CG Electronics
IME Life
NIMB

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द महासागरमा पहुँचले नेपाललाई “अप्रत्यक्ष रूपमा समुद्री देश” बनाउने बताएकी छन्। उनले १०–१२ अप्रिल २०२६ मा मौरिससमा आयोजित ९औँ हिन्द महासागर सम्मेलनमा नेपालको समुद्री चासो र रणनीतिक अवस्थाबारे प्रकाश पारेकी हुन्।

“समुद्री कानून र शासन” विषयक सत्रमा बोल्दै कार्कीले भूपरिवेष्ठित भए पनि समुद्रमा निर्भर देशका रूपमा नेपालको विशिष्ट अवस्थालाई उल्लेख गरिन्। नेपाल–भारतबीचको खुला र सहज सीमाका कारण नेपाली नागरिकहरूलाई भिसा वा राहदानी बिना आवतजावत गर्न पाइने व्यवस्था रहेको उनले बताइन्।

यसले नेपाललाई भारतीय भूभाग हुँदै हिन्द महासागरसम्म पहुँच पुर्‍याउने भएकाले नेपाललाई “अप्रत्यक्ष समुद्री देश” का रूपमा बुझ्न सकिने उनको भनाइ थियो।

कार्कीले नेपालको अन्तर्राष्ट्रिय व्यापार समुद्री मार्गमा अत्यधिक निर्भर रहेको उल्लेख गर्दै आयात–निर्यातको ठूलो हिस्सा भारतका कोलकाता र विशाखापट्टनम बन्दरगाहमार्फत हुने जानकारी दिइन्। उनले हिन्द महासागर क्षेत्रमा स्थिरता र सहकार्य नेपालको आर्थिक सुरक्षाका लागि अत्यन्त महत्वपूर्ण रहेकोमा जोड दिइन्।

उनले नेपालको विदेश नीतिले रणनीतिक स्वायत्ततालाई प्राथमिकता दिने उल्लेख गर्दै भूराजनीतिक प्रतिस्पर्धाबाट टाढा रहँदै आर्थिक सहकार्यलाई प्राथमिकता दिने नीति रहेको बताइन्।

सो अवसरमा उनले हिन्द महासागर र इन्डो–प्यासिफिक क्षेत्रका विषयमा NIICE को सक्रियताबारे पनि चर्चा गरिन्। उनका अनुसार संस्थाले ५० भन्दा बढी छलफल कार्यक्रम आयोजना गरिसकेको छ र “नेपाल्स आउटलुक टु द इन्डो–प्यासिफिक” जस्ता प्रकाशनमार्फत नीतिगत बहसमा योगदान दिँदै आएको छ।

त्यसैगरी, उनले NIICE को प्रमुख कार्यक्रम “इन्डो–प्यासिफिक फ्युचर फोरम” लाई महत्वपूर्ण संवाद मञ्चका रूपमा उल्लेख गरिन्, जसको पछिल्लो संस्करण “सागरलाई सागरसँग जोड्ने” विषयमा केन्द्रित थियो।

सम्मेलनको क्रममा कार्कीले मौरिससका प्रधानमन्त्री, नेपालका विदेशमन्त्री, बिमस्टेकका महासचिव तथा भारतका उच्च अधिकारीहरूसँग भेटवार्ता समेत गरेकी थिइन्।

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र चलायमान राखेको छ : चेम्बर अध्यक्ष अग्रवाल

कठिन आर्थिक अवस्थामा पनि निजी क्षेत्रले अर्थतन्त्र...

वि.सं.२०८३ असार ४ बिहीवार २३:५१

  काठमाडौं, असार ४ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष...

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज खनाल निर्वाचित

नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

वि.सं.२०८३ असार ३ बुधवार ०९:२०

  काठमाडौं । नेपाल सामान ढुवानी व्यवसायी संघको अध्यक्षमा अच्युतराज...

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी र गुनासो व्यवस्थापनमा उल्लेख्य सुधार

नागरिक संवादको थलो बन्दै ‘हेलो सरकार’: उजुरी...

वि.सं.२०८३ असार ३ बुधवार ०८:५१

  काठमाडौँ । सेवा प्रवाहमा नागरिकका गुनासा, सुझाव, जिज्ञासालाई राज्य...

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले लगानी गर्न सकेका छैनन् : मनोज ज्ञवाली

प्रष्ट नीति नहुँदा बैंकहरुले शैक्षिक क्षेत्रमा ढुक्कले...

वि.सं.२०८३ असार ३ बुधवार ०८:०८

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज ज्ञवालीले...

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको अनुगमन, दशौँ राष्ट्रिय खेलकुद समयमै गर्ने प्रतिबद्धता

शिक्षा तथा खेलकुद मन्त्री पोखरेलद्वारा कर्णाली रङ्गशालाको...

वि.सं.२०८३ असार ३ बुधवार ०८:००

  काठमाडौं — शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल ले...

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका ७० विद्यार्थीलाई स्कुल ब्याग वितरण

कामना सेवा विकास बैंकद्वारा बुटवल माध्यमिक विद्यालयका...

वि.सं.२०८३ असार ३ बुधवार ०७:५१

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...