CG Electronics
IME Life
NIMB

किसानसँग ३५ रुपैयाँमा किनेको काउली कालिमाटीमा ११० मा बिक्री, बजारमा चार गुणा महँगो तरकारी

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

कालिमाटी तरकारी बजारमा सोमबार दिनभर तनाव भयो । व्यापारीले चरम कालोबजारी गरेको सूचना पाएपछि मिर्मिरेमै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकारी बजार अनुगमनमा पुगे । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवको ठाडो निर्देशनमै अनुमगमन टोली पुगेको थियो ।

तर, विभागका अधिकृत दीपकराज पोखरेल नेतृत्वको उपभोक्ता अधिकारकर्मीको टोलीलाई अनुगमन सहज भएन । बजारका स्टलमा तरकारीको भाउ बुझ्दै हिँड्दासम्म कुनै समस्या थिएन । जब तरकारी बोकेको एउटा ट्रकसँग बिलबिजक मागियो, अनि लफडा सुरु भयो ।

ट्रकले बिलबिजक देखाएन । अनुगमन टोलीले ट्रकमा भएको फर्सी र काँक्रा बेच्न रोकिदियो । एकैछिनमा व्यवसायी अनुगमन टोलीविरुद्ध उर्लिए । उनीहरूले अनुगमन सदस्यलाई कालिमाटीमै थुन्नेसम्मको प्रयास गरे । प्रहरीले टोलीलाई थुनिनबाट जोगायो, दुई व्यवसायीलाई पक्राउ ग(यो ।

यति लफडा हुँदासम्म बिहानको १० बजिसकेको थियो । साढे १० बजेतिर मन्त्री मातृका यादव, मन्त्रालयका सचिवलगायतको टोली पनि पुग्यो । अनुगमनलाई निरन्तरता दिए ।

किसानका खेतदेखि कालिमाटी बजारसम्म अनुगमन
अनुगमन समितिले कालिमाटीमा तरकारी ल्याइने मुख्य जिल्लाका किसानको खेतमै पुगेर अनुगमन गरेको थियो । धादिङ, मकवानपुर, ललितपुरलगायत जिल्लाका किसानले खेतबाट बेच्ने तरकारीको मूल्य र कालिमाटी बजारमा उही तरकारीको मूल्यमा व्यापक अन्तर भेटिएको छ ।

‘कृषकको खेतबाट १८ रुपैयाँदेखि ३५ रुपैयाँसम्ममा काउली बेचिएको पाइयो,’ वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दीपकराज पोखरेलले भने, ‘त्यही तरकारी कालिमाटी बजारमा आइपुगेपछि १ सय १० रुपैयाँ प्रतिकिलोसम्म बेचिएको पाइएको छ ।’

किसानको खेतदेखि तरकारी बजारसम्म आइपुग्दा तरकारीको मूल्य चारगुणासम्म बढेको पाइएको अनुगमन टोलीमा सहभागी उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सिनाले बताए । ‘तरकारी व्यापारका बिचौलियाको धेरैवटा तह पाइएको छ,’ उनले भने, ‘यसले गर्दा तरकारी उत्पादक किसान र उपभोक्ता दुवै ठगिने तथा बिचौलियाले मात्र अनुचित लाभ कमाउने अवस्था देखिएको छ ।’

विगत डेढ दशकदेखि कालिमाटीलगायत तरकारी बजारको अनुगमन गर्ने गरिएको छ । अनुगमनका क्रममा अनेक बेथिति देखिने पनि गरेका छन् । तर, तरकारी उत्पादक किसान र उपभोक्ता ठगिने अवस्थाको अन्त्य अझै हुन सकेको छैन ।

सरकारी टोलीको अनुगमनमा १२ घन्टा

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अधिकृत दीपकराज पोखरेलको नेतृत्वमा उपभोक्ता अधिकारकर्मीसहितको टोली कालिमाटी तरकारी बजार प्रवेश । २ घन्टा होलसेल बजारका स्टलमा तरकारीको मूल्य र गुणस्तरको अनुगमन ।

फर्सी र काँक्रो अनलोड गर्दै गरेका दुई ट्रकका तरकारी व्यवसायीसँग बिलबिजक माग । बिलबिजक फेला नपरेपछि उक्त ट्रकमा ल्याइएको फर्सी र काँक्रा बेच्न रोक । ट्रक प्रहरीको जिम्मा । तरकारी बेच्न रोकिएपछि दुई घन्टा व्यवसायी विरोधमा ।

