CG Electronics
IME Life
NIMB

बजेटको ब्रान्डिङ राम्रो भए पनि स्रोत व्यवस्थापनमा कमजोरी : पूर्व अर्थमन्त्री पुन

NIMB
Himalayan Bank

काठमाडौं । पूर्व अर्थमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटलाई अवास्तविक र अस्वाभाविक रूपमा बढाइएको भन्दै आलोचना गरेका छन्।

शुक्रबार बजेट भाषणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले बजेटको आकार करिब साढे २१ खर्ब पु¥याइनु यथार्थपरक नभएको टिप्पणी गरे। विगतमा पनि बजेट अनुमान र वास्तविक खर्चबीच ठूलो अन्तर रहने गरेको उल्लेख गर्दै उनले अहिलेको बजेट पनि त्यसै प्रवृत्तिको निरन्तरता भएको दाबी गरे।

पुनले वर्तमान बजेटलाई ‘फुलेको र वितरणमुखी’ भन्दै यसले अर्थतन्त्रको वास्तविक क्षमता अनुसार भार धान्न नसक्ने बताएका छन्। अनुदान, छुट र सामाजिक सुरक्षा विस्तार सकारात्मक भए पनि त्यसका लागि आवश्यक स्रोत सुनिश्चित नभएको उनको भनाइ छ। उनले सरकारले आगामी स्थानीय निर्वाचनलाई ध्यानमा राखेर लोकप्रिय कार्यक्रमहरू बढाएको हुन सक्ने आरोपसमेत लगाए। ‘साना–साना वितरणमुखी कार्यक्रममार्फत जनमत प्रभावित गर्ने प्रयास देखिन्छ,’ उनले भने।

कृषि, रोजगारी र युवा लक्षित कार्यक्रमहरू बजेटमा उल्लेख्य रूपमा नआएको उनको आलोचना छ। वैदेशिक रोजगारीबाट फर्किएका युवालाई देशभित्र रोजगारी सिर्जना गर्ने स्पष्ट योजना नदेखिएको उनले बताए।

ऋण व्यवस्थापनबारे टिप्पणी गर्दै पुनले आन्तरिक ऋण बढाएर खर्च धान्ने प्रवृत्ति दीर्घकालीन रूपमा जोखिमपूर्ण हुने चेतावनी दिए। यद्यपि उनले बजेटमा समेटिएका केही विकास तथा पर्यटनसम्बन्धी कार्यक्रमहरू सकारात्मक रहेको उल्लेख गरे। प्रदेशस्तरीय ब्रान्डिङ, पर्यटन प्रवद्र्धन तथा पूर्वाधार विकासका योजनालाई उनले स्वागतयोग्य भन्दै प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोमा जोड दिए।

समग्रमा उनले बजेटलाई ब्रान्डिङ राम्रो भए पनि कार्यान्वयन र स्रोत व्यवस्थापनमा कमजोर रहेको टिप्पणी गरेका छन्।

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो चिन्ता व्यक्त, शान्ति र सद्भाव कायम राख्न अपिल

तराईका घटनाप्रति नेपाल चेम्बर अफ कमर्सबाट गहिरो...

वि.सं.२०८३ साउन १६ शनिवार १३:१२

काठमाण्डौं, श्रावण १४ । नेपाल चेम्बर अफ कमर्सले तराईका केही...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित ‘आउटस्ट्यान्डिङ अवार्ड’बाट सम्मानित

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ प्रतिष्ठित...

वि.सं.२०८३ साउन १६ शनिवार १३:०६

  काठमाडौं । नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई...

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ उचाइमा पुर्‍याउनुपर्नेमा निवर्तमान अध्यक्ष मल्लको जोड

नेपाल-जापान सम्बन्धलाई व्यापार, लगानी र प्रविधिमार्फत नयाँ...

वि.सं.२०८३ साउन १६ शनिवार १२:५३

  काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र...

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको छ हाम्रो मित्रता : मदनकृष्ण श्रेष्ठ

विश्वास, सम्मान र समझदारीले ४६ वर्षदेखि टिकिरहेको...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:३१

  काठमाडौं । अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरि मनाइँदैछ । प्रत्येक...

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई प्राप्त

सभामुखबाट छानबिन समितिको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि...

वि.सं.२०८३ साउन १४ बिहीवार ०८:२६

  काठमाडौं। प्रतिनिधिसभाको गत जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिसम्बन्धी...

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

उत्पादकबाट उपभोक्तासम्म प्रत्यक्ष पहुँच गराउने ‘चाइनाबजार’ सञ्चालनमा

वि.सं.२०८३ साउन १३ बुधवार २३:४३

काठमाडौं । चीनका उत्पादकबाट नेपाली उपभोक्तासम्म प्रत्यक्ष रूपमा सामान उपलब्ध...