CG Electronics
IME Life
NIMB

नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशकले भने अब बैंकको निक्षेपमा नाफा खाएर बस्दिँन

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा रमण नेपाल नियुक्त भएका छन् । कात्तिक २५ गते आइतबार साँझ बसेको मन्त्रिपरिषद बैठकले नेपाललाई आगामी पाँच बर्षका लागि कोषको कार्यकारी निर्देशक नियुक्त गरेको हो ।

नेपाल राष्ट्र बैंकको पूर्व निर्देशक नेपालले नागरिक लगानी कोषलाई बैंकमा निक्षेप राखेर नाफा कमाउने संस्थामा सिमित नराख्ने घोषणा गरे । ‘नागरिक लगानी कोषलाई बैंकमा निक्षेप राखेर नाफा कमाउने संस्थामा सिमित हुन दिन्न, यत्रो ठूलो पोर्टफोलियो भएको संस्थाबाट देशले पनि प्रतिफल पाउनुपर्छ भन्ने मेरो स्पष्ट प्रतिवद्धता छ’, नव नियुक्त कार्यकारी निर्देशक नेपालले भने ।

उनले कोषको प्रभावकारीता अभिवृद्धिका लागि एक आधा दर्जन योजना पनि अघि सारेका छन् । कमजोर रहेको आन्तरिक व्यवस्थापनलाई चुस्त बनाउने, लेखा परिक्षण नियमित गराउने, आइटी प्रणालीलाई चुस्त दुरुस्त बनाउने, समयमै साधारण सभा सम्पन्न गर्ने लगायतका योजना बनाएको नेपालले सुनाए ।

उनले लगानीका लागि ठूलो रकम रहेको कोषलाई उत्पादन मुलक क्षेत्रमा केन्द्रित गराउने पनि बताए । कोषको कानुनमै पूँजी बजारको विकासका लागि काम गर्ने भन्ने व्यवस्था रहेकाले नेपालको पुँजी बजारको विकासमा पनि अब योगदान दिने घोषणा गरे । उनले कर्मचारी सञ्चय कोष र अन्य बाणिज्य बैंकहरुसँग मिलेर कन्र्सोटियम लोन र ईक्वीटीका क्षेत्रमा समेत काम गर्ने योजना बनाएको बताए ।

‘म नेपाल राष्ट्र बैंकको पूर्व कर्मचारी हुँ, कर्पोरेट कल्चर भित्र्याउँदै लगानी कोषलाई उत्पादनशील क्षेत्र र पूँजी बजारको विकासमा बिशेष ढंगले लगाउनेछु’, नेपालले भने ।

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:१०

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:०२

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५५

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा पूर्वपश्चिम...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...