CG Electronics
IME Life
NIMB

कुमारी बैंकको लाभांश क्षमतामा १२४ % ले वृद्धि

NIMB
Himalayan Bank
NATIONAL LIFE INSURANCE COMPANY LIMITED

 

 

काठमाण्डौ । कुमारी बैंक लिमीटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सबै सूचकमा कमालको छलाङ हानेको छ । 

यो बैंकको लाभांश क्षमता मात्रै अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब १२४ प्रतिशतले बढेको छ । यो बैंकले अघिल्लो वर्षको पहिलो त्रैमासमा ११ करोड २० लाखमा सीमित वितरणयोग्य मुनाफालाई बढाएर २५ करोड १० लाखको उचाई चुमाएको हो ।

बैंकको खूद नाफातर्फ पनि १४३.६६ प्रतिशतको प्रगति भएको छ । अघिल्लो वर्षको यही अवधिमा १४ करोड ४३ लाखमा सीमित खूद नाफा बढेर यो वर्ष ३५ करोड १८ लाखको उचाईमा पुगेको हो ।

अघिल्लो वर्ष यही अवधिमा १९ करोडमा सीमित संचालन मुनाफातर्फ पनि करिब १६२ प्रतिशतको छलाङ हानी ५० करोडको उचाई पुर्याएको छ ।

व्यवसाय बिस्तारमा आक्रामक भएका कारण बैंकको खूद ब्याज आम्दानीतर्फ १०७ प्रतिशतको हाराहारीमा प्रगति भएको छ । अघिल्लो वर्ष ३९ करोड ५३ लाख रहेको यस्तो आम्दानी बढेर यो वर्ष ८१ करोड ७६ लाखको उचाईमा पुगेको हो ।

समीक्षा अवधिमा कुमारी बैंकले ७२ अर्ब ४९ करोड निक्षेप संकलन गरी ६७ अर्ब ८२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको यही अवधिको तुलनामा निक्षेप ३२.२४ प्रतिशतले बढेको छ भने कर्जा ४६.५१ प्रतिशतले बढी बिस्तार भएको छ ।

बैंकको सापटीतर्फको प्रगति ६१६ प्रतिशत रहेको छ । अघिल्लो वर्ष ३५ करोड रहेको सापटी यो वर्ष बढेर २ अर्ब ५२ करोडको उचाईमा पुगेको हो ।
अघिल्लो वर्षको पहिलो त्रैमाससम्म २ अर्ब २२ करोड रहेको रिजर्बकोषमा समीक्षा अवधिसम्म ३ अर्ब ९५ करोड रुपैयाँ सञ्चित रहेको छ ।

चुक्तापूँजीमा करिब २० प्रतिशतले वृद्धि गर्न सकेको यो बैंकको प्रतिसेयर आम्दानीतर्फ १४४.३९ प्रतिशतको प्रगति भएको देखिएको छ । अघिल्लो वर्षको यही अवधिसम्म ८ रुपैयाँ ७ पैसा रहेको प्रतिसेयर आम्दानी(इपीएस) बढेर यो वर्ष १९ रुपैयाँ ७१ पैसा पुगेको छ ।

अघिल्लो वर्ष १.९७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटेर १.१४ प्रतिशतमा सीमित भएको छ भने प्रतिसेयर नेटवर्थ १५५.२१ रुपैयाँ र मूल्य आम्दानी अनुपात १२.८९ गुणा कायम भएको छ ।

 

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट,...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:१०

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि...

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट विनियोजन

सडक पूर्वाधार विकासमा प्राथमिकता, रेलमार्ग निर्माणमा बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २१:०२

काठमाडौं । सरकारले महाकाली करिडोरअन्तर्गत दार्चुला–टिङ्कर सडकखण्डको ट्रयाक खोल्ने कार्यलाई...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:५५

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ मा पूर्वपश्चिम...

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट विनियोजन

खेलकुदका लागि ४ अर्ब ३ करोड बजेट...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:४७

  काठमाडौंँ । सरकारले खेलकुदका लागि ४ अर्ब ३ करोड...

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट सार्वजनिक

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:३३

  काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि...

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी कायम

कर्मचारीको तलब न्यूनतम ४० हजारदेखि एकलाख बढी...

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२७

काठमाडौं । सरकारले कर्मचारीको तलब करिब २१ प्रतिशतले वृद्धि गरेको...