
वि.सं.२०७५ असार २९ शुक्रवार ०४:२०
काठमाडौं–कैलाश विकास बैंक लि.को सहयोगमा रत्नपूरी बचत तथा ऋण सहकारी संस्थाका शेयरधनीहरुलाई वित्तीय जानकारी प्रदान गर्ने उद्देश्यले वित्तीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा ७ मा अवस्थित हिमाञ्चल बोर्डिङ स्कुलको सभा हलमा सम्पन्न उक्त कार्यक्रममा रत्नपूरी बचत तथा ऋण सहकारी संस्थाका १०० भन्दा बढि शेयरधनीले भाग लिएका थिए ।
कार्यक्रममा सहजकर्ता सुर्य प्रसाद तिवारीले बैंक तथा वित्तीय संस्थाको महत्व, बैंकिङ जनचेतना, यसका फाईदा, बैंकले कसरी कार्य गर्दछ भन्ने कुरालाई प्रष्ट पार्दै अहिलेको विद्यमान समस्या तथा चुनौतीका साथै हाल भैरहेका बैंकिङ्ग फ्रड तथा यसबाट बच्न अपनाउनु पर्ने उपायहरुको बारेमा जानकारी प्रदान गरे ।
बैंकका सहायक महाप्रवन्धक सूर्यप्रसाद तिवारीले बैंकले ५३ वटा शाखाबाट र २५ वटा एटिएमबाट बैंकिङ सेवा प्रदान गदै आएको र निकट भविष्यमानै थप शाखामार्फत सेवा प्रदान गर्ने कुराको जानकारी दिए ।
२ अर्ब ५२ करोड चुक्ता पूँजी रहेको बैंकको २२ अर्ब ०३ करोड निक्षेप तथा १९ अर्ब ६५ करोड ऋण लगानी भएको छ ।