CG Electronics
IME Life
NIMB

बजेटले बजार चलायमान बनाउने अपेक्षा : अध्यक्ष अञ्जन श्रेष्ठ

NIMB
Himalayan Bank

 

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अध्यक्ष अञ्जन श्रेष्ठले मुलुक अझै चुनौतीपूर्ण आर्थिक अवस्थाबाट गुज्रिरहेको बताएका छन् । नेपाल जग्गा तथा आवास विकास संघ को १९औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले व्यवसायीहरूले कठिन परिस्थितिमा पनि संघर्ष गर्दै अघि बढ्न खोजिरहेको बताए ।

उनले देशमा रोजगारीका लागि विदेश जानुपर्ने, उपभोगका वस्तु विदेशबाट आयात गर्नुपर्ने तथा आम्दानीको प्रमुख माध्यम घरजग्गा कारोबार बन्ने धारणा बलियो बन्दै गएको उल्लेख गरे ।

उनले भने, ‘मुलुक चुनौतीपूर्ण स्थितीमै छ । हामी व्यवसायीहरु जे जस्तो भए पनि टण्डिएर हिड्न खोज्छौं । यो देशमा रोजगारीको लागि विदेशै जानुपर्ने, उपभोगको लागि विदेशबाटै ल्याउनुपर्ने, पैसा कमाउन घरजग्गाकै कारोवार गर्नुपर्ने हो की क्या हो ? अन्यमा खासै पैसा कमाउन सकिएन भन्ने भाष्य छ ।’

उनले अन्य उत्पादनशील क्षेत्रको तुलनामा घरजग्गा कारोबारबाट बढी आम्दानी हुने भाष्य समाजमा स्थापित हुँदै गएको टिप्पणी गरे ।

अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटमा केही सकारात्मक पक्ष समेटिएको पनि बताए । उनका अनुसार सरकारले आयकरको दर केही घटाउने प्रयास गरेको छ भने मध्यम आय भएका वर्गलाई प्रोत्साहन गर्ने व्यवस्था ल्याएको देखिन्छ । साथै युवामुखी कार्यक्रम र सूचना प्रविधि (आईटी) क्षेत्रलाई प्रोत्साहन गर्ने नीति पनि बजेटमा समावेश गरिएको उनले बताए ।
उनले भने, ‘अहिले बजेटमा केही राम्रो आएको छ ।

आय करको दरहरु अलिकति घटाउन खोजेको छ । मध्यम आयस्तरलाई अलिकति प्रोत्साहन गर्न खोजेको जस्तो लाग्छ । युवालाई प्रोत्साहन गर्न खोजेको जस्तो देखिन्छ । आइटीमा पनि प्रोत्साहन गरेको देखिन्छ । पूर्वाधारमा पनि केही खर्च बढाउने किसिममा गएको छ ।

यो वर्ष धेरै पछि भनौं कमसेकम पूँजीगत खर्चको विकास बजेट बढाएको छ । १ खर्बले भए पनि बढाएको छ । त्यही भएको कारणले सरकारले अलिकति खर्च बढाउन खोजेको हो की ? बजार चलायमान भएन भन्ने कुराहरु सम्बोधन गर्छ की जस्तो लाग्छ । ’
पूर्वाधार विकासमा खर्च बढाउने संकेत बजेटले दिएको उल्लेख गर्दै श्रेष्ठले पूँजीगत खर्चतर्फको विकास बजेट अघिल्ला वर्षहरूको तुलनामा वृद्धि गरिएको बताए ।

सरकारले खर्च बढाउने नीति अवलम्बन गरेसँगै आर्थिक गतिविधि विस्तार हुने र सुस्त रहेको बजार चलायमान बन्ने अपेक्षा गर्न सकिने उनको भनाइ थियो । उनले बजेटका यी व्यवस्थाले बजारमा देखिएको मन्दी र आर्थिक सुस्ततासम्बन्धी चिन्तालाई केही हदसम्म सम्बोधन गर्न सक्ने विश्वास व्यक्त गरे ।

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

काठमाडौं महानगरमा १,९१२ सहकारीमध्ये ६६७ मात्रै नवीकरण

वि.सं.२०८३ साउन १७ आइतवार ०९:३४

  काठमाडौं । काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार...

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई बिल दर्ता गराउन आह्वान

करदाता प्रोत्साहन पोर्टल सञ्चालनमा,नगदमा कारोबार गरेका उपभोक्तालाई...

वि.सं.२०८३ साउन १७ आइतवार ०९:२४

काठमाडौँ। आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...