Laxmi Sunrise Bank Limited
NIMB
TATA Banner

फेसबुकमार्फत हङकङमा रहेकी युवती ठगी गर्ने पक्राउ

Laxmi Sunrise Bank Limited
Sanima Bank
Himalayan Bank
TATA Banner

 

प्रहरीले फेसबुकमार्फत साथी बनाई ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङ घर भएका रोजन छन्त्याल रहेका छन् ।

महानगरीय प्रहरी वृत, महाराजगञ्जका प्रमुख डिएसपी फडिन्द्र प्रसाईंका अनुसार छन्त्याललाई नयाँ बसपार्क क्षेत्रबाट गत असोज ११ गते पक्राउ गरिएको हो ।

अस्ट्रेलिया छु भन्दै हङकङमा रहेकी एक नेपाली युवती सिता (नाम परिवर्तन) लाई छन्त्यालले फेसबुकमा साथी बनाई ४ लाख ९० हजार ठगेको डिएसपी प्रसाईले जानकारी दिए ।

फेसबुकमा पटक–पटक कुराकानी हुने थालेपछि छन्त्यालले सिताको मन जित्ने काम गर्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ । छन्त्यालले सितालाई छिटै नै बिहे गर्ने आश्वासन पनि दिएको डिएसपी प्रसाईंले बताए ।

छन्त्यालले ठगी गरेको थाहा पाएपछि सिताले परिवारको सहयोगमार्फत हङकङबाटै निवेदन जाहेरी दिएको उनले बताए । निवेदन जारी दिएसँगै प्रहरीले छन्त्यालको खोजीकार्य तिब्र पारेको थियो ।

यस्तै छन्त्यालले अर्की एक महिलाको १ लाख रुपैयाँ पनि ठगी गरेको पाइएको उनले बताए । छन्त्याललाई ठगी मुद्दा चलाइएको छ ।

छन्त्याल एक महिनाअघि लागुऔषध कारोबारमा पक्राउ परेको र अदालतबाट १ लाख धरौटीमा छुटेका व्यक्ति हुन् । प्रहरीको अनुसन्धानबाट छन्त्याल विभिन्न धन्दामा संलग्न रहेको अनुसक्ने अनुमान गरेको छ ।

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस : चन्द्र ढकाल

लगानी प्रोत्साहनका कुरा भाषणमा मात्र सीमित नहोस...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:२३

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न सकिँदैन्’

‘सरकार र व्यवसायी नमिलेसम्म कराधार विस्तार गर्न...

वि.सं.२०८२ मंसिर १ सोमवार २२:१९

  काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले जबसम्म सरकार र करदाता...

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा विस्तार र विश्वसनीयता नै हाम्रो आधार’

नेपाल बैंकको ८९औं वार्षिकोत्सवमा सुवेदी : ‘सेवा...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:११

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष शर्माले स्थायित्व र विश्वसनीयतामा जोड दिए

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, अध्यक्ष...

वि.सं.२०८२ मंसिर १ सोमवार २०:०३

  काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आइतबार...

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे : ‘डिजिटल रूपान्तरण नै हाम्रो प्रमुख प्राथमिकता’

८९औं वार्षिकोत्सवमा नेपाल बैंकका सिईओ पाण्डे :...

वि.सं.२०८२ मंसिर १ सोमवार १९:४९

  काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्नो ८९औं वार्षिकोत्सव आइतबार...

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा गर्ने लक्ष्य छ : मीन बहादुर गुरुङ

देश बनाउनका लागि धेरैभन्दा धेरै राजस्व जम्मा...

वि.सं.२०८२ मंसिर १ सोमवार १८:२६

काठमाडौं । भाटभटेनी सुपर मार्केटका सञ्चालक एवम व्यवसायी मीनबहादुर गुरुङले...