नायिका बेनिशालाई बैंकका सिइओले नगरकोट जाउँ भनेपछि
Monday Oct 29, 2018
वि.सं.२०७५ कात्तिक १२ सोमवार ०३:२१

काठमाडौं । चर्चित व्यक्तिहरुबाट हुने यौन हिंसाको बारेमा यतीबेला विश्वभरी बहस भइरहेको छ । विश्वभरी चलेको मिटू अभियानले धेरैको जागिर समेत गइसकेको छ । नेपालमा पनि कतिपय महिलाहरुले आफुहरुमाथि यौन हिंसाबारे बताउन थालेका छ ।
नायिका बेनिशा हमालले पनि आफुमाथि त्यस्तो प्रस्ताव आएकी बताएकी छिन् । एक बैंकका सिइओले नगरकोट घुम्न जाने प्रस्ताव राखेको उनको भनाई छ ।
एक अन्र्तवार्तामा उनले भनेकी छिन्– एक बैंकको लागि गरिएको फोटोसुट सकिए लगत्तै कफी खाने क्रममा सो फोटोसुटका कोर्डिनेटरले बैंकका सीईओले नगरकोट जाने भने तर मैले ती व्यक्तिलाई चड्कन हाने ।’ ती बैंकरको नाम भने उनले खुलाउन चाहिनन्
उक्त समयमा म मा त्यति हिम्मत थिएन कि यो कुरा मेरो परिवारलाई सेयर गर्न सकुँ, कहाँ, कसलाई के भन्ने भन्ने बारेमा म अनविज्ञ थिएँ ।’ परिवारले त्यही देख्नका लागि यो फिल्डमा गएको होइन भनेर गालि गर्ने डरका कारण उक्त कुरा भन्न नसकेको उनको भनाई थियो ।



























