CG Electronics
Ncell NPL
NIMB

पुनर्वहालीको माग गर्दै अस्थायी कर्मचारीहरुले दिए सिंहदरबारमै धर्ना

Citizen Life Insurance Company
Himalayan Bank
Dongfeng Motor Corporation Limited

काठमाडौं । मन्त्रालय तथा विभाग खारेजीको क्रममा बर्खास्त भएका तथा भुमिका बिहिन भएका हजारौं सरकारी अस्थायी कर्मचारीहरु आन्दोलित भएका छन् ।

पुनर्वाहलीको माग गर्दै उनीहरुले सोमबार सिंहदरबारमा धर्ना दिइरहेका छन् । आइतबारदेखि सुरु भएको उनीहरुको आन्दोलनमा २ हजारको संख्यामा कर्मचारी छन् ।दसैंअघि नै खारेजीमा परे पनि उनीहरुले दसैं सकिएपछि आन्दोलन थाले ।

 

‘अखिल नेपाल सरकारी अस्थायी करार ज्यालादारी तथा ठेकदारी कर्मचारी श्रमिक संघ’को नाममा उनीहरुले सिंहदरबारस्थित संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अघि नै धर्ना दिइरहेका छन् ।

 

शान्तिपूर्ण धर्ना र जुलुस गरिरहेका कर्मचारीहरुले तिहारसम्म पनि आफ्ना माग सुनुवाइ नभए आन्दोलन चर्को रुपमा बढाउने आन्दोलनकारी कर्मचारी विक्रमबन्धु न्यौपानेले बताए । न्यौपानेका अनुसार उनीहरुले आजै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबावु पण्डितलाई भेट गरी ज्ञापनपत्र बुझाउने छन् ।

 

श्रम ऐन अन्तरगत २ सय ४० दिनसम्म सरकारी सेवामा रहेर काम गरेका कर्मचारीलाई स्थायी, महंगी भत्ता बढाउने, बर्खास्तीमा परेकालाई पुनर्वाहली गर्नुपर्ने लगायत ६ बुँदे माग राख्दै उनीहरुले आन्दोलन थालेका हुन् ।

 

यो आन्दोलनमा देशभरी बर्खास्तीमा परेका तथा अन्य ३२ हजार कर्मचारीको साथ रहेको बताइएको छ । यस आन्दोलनको संयोजकत्व कुमार राउतले गरिरहेको बताएका छन् ।

 

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ जरिवाना

रौं भेटिएपछि एसियन बिस्कुटलाई २ लाख रुपैयाँ...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५७

  काठमाडौं । सुनसरीको दुहबीमा रहेको एसियन बिस्कुट एण्ड कन्फेक्सनरी...

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा नयाँ कार्यसमिति

चलचित्र पत्रकार संघमा पुनः समीर बलामीको नेतृत्वमा...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५५

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालको २७औँ साधारण सभा तथा...

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि विद्युतीय बिल अनिवार्य

२० करोडभन्दा बढी कारोबार गर्ने व्यवसायीका लागि...

वि.सं.२०८३ वैशाख ६ आइतवार ११:५१

काठमाडौं। अब वार्षिक २० करोड रुपैयाँभन्दा बढी कारोबार गर्ने व्यवसायीले...

पालिका र वडाको संख्या तथा सीमा हेरफेर गर्न मन्त्रालयले माग्यो सुझाव

पालिका र वडाको संख्या तथा सीमा हेरफेर...

वि.सं.२०८३ वैशाख ६ आइतवार ०७:३३

काठमाडौं । गाउँपालिका, नगरपालिका तथा वडाको संख्या तथा सीमा हेरफेरबारे...

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’: सुमित्रा कार्की

हिन्द महासागर पहुँचले नेपाल ‘अप्रत्यक्ष समुद्री देश’:...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार २३:५२

  काठमाडौँ: NIICE की निर्देशक सुमित्रा कार्कीले भारत हुँदै हिन्द...

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा व्यवस्थापकीय कठिनाइहरू क्रमशः समाधान गरिनेछन् : सभामुख अर्याल

अस्थायी संसद् भवनका कारण भएका प्राविधिक तथा...

वि.सं.२०८३ वैशाख ४ शुक्रवार १५:५६

  काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी...