CG Electronics
Ncell NPL
NIMB

प्रधानमन्त्रीका नीजी चिकित्सक भन्छिन् : थप उपचारका लागि विदेश लैजानु पर्दैन

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सक डा दिब्या सिंहले उनलाई थप उपचारका लागि विदेश लानु नपर्ने बताएकी छिन् ।

ओलीको स्वास्थ्यमा सुधार हुँदै गएको र थप उपचारका लागि विदेश लैजानु पर्ने अवस्था नरहेको सोमबार त्रिवि शिक्षण अस्पतालमा आयोजित पत्रकार सम्मेलनमा बताइन् ।

 

सिंहले प्रधानमन्त्रीको छातिमा संक्रमण देखिनुको साथै चिनीको मात्रा बढेपछि सोमबार बिहान ४ः ३० मा त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको बताइन् ।

 

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपनि एन्टीबायोटिक औषधीको डोज पुरा नहुन्जेलसम्म अस्पतालमै राखिने उनले बताइन् ।

 

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको कार्डियोलोजी विभागका प्रमुख प्राध्यापक डाक्टर अरुण सायमीको नेतृत्वमा डाक्टर दिव्या सिंह र डाक्टरसन्त दास सम्मिलित टोली प्रधानमन्त्रीको उपचारमा खटिएको अस्पतालले जनाएको छ ।

 

प्रधानमन्त्रीको ओलीको छातीमा संक्रमण, सुगर असन्तुलित, केही दिन अस्पतालमै राखिने

 

प्रधानमन्त्री केपी शर्मा ओलीको छातीमा संक्रमण देखिनुका साथै शरीरमा चिनीको मात्र असन्तुलित भएपछि अस्पताल भर्ना गर्नुपरेको उनको उपचारमा संलग्न डाक्टरहरुले बताएका छन् ।

 

सोमबार बिहान त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी दिएको हो ।

 

अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको पनि जानकारी दिएको छ ।

 

प्रधानमन्त्री ओलीको रुघा–खोकी बढ्नुका साथै सुगर रिलेटेड इन्फेक्सन देखिएपछि आज बिहान साढे चारबजे अस्पतालमा भर्ना गरिएको थियो ।

 

प्रधानमन्त्रीको मृगौलाको ट्रान्सप्लान्ट गरिएको कारण संक्रमण नहोस् भनेर सिसियुभित्र आइसोलेटेड कोठामा राखेर उपचार भइरहेको छ ।

 

अस्पतालका अनुसार अहिले कार्डिओलोजिस्ट डा। अरुण सायामीको नेतृत्वमा सानो टिमले प्रधानमन्त्रीको उपचार गरिरहेको छ । टीमा डा दिब्या सिंह र डा। सन्त दास रहेका छन् ।

 

प्रधानमन्त्री ओलीलाई दशैँ सकिएपछि रुघा खोकीको समस्या देखिएको थियो । तर, शुक्रबार समस्या झन् बढेको थियो ।

 

शुक्रबार साँझबाट ज्वरो देखिएको थियो भने आइतबार क्याबिनेट मिटिङपछि खोकी बढेको र सुगरको मात्रा पनि बढेको अस्पतालको भनाई छ ।

 

अस्पतालले तत्कालै विदेश लानु पर्ने अवस्था नरहेको बताउँदै केही दिन अस्पतालमा राखेर उपचार गरे पछि डिस्चार्ज गर्न सकिने जनाएको छ ।

 

‘समय–समयमा इन्सुलिन दिएर चेक गर्नुपर्ने हुन्छ । यहाँ एन्टोबायोटिक दिन सजिलो हुन्छ । त्यही भएर घरमा राखेर उपचार गर्नुभन्दा एन्टिबायोटिकको डोज पुर्याएर एक–दुई दिनमा डिस्चार्ज गर्ने सोचेका छौँ,’ उनको उपचारमा संलग्न चिकित्सकले भने ।

 

यसअघि, प्रधानमन्त्री ओलीलाई भेट्न नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका थिए । अस्पताल अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको स्वास्थ्यबारे जानकारी लिएका छन् ।

 

त्यस्तै, माधव नेपाल, भीम रावल, लालबाबु पण्डित, निरु पालले अस्पताल पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अबस्थाबारे बुझेका छन् । सबैले प्रधानमन्त्रीको अवस्था सामान्य रहेको प्रतिक्रिया दिएका छन् ।

 

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...