CG Electronics
IME Life
Ncell NPL

वाइडबडी जहाज देशको आवश्यकता हो, स्वार्थ समूहले गलत मनसाय राखेर भ्रम छर्दैछन् : प्रबन्ध निर्देशक कंसाकार

NIMB
nepal medical
Himalayan Bank
Dongfeng Motor Corporation Limited

कंसाकारले    निगमले खरिद गरेका वाइडबडी जहाजको स्वामित्व निगमसँगै रहेको बताएका हुन् ।

केही समययता निगमका वाइडवडी जहाज खरिदसम्बन्धी विभिन्न पक्षले भ्रम फैलाउने कोसिस गरेको भन्दै कंसाकारले भने– जहाज भाडामा लिएको भन्ने कुरा ‘अफवाह’  हो ।

हामीले किनेको र कम्पनीले बेचेको प्रमाण हामीसँग छ ।’ कंसाकारले जहाजको स्वामित्व हस्तान्तरणको प्रमाणपत्र उपलब्ध गराउँदै  स्वामित्व प्रमाणपत्र निगमसँग भएपछि एयरबस र हाइफ्लाइले कहाँ के भने भन्नेसीसँग सरोकारको कुरा नभएको पनि बताए ।

‘हाइफ्लाइ टेण्डरमा सहभागी भएपछि हामीले अर्डर गरेका जहाजका बारेमा एयरबसलाई सोधेर उसले ‘अर्डर कन्फर्म गरेपछिमात्र खरिद सम्झौताको प्रक्रिया अघि बढाइएको छ’ उनले दाबी गरे ।

पोर्चुगलको हाइफ्लाइ कम्पनीले अर्डर गरेका जहाज आयरल्यान्डमा हाइफ्लाइ एक्स कन्सोर्टियम कम्पनी बनाएर त्यहीमार्फत् जहाज खरिद गरिएको र त्यसका सबै प्रमाण एयरलाइन्ससँग भएकोले यसमा शंका नगर्न कंसाकारले आग्रह गरे ।

‘कसले कहाँबाट के समाचार लेख्छ त्यसमा हामीलाई केही भन्नु छैन । जहाज आएका छन् यी आजीवन नेपाल एयरलाइन्सकै हुनेछन्, यसमा सबै ढुक्क हुन आग्रह गर्दछु,’ उनले भने ।

२०७३ कात्तिकमा निगमले जहाज खरिद गर्न भन्दै आह्वान गरेको विश्वव्यापी टेन्डरमा अमेरिकी कम्पनी एएआर कर्पोरेशन छनौट भएको थियो । एएआरले ‘स्पेशल पर्पोज भेहिकल’को रुपमा हाइफ्लाइ पोर्चुगलको अगुवाइमा हाइफ्लाइ एक्स आयरल्यान्ड बनाएको थियो ।

हाइफ्लाइ पोर्चुगिच, एएआर, जर्मन एभिएसनसहितको उक्त कम्पनीसँग निगमले जहाज खरिद सम्झौता गरेको थियो । टेन्डरमा सहभागी हुँदा नै एएआरले संलग्न कम्पनीहरूसहितको प्रस्ताव हालेको उनको भनाइ छ ।
बीचमा धेरै एजेन्ट खडा गरेर कमिसनको खेल भएको भन्दै प्रश्न उठिरहेकोमा कंसाकारले भने युरोपियन कानुनअनुसार गठन भएको संस्थाले भ्रष्टाचारलाई प्रश्रय दिने भनेर सोच्नै नसकिने दाबी गरे ।

नेपाल एयरलाइन्सले खरिद गरेका दुईमध्ये एउटा जहाज भाडामा लिइएको दाबी गर्दै विभिन्न समाचारहरु प्रकाशित हुँदै आएको छ । जबकि, एयरलाइन्स व्यवस्थापनले दुबै जहाज किनिएको बताउँदै आएको छ ।

‘एएआरले सुरुमै हाइफ्लाइले अर्डर गरेका जहाज उपलब्ध गराउने भनेको थियो । जुन कुरा हामीले पहिले नै सार्वजनिक गरिसकेका छौं,’ उनले भने, ‘टेन्डरमा सबैभन्दा कम कबोल गर्ने कम्पनी छनौट भएको हो ।’ कम्तीमा एउटा वाइडबडी जहाज एयरलाइन्सको स्वामित्वमा नरहेको भन्ने आशंकाबारे उनले भने, ‘२५ अर्बको सामान बिना स्वामित्व किन्ने मुर्ख हैन म ।’ उनले जहाज किनेको कागजपत्र निगमसँग सुरक्षित रहके पनि तर्क गरे ।

‘हामीसँग बिल अफ सेल बकाइदा रहेको छ, जुन जहाजको स्वामित्व भएको पुष्टि हो,’ कंसाकारले भने ।  उनले सो ‘बिल अफ सेल’को फोटोकपी पनि उपलब्ध गराएका छन् ।