बसेरै छलफल गरौँ भन्दै तरकारी व्यवसायी संघका अध्यक्ष तथा पदाधिकारीद्वारा बजार विकास समितिको कार्यकक्षभित्र अनुगमन टोलीलाई बोलावट । सामान्य छलफल । समिति पदाधिकारीद्वारा अनुगमन टोलीलगायत उपस्थितलाई चियापान ।

समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेलको उपस्थिति । समितिको सोही भवनको माथिल्लो तलामा रहेको आफ्नो कार्यकक्षमा बसेर छलफल गर्न बोलावट । अनुगमन टोली पदाधिकारी समितिको कार्यालयमा । व्यवसायी जम्मा भएर समितिको भवनभित्र रहेका अनुगमन टोलीलाई घेराबन्दी गर्दै प्रवेशद्वार बन्द ।

प्रहरीले समिति भवनको प्रवेशद्वार खोल्यो । प्रहरीकै सुरक्षा घेरामा अनुगमन टोली समितिको भवनबाट बाहिरियो । प्रहरीले सुरक्षा बढायो । तरकारी व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र व्यवसायी उज्ज्वल ढुंगाना पक्राउ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव, मन्त्रालयका सचिवलगायतको टोली कालिमाटी तरकारी बजार अनुगमनमा । अनुगमन टोली र समितिका पदाधिकारीसँग छलफल । बजार अवलोकन । समितिका पदाधिकारी नै व्यापारीसँग मिलेर उपभोक्तालाई मारमा पारेको भन्दै आक्रोश । ठगी रोक्न नसकेको भन्दै तरकारी बजार विकास समितिका कार्यकारी निर्देशक तेजेन्द्रप्रसाद पौडेललगायत समितिका पदाधिकारीसँग आक्रोशित हुँदै ठगी नियन्त्रणमा लाग्न निर्देशन । बिलबिजकविनाका तरकारी बजारभित्र छिर्नै नदिन निर्देशन ।

नियमित अनुगमनको निर्देशन समिति, मन्त्री यादवसहित मन्त्रालयको टोली मन्त्रालय फिर्ता । अनुगमन टोली वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल फिर्ता । विभागमा छलफल । बिहानको अनुगमनमा पाइएका विषय र आगामी कदमबारे मन्त्रालयका सहसचिव नवराज ढकाल, वाणिज्य विभागका महानिर्देशक योगेन्द्र गौचनलगायतबीच चार घन्टा छलफल ।
अनुगमनलाई नियमित गर्ने सहमतिसहित छलफलको टुंगो ।

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका पिकअप गाडीमा थपिएका सिटबारे निर्देशनात्मक आदेश जारी

उच्च अदालत पाटनद्वारा प्रहरी र सशस्त्र प्रहरीका...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:४०

  काठमाडौँ । उच्च अदालत पाटनले प्रहरी तथा सशस्त्र प्रहरी...

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम भइरहेको छ : सांसद एवं रास्वपा कोषाध्यक्ष अधिकारी

आर्थिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने गरी काम...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:१३

काठमाडौँ । नेपाल महिला चेम्बरको आयोजनामा ‘उद्यमशीलता: चुनौती, सुधार र...

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान गर्न सरकारसँग चेम्बरको आग्रह

निर्माण क्षेत्र सङ्कटमा परेको भन्दै समस्या समाधान...

वि.सं.२०८३ जेठ १४ बिहीवार २१:०६

निर्माण क्षेत्रमा बढ्दो लागत, ढिलो भुक्तानी तथा प्रशासनिक जटिलताका कारण...

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को प्रतिवेदन सार्वजनिक, कमजोर नियमनले जनविश्वास गुमेको निष्कर्ष

‘सहकारीमा भएको बेथिति जाँचबुझ आयोग, २०८२’ को...

वि.सं.२०८३ जेठ १४ बिहीवार ०९:४८

  काठमाडौं । सहकारी क्षेत्रमा देखिएको वित्तीय अनियमितता, बचतकर्ताको रकम...

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने खतरा बढेको छ : अध्यक्ष शर्मा

अहिलेको संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति...

वि.सं.२०८३ जेठ १३ बुधवार २२:२४

  काठमाडौं । पत्रकार महासंघकी अध्यक्ष निर्मला शर्माले वर्तमान संविधानले...

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ ९००१ र १४००१ को मान्यता

एनसेलले पायो गुणस्तर र वातावरण सम्बन्धी आईएसओ...

वि.सं.२०८३ जेठ १३ बुधवार २१:३१

  एनसेलले प्रतिष्ठित आईएसओ ९००१ र १४००१ मान्यता प्राप्त गरेको...