CG Electronics
IME Life
NIMB

आज रातिबाट डिभि खुल्ला, फर्म भर्दा के गर्न हुँदैन ?

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौं-  सन् २०२० को लागि इलेक्टोनिक्स डाइभर्सिटी भिसा (डिभी) आजदेखि भर्न सकिने भएको छ।

नेपाली समय अनुशार आज राती पौने १० बजेदेखि डिभि लोटरी भर्न सकिने छ। लोटरी अक्टोबर ३, २०१८ (२०७५ असोज १७) देखि नोभेम्बर ६, २०१८ (२०७५ कार्तिक २०) को राति १०:४५ सम्म भर्न सकिने छ। आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्दछौँ अमेरिकी सरकारले प्रोत्साहन गरेको छ।

 

 

एक जना व्यक्तिले एक भन्दा बढी डिभि आवेदन दिएमा स्वत बदर हुने छ। यस्तै आवेदन आफै भर्न र यसको लागि शुल्क खर्च नगर्न समेत सुझाव दिएको छ।

 

 

अक्टोबरको ३ देखि डिभी लोटरी भर्नेहरुको रिजल्ट मे ७ २०१९ बाट आउन थाल्नेछ। डिभी लोटरी भर्नका लागि कुनै शुल्क बुझाउनु पर्दैन।  www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम निशुल्क भर्न सकिने छ।

 

 

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नु परे पनि छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना भने पठाइँदैन।

 

डिभी विजेताका रूपमा छानिँदैमा भिसा पाइने कुरा यसले प्रत्याभूत गर्दैन। भिसाका लागि अन्तर्वार्ता दिने मौका पाएमा कन्सुलर अफिसरले आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डिभीका लागि ति व्यक्ति योग्य छन् कि छैनन् भन्ने निर्क्यौल गर्ने छन्।

 

यसरी गर्नु भयो भने आवेदन अयोग्न हुने छ

 

पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ। उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ।

• परिवारका अयोग्य सदस्यको विवरण समावेश गर्न नहुने : सन् २०२० को डाइभर्सिटी भिसा कार्यक्रमका हकमा एक नयाँ नीतिगत परिवर्तन गरिएको छ, जसअनुसार मुख्य आवेदकले अयोग्य पति/पत्‍नी वा सन्तानको विवरण समावेश गरी पेश गरेको आवेदन अबदेखि अयोग्य ठहरिनेछ।
• एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ। एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन्।

 

• हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ। फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ। फोटो खिच्दा आवेदकहरूले चश्मा वा टोपी लगाउनु हुँदैन।

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी असोजमा हुँदै

‘दिगोपनाका लागि हरियाली’ नारासहित ९ औं नेपाल...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:१५

  काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ र...

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम अचिभमेन्ट अवार्ड’, अन्यलाई सम्मान

एभरेस्ट टुरिजम अवार्ड : शेर्पालाई ‘लाइफ टाइम...

वि.सं.२०८३ जेठ १६ शनिवार १६:०५

  काठमाडौं । एभरेस्ट टुरिजम अवार्ड २०२६ को अवसरमा सगरमाथा...

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष...

वि.सं.२०८३ जेठ १६ शनिवार १५:५०

  काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन...

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:४०

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान...

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका लागि आयो : दुर्गा प्रसाईं

बजेट गरिबका लागि होइन, निजी क्षेत्र सिध्याउनका...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३३

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले शनिबार पत्रकार सम्मेलन गर्दै...

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक संकेत, तर कार्यान्वयन प्रमुख चुनौती

अध्यक्ष दाहालको बजेटप्रति धारणाः कृषि–पशुपालन क्षेत्रमा सकारात्मक...

वि.सं.२०८३ जेठ १६ शनिवार १४:३०

  काठमाडौं । नेपाल डेरी एसोसिएसनका अध्यक्ष तथा कृषि अभियन्ता...