कंसाकारले नेपाल वायूसेवा निगमले हालसालै खरिद गरेको दूईवटा वाईड बडी ए ३३०–२२० विमानको खरिद प्रकृया सम्वन्धमा धेरै चर्चा परिचर्चा भए तापनि कूनै पनि मिडियाको रिपोर्ट र महालेखाको प्रतिवेदनमा समेत सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली एवम् निगमको आर्थिक विनियमावलीको कूनै पनि दफा वा उपदफा उल्लंघन गरिएको भनि कहिं पनि किटान गर्न नसकेको बताए । ‘यसवाट पूष्टि हून्छ कि वाईड बडी खरिदको सम्पूर्ण प्रकृया ऐन नियम कानुन बमोजिम नै भएको हो’, कंसाकारले भने ।
यस्तै निगमको व्यवस्थापनबाट  हवाई यातायातसँग सम्वन्धित विदेशी पदाधिकारीहरुसँंग अनौपचारिक रुपमा जानकारी लिंदा निगमले खरिद गरेको विमानको मूल्य अन्य मूलूकको कम्पनीहरुले खरिद गरेको मूल्य भन्दा निकै कम भएको पुष्टि भएको पनि कंसाकारले जानकारी दिए ।
करिव ९ बर्ष पहिले मिति २०६५ सालमै आफु निगमको महाप्रवन्धकको पदमा नियूक्त भएपछि ६ वटा विमान (२ वटा वाईड बडी र ४ वटा न्यारो बडी) खरिद गर्न पाईला चालेको र त्यससमय निगमले २६ औं बर्ष देखि संचालनमा ल्याईरहेको  अमेरीकी कम्पनी बोइङँंग वार्तालाप गरी सोझै विमान खरिद गर्न उचित हूने भनि आफुले मन्त्रिपरिषद्वाट निर्णय गराउने मौखिक प्रस्ताव राखेको तर पर्यटन मन्त्रालय नमानेको कारणले र तत्कालिन सार्वजनिक खरिद ऐनको कारण पनि नमिल्ने भएकोल टेण्डर प्रकृयामा जान बाध्य भएको कंसाकारले बताए ।

यसरी टेण्डर प्रकृयामा गएको र प्रस्ताव आए पछि सस्तो मुल्य कबोल गर्ने एयरबस कम्पनीको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरिएको बताउँदै कंसाकारले तर २०६७।०९।०९ मा विमान खरिद सम्वन्धमा अख्तियार दूरुपयोग अनूसन्धान आयोगले विशेष अदालतमा भूmठ्ठा मूद्दा दायर गरेपछि खरिद सम्वन्धी सम्पूर्ण प्रकृया स्थगित भएको बताए ।

‘त्यसपश्चात सर्वोच्च अदालतले उक्त खरिद प्रकृयालाई किलन चिट दिएपछि कंसाकारले शूरु गरेको सोही प्रकृयालाई निरन्तरता दिएर २०७१।१०।२५ मा एक ए ३३०–२२० र २०७२।०१। १८ मा दोश्रो ए ३३०–२२० विमान निगमले प्राप्त गरेको हो’, कंसाकारले भने ।

‘यसै सन्दर्भमा नेपाल सरकारले पर्यटन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्ने धारणा बनाएको र सो धारणाको आधारमा निगमले पनि आप्mनो रणनीति परिवर्तन गरी निगमले उडान भर्दै आएका भारत, अरब मूलूक, थाईल्याण्ड, मलेशिया, हङकङको अलावा अन्य मूलूकहरु जस्तै चीन, कोरिया, जापान, अष्ट्रे«लिया, यूरोप, अमेरिकासम्म पनि पहूंच पू¥याउनै पर्छ भन्ने मान्यतामा शूरुवातको रुपमा दूईवटा वाईड बडी खरिद गर्ने जमर्को गरेको हो ।

कंसाकारले नेपाल वायूसेवा निगमले हालसालै खरिद गरेको दूईवटा वाईड बडी ए ३३०–२२० विमानको खरिद प्रकृया सम्वन्धमा धेरै चर्चा परिचर्चा भए तापनि कूनै पनि मिडियाको रिपोर्ट र महालेखाको प्रतिवेदनमा समेत सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली एवम् निगमको आर्थिक विनियमावलीको कूनै पनि दफा वा उपदफा उल्लंघन गरिएको भनि कहिं पनि किटान गर्न नसकेको बताए । ‘यसवाट पूष्टि हून्छ कि वाईड बडी खरिदको सम्पूर्ण प्रकृया ऐन नियम कानुन बमोजिम नै भएको हो’, कंसाकारले भने ।

स्तै निगमको व्यवस्थापनबाट  हवाई यातायातसँग सम्वन्धित विदेशी पदाधिकारीहरुसँंग अनौपचारिक रुपमा जानकारी लिंदा निगमले खरिद गरेको विमानको मूल्य अन्य मूलूकको कम्पनीहरुले खरिद गरेको मूल्य भन्दा निकै कम भएको पुष्टि भएको पनि कंसाकारले जानकारी दिए ।
करिव ९ बर्ष पहिले मिति २०६५ सालमै आफु निगमको महाप्रवन्धकको पदमा नियूक्त भएपछि ६ वटा विमान (२ वटा वाईड बडी र ४ वटा न्यारो बडी) खरिद गर्न पाईला चालेको र त्यससमय निगमले २६ औं बर्ष देखि संचालनमा ल्याईरहेको  अमेरीकी कम्पनी बोइङँंग वार्तालाप गरी सोझै विमान खरिद गर्न उचित हूने भनि आफुले मन्त्रिपरिषद्वाट निर्णय गराउने मौखिक प्रस्ताव राखेको तर पर्यटन मन्त्रालय नमानेको कारणले र तत्कालिन सार्वजनिक खरिद ऐनको कारण पनि नमिल्ने भएकोल टेण्डर प्रकृयामा जान बाध्य भएको कंसाकारले बताए ।

यसरी टेण्डर प्रकृयामा गएको र प्रस्ताव आए पछि सस्तो मुल्य कबोल गर्ने एयरबस कम्पनीको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरिएको बताउँदै कंसाकारले तर २०६७।०९।०९ मा विमान खरिद सम्वन्धमा अख्तियार दूरुपयोग अनूसन्धान आयोगले विशेष अदालतमा भूmठ्ठा मूद्दा दायर गरेपछि खरिद सम्वन्धी सम्पूर्ण प्रकृया स्थगित भएको बताए । ‘त्यसपश्चात सर्वोच्च अदालतले उक्त खरिद प्रकृयालाई किलन चिट दिएपछि कंसाकारले शूरु गरेको सोही प्रकृयालाई निरन्तरता दिएर २०७१।१०।२५ मा एक ए ३३०–२२० र २०७२।०१। १८ मा दोश्रो ए ३३०–२२० विमान निगमले प्राप्त गरेको हो’, कंसाकारले भने ।
२ सय मूलूकका सयौं एयरलाईन्सले चलाउन सक्ने वाईड बडी नेपाली नागरिकहरुले चलाएको निगम भएकोले निगमले वाईड बडी संचालन गर्न सक्दैन भनि विचित्रको तर्क गर्नेहरुको नियतमा नै शंका गर्नुपर्र्छ भन्ने निगम व्यवस्थापनको धारणा रहेको कंसाकारले बताए ।

‘सार्वजनिक खरिद ऐन, सार्वजनिक खरिद नियमावली र निगमको आर्थिक विनियमावलीको हरेक दफा हूबहू पालना गरेर टेण्डर आव्हान गरिसकेपछि ६ वटा मूलूकको ११ वटा कम्पनीले प्रस्ताव पेश गरेकोलाई ती ११ वटा कम्पनीले कंसाकारको निर्देशनमा एक आपसमा मिलोमतो गरी टेण्डर प्रस्ताव पेश गरेको भन्नु केटाकेटीपनको पराकाष्ट नै मान्नू पर्ने हुन्छ’, कंसाकारले बताए ।

कंसाकारले पछिल्लो समय विभिन्न स्वार्थ समूहले निगमलाई बदनाम गरेर आफ्नो स्वार्थपूर्ति गर्ने र निगमलाई धराशायी बनाउने लक्ष्यका साथ वाइडबडी जहाज खरिदबारे तथ्यहिन र दुराशययुक्त अफवाह फैलाइरहेको आरोप पनि कंसाकारले लगाए ।

जनसवालबाट
सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई नेतृत्व र व्यवसायिक सीप विकासमा जोड

सिटिजन लाइफको ‘सिटिजन लिडर्स मिट’ सम्पन्न, अभिकर्तालाई...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:१२

  काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वीरेन्द्रनगर शाखाको...

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप स्वीकार्य हुँदैन् : विनोद कुमार शर्मा

रेडक्रस आफैंमा स्वतन्त्र र स्वाधीन छ, हस्तक्षेप...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०९:०८

काठमाडौं । नेपाल रेडक्रस सोसाइटी विगत करिब सात÷आठ वर्षदेखि विभिन्न...

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

पोखरा विमानस्थल प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३३

  काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध...

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि इप्पान, बेलायती दूतावास र डोल्मा एडभाइजर्सबीच छलफल

ऊर्जा र पूर्वाधार क्षेत्रमा लगानी प्रवद्र्धनका लागि...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:३१

  काठमाडौं । नेपालको ऊर्जा तथा पूर्वाधार क्षेत्रमा वित्तीय उपकरणहरूमार्फत...

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १ करोड ४८ लाख दाबी भुक्तानी

सिटिजन लाइफद्वारा स्व. तेजबहादुर खत्रीको परिवारलाई १...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२८

  काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको भैरहवा शाखाले...

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित नयाँ परियोजना

नेपाललाई दक्षिण एसियाको डिजिटल हब बनाउने लक्ष्यसहित...

वि.सं.२०८३ वैशाख २५ शुक्रवार ०६:२५

  काठमाडौं, नेपाल — नेपालको डिजिटल पूर्वाधारलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने...